SPECIAL
२०७४ सालमै गुणस्तरहीन प्रमाणित भएको थियो अर्घाखाँची सिमेन्ट, ४,९०,००० बोरा गुणस्तरहीन सिमेन्ट बजारमा !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- पटक-पटक गुणस्तरहीन प्रमाणित भएर पनि अर्घाखाँची सिमेन्टलाई कारवाही नभएको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । अर्थ सरोकार डटकमलाई प्राप्त मिति २०७४ मङ्सिर १ गते नेपाल गुणस्तर तथा नापतौल विभागको पत्र संख्या नि.शा ९२ चलानी नम्बर ८७२ को पत्रमा अर्घाखाँची सिमेन्ट प्रालिका नाममा विभागका तत्कालीन[...]