भदौ महिनाको आर्थिक राशिफल
मिथुन राशि भएका व्यक्तिहरूका लागि भदौ महिना ८५ प्रतिशत राम्रो देखिन्छ। सूर्यको गोचरले धैर्य र पराक्रममा वृद्धि हुने देखिन्छ । उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू फेला पर्नेछन्। जग्गा जमिनबाट विशेष लाभ प्राप्त हुने देखिन्छ। नोकरी वा पेशामा वरिष्ठ व्यक्तिहरूको साथ र सहयोग मिल्नाले आर्थिक पक्ष राम्रो हुने देखिन्छ।
टाडिएका आफन्तहरू नजिक हुनेछन्। साझेदारी व्यापारमा राम्रो फड्को हात पार्न सकिनेछ। विचार पुराएर बुधबार सेयर बजारमा लगानी गर्दा फाइदा उठाउन सकिनेछ। यो राशिका व्यक्तिहरूलाई भदौ महिनामा रातो रंग फाप्ने देखिन्छ। यो राशि हुनेहरूका लागि भदौ १३ , २० र २७ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल
मिथुन राशिलाई नयाँ वर्ष २०८३ साल परिवर्तन, नयाँ अवसर र सिकाइले भरिएको वर्ष जस्तो देखिन्छ। बैंकिङ र सेयर बजारजस्ता क्षेत्रबाट फाइदा उठाउन सकिने योग छ। तर कहिलेकाहीँ हतारमा लिइएको निर्णयले जोखिम पनि बढाउन सक्ने देखिन्छ।
बैंकिङ क्षेत्रमा जागिर गर्नेहरूका लागि यो वर्ष नयाँ जिम्मेवारी, ट्रान्सफर वा नयाँ सीप सिक्ने अवसर आउन सक्छ। सुरुमा अलि दबाब जस्तो लागे पनि पछि यही अनुभवले करियरमा राम्रो उन्नति ल्याउने योग छ । सहकर्मीहरूसँगको सम्बन्ध राम्रो राख्दा अझ फाइदा हुने देखिन्छ।
सेयर बजारतर्फ हेर्दा यो वर्ष उतारचढाव बढी देखिन्छ। विशेषगरी जेठदेखि असोजकोबीचमा चाल चलायमान रहने संकेत छ। जहाँ छिटो नाफा हुने सम्भावना भए पनि जोखिम पनि उत्तिकै रहन्छ। त्यसैले आध्यात्मिक रूपमा ‘संयम र सचेत’ अपनाएर लगानी गर्नु पर्ने देखिन्छ ।
कुनै पनि लगानी गर्दा मन शान्त राखेर, रिस वा लोभबाट टाढा भएर निर्णय लिनुहोस् यो वर्ष तपाईंहरूलाई शुभ नै रहने छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page




प्रतिक्रिया दिनुहोस्