×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजिनामालाई लिएर मन्त्रिपरिषदमा चर्काचर्की

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राजिनामालाई लिएर मन्त्रिपरिषदमा चर्काचर्की

Artha Sarokar

१५ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीको राजिनामालाई लिएर चर्काचर्की भएको छ ।
बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले राजिनामा नगर्ने तर नयाँं सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएपछि एमाले मन्त्रीहरुले आपत्ति प्रकट गरेका थिए ।
मन्त्रिपरिषद् स्रोतका अनुसार प्रधानमन्त्रीले आजै संसदलाई संवोधन गर्ने,त्यसक्रममा नयाँं सरकार गठनको प्रक्रिया आरम्भ गर्न अनुरोध गर्ने र आजै राष्ट्रपतिलाई पनि भेटेर प्रक्रिया आरम्भ गर्न आग्रह गर्ने बताएका थिए । तर एमाले मन्त्रीहरुले भने तीन दलको सहमति र संविधानको व्यवस्था अनुसार राजिनामा गर्नु उचित हुने बताए ।

यसैवीच बन मन्त्री महेश आचार्यले राजिनामा गर्नु पर्ने वा गर्न नहुने भन्ने विषयमा मन्त्रीहरुले बोल्न नमिल्ने र यो प्रधानमन्त्रीको स्वविवेक र आवश्यकता अनुसार निर्णय गर्ने विषय हो भनेर बोलेका थिए । आचार्यको यो भनाइप्रति चर्को आपत्ति गर्दै उद्योग मन्त्री महेश बस्नेतले संविधानको व्यवस्था अनुसार राजिनामा गर्नु पर्ने विषय भन्न किन नहुने भन्दै प्रश्न गरे । स्रोतका अनुसार मन्त्री बस्नेतले भने–एमाले मन्त्रीहरुलाई हटाउन मिल्छ भने संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीले राजिनामा गर्नु उचित हने भन्न किन नहुने ?

एमालेका अन्य मन्त्रीहरुले पनि प्रधानमन्त्रीले राजिनामा गरेर संविधान कार्यान्वयन र तीन दलीय सहमतिको पक्षमा उभिनु पर्ने बताएका थिए । कांग्रेसका मन्त्रीहरुले राजिनामा गर्न आवश्यक नभएको र नयाँं सरकार गठनको प्रक्रिया आरम्भ गर्नु पर्ने बताएका थिए । यसक्रममा केहीवेर चर्काचर्की जस्तै भएको थियो । मन्त्रिपरिषदको बैठकपछि एमाले मन्त्रीहरु बाहिरिएका थिए । बैठकको अन्त्यमा प्रधानमन्त्रीले यो विषयमा मन्त्रिपरिषद्को भावना र दलहरुसँंग परामर्श गरेर निर्णय गर्ने बताएका थिए । 

प्रधानमन्त्रीले विशेष रुचाएका कांग्रेसका मन्त्री भने धेरैवेर मन्त्रिपरिषद कार्यालयमै बसेका थिए । कानुन मन्त्री नरहरि आचार्य र सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई राजिनामा नगर्न दवाव दिएको स्रोतको दावी छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी