Skip to content
LAXMI SUNRISE BANK

नेप्सेको सुचक बारे, ज्योति दाहालका कुरा

अर्थ सरोकार

  • ज्योति दाहाल 

नेप्सेमा सूचीकरण भै पहिलो कारोबारलाई आधार मानेर सुचक गणना हुन्छ । सुचिकृत कम्पनीले दिएको नाफा सुचकको आधार हैन । 
सजिलोको लागि कुनै कम्पनीको पहिलो कारोबार रु. ३०० मा भयो र अहिले सो कम्पनीको आधार मुल्य ५०० छ र बजार मूल्य १५०० छ भने यस्ले तेब्बर नाफा दिएछ भन्ने सैद्धान्तिक बुझाइ हो । हुन पनि हो ५०० को चिज १५०० पुगेको छ १००० त एक कित्तामा कमाएको देखिन्छ । तर वास्तविकतामा भने एक कित्तामा १००० कमाउने कति जना होलान ? अनुमान गर्नुस त तपाईं अनुमान गर्नै सक्नुहुन्न । ल मानीलिउँ १०० जनाले कमाएछ्न रे ! यी १०० जनाले कति कित्ता धारण गरेको थिए होलान त ? अर्को अनुमान गर्नुस त ? कति अनुमान गर्नु भो ? यो पनि गाह्रो छ । कस्को आँट ५०० मा किनेर १५०० हुँदासम्म राख्न्सक्ने ? ६०० पुग्दा नै बेचिसकेका हुन्छन ७००/८०० त टाढाको कुरा भै गो नि ! हैन त ? फेरि १५०० पुग्न कति समय लाग्यो होला ? 
१५०० पुग्दा पनि १४००/१४५०/१४७५ मा किनेका होलान । तर नेप्से त ५०० लाई आधार मानेर सुचक निकाल्छ । यस हिसाबले १४७५ मा किन्नेले पनि तेब्बर कमाए भन्ने हुन्छ । कमाएका हुन त ? १५०० मा कारोबार भएको शेयर संख्या हेर्नुस त २०००० कित्ता जबकी कम्पनीको सुचिकृत कारोबारयोग्य शेयर नै १० लाख कित्ता छ हिसाब त १० लाखकै निकालिन्छ । कारोबार हुन्छ २० हजार कित्ता गणना हुन्छ १० लाख कित्ताको अनि सुचक हेरेर आत्तिएर भो र ? 
त्यसैले सुचक हैन आफ्नो खूद सुचक हेरौं । खूद सुचक भनेको तपाईंले किनेको मुल्य र बजार मूल्य बीचको अन्तर हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK