×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तातोपानी नाका नखुल्दाको पीडा-महंगिने भो दसैं/तिहार

LAXMI SUNRISE BANK

तातोपानी नाका नखुल्दाको पीडा-महंगिने भो दसैं/तिहार

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • जीवन कुँवर

सिन्धुपाल्चोक–२३ भदौ । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पदेखि बन्द रहेको तातोपानी नाका नखुलेपछि नजिकिंदै गरेको चाडपर्व दसैंका सामान खरिदमा मार खेप्नु परेको छ । विगतका केहि बर्षमा तातोपानी नाका भएर आउने सामान सस्तो हुने भएकाले दसैं र तिहार जस्ता चाडपर्व आर्थिक हिसाबले केहि सस्तो हुने गरेको व्यापारीहरुको भनाई छ ।
नेपालीहरुको महान चाड बिजया दशमी र तिहारमा चीनबाट तातोपानी नाका हुँदैं लत्ताकपडा, जुत्ता चप्पल, स्याउ, भेडाच्याङग्रा इलोक्ट्रिकलगायतका सामानहरु सबै भन्दा बढी आयात हुने गरेको उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष कमलकुमार श्रेष्ठले दियोपोष्ट डटकमलाई बताए । त्यस्तै अन्य बेलामा पनि सो नाका हुँदै सञ्चार सामाग्री, लत्ताकपडा, जुत्ता चप्पल, स्याउ, इलोक्ट्रिकलगायतका धेरै नै आउने गरेको नाका सम्बद्ध व्यापारीहरुको भनाई छ ।
२०७१ साउन १७ गते जुरेमा गएको पहिरोले सडक अबरुद्ध भएपछि बन्द रहेको नाका ब्यापारीहरुको पहलमा बल्लतल्ल सञ्चालनमा आएपनि २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सञ्चालन आउन सकेको छैन् । विनाशकारी भूकम्पपछि बाह्रविसे–तातोपानी सडकखण्ड ठाउँ–ठाउँमा क्षतविक्षत भएपछि सरकारी र ब्यापारीहरुको पहलमा फेरि सडक सूचारु भएको थियो । तर असार २१ गते भोटेकोसीमा आएको बाढीले उक्त सडकखण्ड ध्वस्त बनाएको छ ।
नेपाल चीनको सिमानामा रहेको तातोपानी नाका करिब १६ महिनादेखि प्राय ठप्प रहेको छ । पहिला नै चीनको खासामा लोड भएर बसेका कतिपय कन्टेनर भ्यानहरु भूकम्पपछि केहि दिन नाका खुलाएर नेपाल भित्रिएको छ भने केहि कन्टेनर अझैं पनि चीनमा नै थन्किएको नाका सम्बद्ध व्यापारी घ्याल्चेन शेर्पाले दियोपोष्ट अनलाईनलाई बताए ।
भूकम्प र बाढीले सडक क्षतविक्षत बनाएपछि अहिले तातोपानी नाका हुँदै सामान ल्याउने व्यापारीहरु रसुवाको केरुङ नाकाबाट सामान आयात गरिरहेका छन् । ब्यापारीहरुका अनुसार केरुङ नाकाबाट सामान ल्याउन कठिन भएको उनीहरुको भनाई छ । अहिले केरुङ नाकाबाट सामान ल्याउने तातोपानीका ब्यापारीहरुलाई सामान लोड गर्ने ठाउँमा जान निषेध गरेको छ । रसुवाका स्थानीयलाई मात्रै जान दिने भएकाले आफना सामानहरुसमेत असुरक्षित हुने गरेको उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । व्यापारीहरुका अनुसार असुरक्षितसंगै सामान पनि राम्रा वा नराम्रो कस्तो प¥यो आफुहरुलाई थाहा नहुने उनीहरुको भनाई छ ।
अध्यक्ष श्रेष्ठका अनुसार व्यापारीहरुलाई ‘वान डे’ पास नदिएको कारण पनि समस्या आउने गरेको हो । केरुङ नाकामा स्थानीय भएको कार्डलाई मात्रै पास दिएको अध्यक्ष श्रेष्ठको भनाई छ । त्यहाँका स्थानीयलाई धेरै पैसा दिएर सामान ल्याउने ठाउँमा पठाउनु पर्ने कारणले पनि यस बर्ष दसैं र तिहारका सामान अलि महंगो पर्ने ब्यापारीहरुको भनाई छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी