
भारतीय राजदूत रन्जित रेले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मधेस समस्या समाधानमा अग्रणी भूमिका खेल्न आग्रह गरेका छन् । विशेष परामर्शका लागि दिल्ली पुगेका राजदूत रेले बुधबार काठमाडौं फर्केकै दिन दाहालसँग भेटी मुलुकलाई सामान्य परिस्थितिमा लैजान संविधानविरुद्ध आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने र त्यसको नेतृत्व गर्न दाहाल नै उपयुक्त पात्र हुने बताए ।
आन्दोलनलाई वार्ताका माध्यमबाट सम्बोधन गर्ने अवस्थामा पुर्याउन नेतृत्वदायी भूमिका निर्वाह गरिदिन अध्यक्ष दाहालसँग राजदूत रेले आग्रह गरेको उनका स्वकीय सचिव चुडामणि खड्काले बताए । बुधबार साँझ लाजिम्पाटस्थित दाहाल निवास पुगेका राजदूत रेलाई उद्धृत गर्दै खड्काले भने, ‘तराईमधेसको स्थिति गम्भीर र जटिल बन्दै गएको छ । छिटै वार्तामार्फत सहमतिमा पुगोस् । भारतमा सहमति नहोस् भन्नेहरू पनि छन् तर भारत सरकार वार्ताद्वारा समस्या समाधान होस् भन्ने चाहन्छ । त्यसका लागि तपाईंले नेतृत्व लिइदिनुपर्यो ।’
सञ्चारमाध्यममा उल्लेख भएजसरी भारतले नेपालको संविधानमा सातबुँदे सुझाव नदिएको पनि दाहालसँग राजदूत रेले प्रस्ट्याए । मधेसी र थारू सभासद् तथा राजनीतिज्ञहरूले एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई मधेसको नेतृत्व दिन आग्रह गरिरहँदा रेले दाहालप्रति व्यक्त गरेको विश्वासलाई एमाओवादीभित्र अझै पनि दाहालकै पकड बलियो रहेको आँकलन गरेको संकेतका रूपमा बुझिएको छ ।
जबाफमा अध्यक्ष दाहालले आफूहरू वार्ता र संवादमार्फत नै तराई मधेसको आन्दोलनका मुद्दालाई सम्बोधन गराउन तयार रहेको र त्यसका लागि तीन दलका नेताहरूले मंगलबार मधेस केन्द्रित दलका नेताहरूसँग छलफल गरेको जानकारी गराएका थिए । सत्ता पक्षलाई बल प्रयोग नगर्न र आन्दोलनकारीलाई संयमित हुन आफ्नोआफ्नो पार्टीले अपिल जारी गरेको पनि दाहालले बताए । वरिष्ठ नेता बाबुराम भट्टराईलाई साथै राखेर दाहालले राजदूत रेसँग छलफल गरेका थिए । स्रोतका अनुसार दाहाल र भट्टराईले दिल्लीबाट फर्किएपछि राजदूत रेमा लचकता र सन्तुलन पाएको पाएको अनुभव गरेका छन् ।
दिल्लीबाट फर्केलगत्तै बालुवाटार पुगेर राजदूत रेले तराईमा जारी आन्दोलन तत्काल वार्ताबाट समाधान गर्न प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह गरेका थिए । बुधबार बिहान १० वजे विमानस्थलमा उत्रिएलगत्तै राजदुत रे सीधै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । उनले करिब एक घन्टा प्रधानमन्त्रीसँग एक्लै भेट गरेका थिए । बालुवाटार स्रोतका अनुसार राजदूत रेले प्रधानमन्त्रीसँग समेत सातबुँदे सुझाव असत्य भएको प्रस्टीकरण दिएका थिए । उनले तराईमा जारी आन्दोलनका कारण सीमा जोडिएको भारतमा समेत असर परेको भन्दै त्यसलाई जतिसक्दो चाँडै वार्ताबाट समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । सोमबारमात्रै भारतले नेपाल भित्रिने मालवाहक सवारीसाधनमा तराई आन्दोलनका कारण असुरक्षा पुगेको उल्लेख गर्दै नाकाबन्दीको संकेतात्मक चेतावनी दिएको थियो ।
नेपालमा जारी संविधान, त्यसपछिको परिस्थिति र तराईमा जारी आन्दोलनका विषयमा दिल्लीमा गम्भीर परामर्श गरेर फर्किएका राजदूत रेले तराईमा जारी समस्या राजनीतिक भएकाले त्यसलाई सोही आधारमा छिटोभन्दा छिटो समाधान गर्न दुवै नेतासँग अनुरोध गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्