Skip to content
LAXMI SUNRISE BANK

मकर राशि

अर्थ सरोकार

पुस महिनाको आर्थिक राशिफल

मकर राशि भएका ८० प्रतिशत व्यक्तिहरूका लागि पुस महिना राम्रो देखिन्छ भने २० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ११ , १२ र १९ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने विचार पुर्याएर र अध्यन गरेर मात्र गर्नुहोला ।आइतबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि पुस ६ र २७ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा मकर राशि हुनेहरूलाई कालो र सेतो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। घरजग्गा वा सवारीसाधन बेच्ने योग देखिएको छ। वैदेशिक यात्राको योग देखिएको छ। कृषि कर्ममा लाग्दा राम्रो हुने देखिन्छ। दुना टपरी गाँसेर मनग्य आम्दानी गर्न सकिनेछ ।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफ

मकर राशि भएका व्यक्तिहरूका लागि २०८२ साल राम्रै देखिन्छ। नोकरी वा पेशामा पदोन्नतिका योग देखिएका छन्। कार्य समयमा सम्पादन हुनाले मन आनन्दित रहनेछ। वर्षको मध्यमा सेयर बाजारबाट मनग्य लाभ उठाउन सकिनेछ।

विद्यार्थीहरूलाई मार्केटिंग क्षेत्रमा नयाँ अवसर मिल्ने योग देखिएको छ। वर्षको अन्तिममा भने अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने देखिन्छ। नयाँ रोजगारीको अवसर देखिएकाले मेहनत  भने धेरै गर्नुपर्ने देखिन्छ।

यो वर्ष आर्थिक लेनदेन गर्दा भने विचार पुराउनु पर्ने देखिन्छ। बैदेशिक रोजगारीको योग देखिएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK