ARCHIVE
६ करोड लागतमा वाग्मती गाउँपालिकाको सडक ढलान गरिँदै, एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

ललितपुर । ललितपुरको वाग्मती गाउँपालिका अन्र्तगत छबेलीदेखि भट्टेडाडाँसम्मको मुख्य सडक ढलान गर्न थालिएको छ । वाग्मती प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय ललितपुरको आर्थिक सहयोगमा एक हजार ६०० मिटर सडक ढलान गर्ने काम अघि बढेको गाउँपालिकाका प्रेस संयोजक दिपक घिमिरेले बताउनुभयो । कूल छ करोडमा साँढे पाँच मिटर चौडाइको सडक ढलान[...]