Skip to content
LAXMI SUNRISE BANK

मिथुन राशि

अर्थ सरोकार

मंसिर महिनाको आर्थिक राशिफल

मिथुन राशि भएका व्यक्तिहरूका लागि मंसिर महिना समग्रमा ८० प्रतिशत राम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ४, ७, १४  र २५  गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार र बुधबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। शनिबार भने व्यापार तथा नयाँ क्षेत्रमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि मंसिर १३ र २७ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।  यो महिनामा मिथुन राशि हुनेहरूलाई रातो रंग सुभ देखिन्छ भने कालो रंग अशुभ देखिन्छ।

मिथुन राशिहरूको व्यवहारिक कुराहरूमा केही असमझदारी बढ्ने संकेत देखिन्छ। तर, यही बेला जग्गा-जमिनबाट राम्रो आम्दानी प्राप्त हुने सम्भावना पनि रहेको छ। साथै, प्रशासनिक वा सरकारी समस्याहरू पनि समाधान हुने सम्भावना देखिएको छ।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल

मिथुन राशि भएका व्यक्तिहरूका लागि २०८२ साल मध्यम देखिन्छ । नयाँ कामको थालनी नगर्दा राम्रो होला। पाप कर्म गर्नाले मुद्धामामिलामा फस्न सकिनेछ। काममा झमेला आएपनि पैसा भने मनग्य कमाउन सकिनेछ ।

दुखिहरूलाई  सहयोग गर्दा त्यसको सकारात्मक असर जागिर वा व्यवसायमा पर्ने देखिन्छ । कसैलाई दिएको तर माया मारिसकेको सापटी रकम पनि फिर्ता आउन सक्छ ।

घरजग्गा र सेयर कारोबार गर्दा धेरै सोचविचार गर्नुपर्ने देखिन्छ। बैंक तथा वित्तीय संस्थामा नयाँ जागिरको योग देखीएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK