- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – तपाईं सार्वजनिक यातायातको साधन छाड्ने गर्नु भएको पक्कै छ होला । काठमाडौँमा कतैबाट गाडी चढ्नुभयो भने न्युनतम १५ रुपैयाँ भाडा पनि तिर्नुभएको होला । तपाईं विद्यार्थी हुनुहुन्छ भने १० रुपैयाँ तिर्नुहुन्छ होला । सबैले भोग्ने र गर्ने यथार्थ यहि हो । तर यहि भाडाका नाममा चलेको मनपरी विरुद्ध कोहि बोलेको छैन ।

न्युनतम भाडा १५ होइन :
अहिले काठमाडौँमा चल्ने गाडीको न्युनतम भाडा १५ होइन १३ हो । र विद्यार्थी परिचायापत्र भएकाहरुले तिर्नुपर्ने न्युनतम भाडा १० होइन ९ रुपैयाँ हो । तर धेरैजसो सहचालकहरुले विद्यार्थीलाइ एक रुपैयाँ र अन्य यात्रुहरुलाई २ रुपैयाँ फिर्ता दिने गरेका छैनन्, जुन सरासर ठगी हो । यसो त विद्यार्थी तथा अन्य यात्रुले पनि यो कुरा ख्याल गरेका छैनन् । सहचालकले पनि भाडा यति हो भनेर प्रष्ट भन्दैनन् । उनीहरु खुलेआम अन्य यात्रुसँग न्युनतम १५ रुपैयाँ र विद्यार्थीसँग न्युनतम १० रुपैयाँ असुल्ने गरेका छन् ।

यातायात व्यवसायी भन्छन्, ‘यात्रुले माग्नुपर्छ, सहचालकले दिनुपर्छ। ‘
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै यातायात व्यवसायीहरुले पनि न्युनतम भाडा १५ नभई १३ र विद्यार्थी कार्ड भएको खण्डमा भाडा १० रुपैयाँ नभई ९ रुपैयाँ भएको बताएका छन् । यसबारे उजुरी परे सम्बन्धित व्यक्तिलाई कारवाही गरिने समेत उनीहरुको दावी छ । ‘यात्रु आफैंनै जागरुक बन्नुपर्छ । मागेको खण्डमा पैसा फिर्ता नदिए सम्बन्धित ठाउँमा उजुरी गर्न हिच्किचाउनु हुँदैन ।’ एक यातायात व्यवसायीले अर्थ सरोकार डटकमसँग भने ।

माग्दा पनि नदिने विद्यार्थीको गुनासो, चानचुन छैन भनेर टार्छन सहचालक
यता यात्रु तथा विद्यार्थीहरुले भने सहचालकले यस बिषयमा आफुसँग झगडा गर्ने हुनाले एक रुपैयाँका लागि खासै ध्यान दिने नगरेको बताएका छन् । ‘ चानचुन छैन भनेर टार्छन । एक रुपैयाँको लागि के झगडा गर्ने ?’ एक यात्रुले अर्थ सरोकारसँग भने । तर मनपरी ढंगबाट सहचालकले विद्यार्थीबाट न्युनतम १० रुपैयाँ उठाउने गरेका छन् भने अन्य यात्रुहरुसँग १५ रुपैयाँ उठाउने गरेका छन्, जुन सरासर नियम विपरित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्