जेठ महिनाको आर्थिक राशिफल

धनु राशि भएका व्यक्तिहरूका लागि जेठ महिना आर्थिक वृद्धि हुने योगको महिना देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग पहेँलो वा रातो हो । शुभकार्य गर्दा पहेँलो वस्त्रको प्रयोग गर्दा कार्यबाट अधिक लाभ मिल्नेछ ।

आर्थिक बर्ष २०८१-८२ का लागि बार्षिक आर्थिक राशिफल

धनु राशि भएकाहरूका लागि आर्थिक वर्ष २०८१ र ८२ मध्यम देखिन्छ । पार्टनरबीच आरोप प्रत्यारोप बढ्ने देखिन्छ भने शिक्षा तथा सूचनाप्रविधि क्षेत्रमा लाभ मिल्नेछ । सेयर बजारमा लाग्नेहरुका लागि समय उत्तम छ । घर जग्गाको कारोबारबाट राम्रो आम्दानी गर्न सकिनेछ । आर्थिक हिसाबले कार्तिक र फागुन उत्तम देखिन्छ ।

नयाँ रोजगार पाइने योग भए पनि बढी मेहेनत गर्नुपर्ने देखिन्छ । वैदेशिक रोजगारीबाट पनि सफलता प्राप्त गर्न सकिनेछ । कुनै पनि व्यापार र व्यवसाय गर्दा सेतो, पहेँलो, गुलाबी, निलो र हरियो रङ्ग शुभ देखिन्छ भने ३, ६, ७ र ९ अङ्क शुभ देखिन्छ । व्यापार व्यवसायमा सफलता प्राप्त गर्न दुर्गाको उपासना गर्नुहोला ।आइतबार गरेका कामहरुबाट सफलता प्राप्त हुने योग छ । मेष र सिंह राशि भएकाहरुसँगको कारोबारमा फाइदा मिल्न सक्छ भने मेष र सिंह राशि भएकाहरूसँग कारोबार गर्दा सचेत हुनुहोला ।