Hamro Patro
चलचित्र क्षेत्रमा मन्दीको प्रभाव: ‘निर्माण घट्यो, व्यापार झनै घट्यो, महंगीले स्टुडियो बाहिर निस्केर छायांकन गर्ने स्थिति छैन’

काठमाडौं । अघिल्लो वर्षको तुलनामा यसवर्ष चलचित्रको निर्माण संख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यसवर्ष छायाङ्कन भइरहेको चलचित्रको संख्या कम देखिन्छ । यसो त पानी पर्ने समय भएकाले पनि यो समयमा ‘स्टुडियो’भन्दा बाहिर छायाङ्कन सहज हुँदैन । यद्यपि संख्याकै हिसाबमा पनि कम देखिएको निर्माताको छाता संगठन नेपाल चलचित्र[...]