×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई किन काँध थाप्दैछन देउवा ?

LAXMI SUNRISE BANK

प्रचण्डलाई किन काँध थाप्दैछन देउवा ?

२१ मंसिर २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । प्रतिष्पर्धी दल एमालेका अध्यक्ष केपी ओलीलाई असफल बनाउन जसरी भएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रयोग गर्ने रणनीति बनाएका कांग्रेस सभपाति शेरबहादुर देउवाको पार्टीभित्रै चरम आलोचना हुन थालेको छ ।
प्रचण्डलाई सत्ताको घाँस देखाएर संविधान कार्यान्वयनमा देखिएका समस्या र असन्तुष्ट पक्षलाई किनारा लगाउँदै उनै दाहाललाई सत्ता आरोहणको सिँढी बनाउन चाहन्छन, देउवा । त्यसैले संविधान कार्यान्वयनमा देखिएका राजनीतिक र संवैधानिक संकट वा चुनौति बेहोर्न चाहँदैनन, देउवा। उनी कुनैं पनि समस्या वा चुनौतिलाई सामना गर्नु भन्दा सजिलो र सहजबाटो पकड्न चाहन्छन् ।
संविधान जारी भएदेखि नै असन्तुष्ट बनेका मधेशवादी दललाई स्थानिय तहको निर्वाचनमा भाग लिने वातावरण बनाउनु र एमालेको पछिल्लो राजनीतिक घटनाक्रममा देखाएको अडान लोकप्रीय बन्दै गएपछि त्यसलाई चिर्न देउवाले अनेक रणनीतिलाई उपयोग गरिरहेका छन्। मधेशी मोर्चालाई जे जस्तो बिषयमा भएपनि सम्झौता गरेर निर्वाचनमा सहभागी गराउने र एमालेको संगठनलाई तराई मधेशबाट भत्काउने योजना देउवाको छ । 
त्यसैले पछिल्ला दिनहरुमा कांग्र्रेस सभपाति देउवाले मधेश र मधेशीको एजेण्डालाई प्राथमिकतामा राखेर बोल्न थालेका छन्। सत्ताको बागडोर हाँकेको माओवादी अध्यक्ष दाहाललाई भन्दा बढी सत्ताको सरोकार देउवाले राख्ने गरेका छन्। संविधानको जस्तोसकुै प्रावधान भत्किएपनि पाँच नम्बर प्रदेशमा कांग्रेसको संगठनात्मक पकड भत्किए पनि, आफू निकटका नेताहरुले समर्थन नगरेपनि देउवा मधेशी मोर्चालाई खुसी बनाउने एक मात्र लक्ष्य लिएका छन्।
सत्ता प्राप्त गर्ने देउवाको मृग तृष्णाको कारण उनी जसरी पनि सत्ता आफ्नो हातमा लिन आतुर छन्। आगामी बैशाखसम्म पनि स्थानिय तहको निर्वाचन हुन सकेन भने दाहालले प्रधानमन्त्रीको कुर्सी नछोड्लान भन्ने चिन्ता देउवाले पालेका छन् । त्यसैले उनी प्रचण्डलाई उचालेरै भएपनि प्रदेशको सिमाङन लगायतका चार वुँदे प्रस्तावसहतिको संविधान संशोधनको बिधेयकलाई संसदबाट चाँडो पारित गर्न चाहन्छन्। 
आलोपालो प्रणालीबाट सत्ता नेतृत्वको साझेदारीमा सहमति गरेका देउवालाई प्रचण्डले स्थानिय तहको निर्वाचन नभई प्रधानमन्त्रीको कुर्सी दिनेवाला छ्रैनन् । त्यसैले, प्रचण्डकै नेतृत्वको सरकारले सबै बिबादित बिषय टुंगोमा पु¥याओस भन्ने चाहना देउवाले राखेका छन् । देउवाको बिगतको इतिहास हेर्ने हो भने बिबाद, संकट र समस्याबाट भाग्ने र सरल, सहज परिस्थितिमा सत्ताको रसास्वादन गर्ने जीवनशैली नैं बनीसकेको छ।
देउवाले सत्ताको लागि आफ्नो पार्टी नेपाली कांग्रेस फुटाउने, सेनालाई खुसी बनाउन अनन्तकालसम्म संकटकाल घोषणा गर्ने, सत्ताको जग नडगमगाओस भनेर धेरै सांसदलाई खुसी पार्न ४७ सदस्यीय मन्त्रीपरिषद बनाउने, सत्ता जोगाउन सांसद किन बेच गर्न पछि नपर्ने, संसदको सामना गर्न नसकेपछि जनप्रतिनिधिमूलक संस्था नैं बिघटन गर्ने अनुभव लिएका छन्। 
उनी सत्ताको गर्विलो, ओजिलो र मजाको जीवन शैलीलाई लक्ष्य बनाएका छन्। उनले विगतमा घोषणा गरेको चुनाव गराउन नसक्ने, तत्कालिन राजा ज्ञानेन्द्रले नालायक भनेर प्रधानमन्त्रीबाट हटाए पनि पुन न्याय पाएँ, आधा प्रतिगतम सच्चियो भन्दै प्रधानमन्त्रीको कुसीमा टाँसिने मानसिकतालाई त्याग गरिसकेका छैनन्।
देउवालाई जनताको जनमत, पार्टीको संस्थागत निर्णय र मुलुकको कानुन र पद्धतिप्रति त्यति धेरै मतलव पनि हुन्न । उनी आफु लोकतन्त्रबादी र पार्टी लोकतान्त्रिक भएकै कारण जे निर्णय गरेपनि जायज हुन्छ भन्ने सोँचबाट अघि बढेका नेता हुन्।
सत्ता, शक्ति र पैशामा रमाउने देउलाई पछिल्लो समय पार्टी नेतृत्वमा पुगेको, छिमेकी मुलुक भारतले समर्थन गरेको, उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको नेतृत्व सम्हालेका बिमलेन्द्र निधिले यथेष्ठ आर्थिक सहयोग गरेकै आधारमा सम्पूर्ण मुल्य, मान्यता र पद्धतिलाई तिलाञ्जली दिएका छन्।
पाँच नम्बर प्रदेशबाट पहाडि जिल्ला अलग गर्ने प्रस्ताव न जनताको, न नेताको न कांग्रेस पार्टीको कसैको थिएन। थियो त ‘मधेशीको नाम बेचेर गृहमन्त्री भएका उनी बिमलेन्द्र निधिको।’ उनै निधि र आफ्ना लेखदसास अर्थात रमेश लेखक जो देउवाका हरेक क्रियाकलापका अन्धभक्त हुन, ले भने देउवाको संविधान संशोधनको बिधेयकलाई समर्थन गरेका छन्। वाँकी एक जना पनि सांसद र केन्द्रीय सदस्यले देउवाको यो प्रस्तावलाई उपयुक्त नभएको निष्कर्ष निकालेका थिए। 
आफ्ना बिश्वास पात्र रक्षा मन्त्री भए तर उनलाई समेत देउवाले बिश्वास नगरी पाँच नम्बर प्रदेश टुक्र्उने निर्णय गरेर धेरै केन्द्रीय सदस्यलाई चिढ्याए। देउवा यतिवेला रक्षा मन्त्री खाँड, केन्द्रीय सदस्य पुष्पा भूषाल, मानबहादुर बिश्वकर्मा, चन्द्र भण्डारी कसैको पनि सुझावलाई सुनेनन्। देउवा यतिवेला उपेन्द्र यादब, राजेन्द्र महतो र राजकिशोर यादववको मात्र सुझाव सुन्ने गरेका छन्।
देउवाको यो हर्कतले सीमा नाघेपछि देउवाबिरुद्ध उनकै गुटका सांसद र केन्द्रीय सदस्यले समर्थन गरेका छैनन्। जनप्रहार साप्ताहिकमा खबर छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी