×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरकारी ४ बर्ष यताकै सस्तो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तरकारी ४ बर्ष यताकै सस्तो !

Artha Sarokar

२५ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं-  काठमाडौं उपत्यकामा तरकारीको मूल्य पछिल्लो चार वर्षयताकै न्यून छ । उपत्यका वरपरका जिल्लामा उत्पादन बढेको र भारतबाट भित्रने तरकारीको परिमाण बढेपछि आपूर्ति उच्च भएका कारण मूल्य घटेको हो । आजको कारोबारमा खबर छ। 
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भान्साको अनिवार्य तरकारी आलुको मूल्य गतवर्ष १९ (सेतो) र २७ (रातो) रुपैयाँँ प्रतिकिलो  थोक कारोबार भएकोमा हाल क्रमशः १६ र २२ रुपैयाँँ प्रतिकिलोमा झरेको छ । उपत्यकामा तरकारीको खपत बढेपछि टमाटर, आलु, बन्दा, काउली, मुला, सिमी, साग, भिन्डी, स्कुसलगायत अधिकांश तरकारीको मूल्य घटेको हो । दैनिक उपभोग्य प्याजको मूल्य पनि गतवर्ष ३२ रुपैयाँ प्रतिकिलो कारोबार भएकोमा यस वर्ष घटेर २४ रुपैयाँँमा झरेको छ ।
दुई वर्षअघि यही सिजनमा प्याजको मूल्य ३९ रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो भने अफसिजनमा प्याजको उपभोक्ता मूल्य १ सय ५० रुपैयाँँ प्रतिकिलोसम्म पुगेको रेकर्ड छ । वितगका वर्षमा यही सिजनमा दैनिक करिव ५ सय टन तरकारी आपूर्ति हुने गरेको कालीमाटी बजारमा हाल दैनिक ८ सय टन भित्रने गरेको छ ।
“तरकारी बजारमा उपत्यकाको करिब ६० प्रतिशत हिस्सा ओगटेको कालीमाटी बजारमा मात्र हैन निजीस्तरका बल्खु, टुकुचा, बालाजुलगायतका बजारमा पनि आपूर्ति बढेको छ,” नेपाल तरकारी तथा फलुफुल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे भन्छन्, “सिजनका तरकारी आलु, टमाटर, काउली, बन्दा, मुला, साग, स्कुसलगायत नेपाली किसाले उत्पादन गरेका तरकारी नै बढी आउन थालेका छन् तर, यीनै तरकारी भारतबाट पनि बढी मात्रामा आउन थालेकाले मूल्य घटेको हो ।”
उनले विगतमा यो सिजनमा नेपालमा नपाइने भिण्डी, करेला, काँक्रो लगायतका अफसिजनका तरकारी भारतबाट धेरै आए पनि सिजनकै तरकारी बढी भित्रेको पछिल्लो चार वर्षयताकै अत्यधिक रहेको बताए ।  
समितिको तथ्यांकअनुसार गत वर्ष यही सिजनमा प्रतिकिलो ४४ रुपैयाँँ प्रतिकिलोमा थोक कारोबार भएको ठूलो गोलभेडाको मूल्य ५० प्रतिशतले घटेर २२ रुपैयाँ प्रतिकिलोमा झरेको छ । सानो टमाटरको मूल्य पनि गत वर्ष २८ रुपैयाँ प्रतिकिलो रहेकोमा हाल १५ रुपैयाँ किलोमा थोक कारोबार भएको छ । २०७१ सालको यही सिजनमा सानो र ठूलो टमाटरको थोक मूल्य प्रतिकिलो १६ र २८ रुपैयाँ थियो भने २०७० मा प्रतिकिलो ३१ र ३७ मा थोक कारोबार भएको तथ्यांक छ । 
दैनिक उपभोग्य खाद्यान्नलगायतका वस्तुको मूल्यमा वर्र्सेिन भारी वृद्धि भए पनि तरकारीजन्य वस्तुको मूल्यमा भने तीव्र उतावचढाव हुँदै आएको छ । यसपाली भने भारतीय तरकारीको चापले नेपाली तरकारीले पनि मूल्य नपाएको व्यवसायीहरूका भनाइ छ ।
“विगतका वर्षहरूभन्दा दैनिक ३ देखि साढे ३ सय टनसम्म तरकारी भित्रँदै आएको छ,” महासंघ अध्यक्ष घिमिरे भन्छन्, “नेपाली किसानले मूल्य पाउन सकेका छैनन् भने व्यवसायीहरूले कालीमाटी बजारमा सुचिकृत गरिएको मूल्यमा पनि तरकारी पनि विक्री गर्न सकेको छैनन् । उपत्यकामा धादिङ, काभ्रे, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक लगाएतका क्षेत्रबाट तरकारी भित्रने गरेको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी