ARCHIVE
कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा आएका मेगाका ६ बैंकरको रिपोर्ट नेगेटिभ, बाँकीको रिपोर्ट आइतबार आउने !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मेगा बैंकका धादिङ शाखाका संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुमध्ये काठमाडौँका ६ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । बैंकका एचआर विभागका अधिकारीले सो तथ्यको पुष्टी गरेका छन् । ‘काठमाडौँबाट परिक्षण गरिएका ५ को रिपोर्ट नेगेटिभ आएको छ । धादिङका कर्मचारीहरुको नतिजा आइतबार आउने बताइएको छ[...]