भदौ महिनाको आर्थिक राशिफल
मीन राशि भएका व्यक्तिहरूका लागि भदौ महिना राम्रो रहेको छ। शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। बैंक तथा वित्तीय संस्थाबाट लाभ उठाउन सकिनेछ। मेहनतले लक्ष्यमा पुग्न सकिनेछ। शिक्षा र प्रेम सम्बन्धमा सफलता मिल्नेछ। जीवनसाथिसँग पुराना कुनै कुरालाई लिएर वादविवादको सम्भावना देखिएको छ।
नयाँ लगानी लगाउनु भन्दा अघि सोचविचार गरेर निर्णय लिनुहोला। आफन्तको सहयोगमा जग्गाजमिन जोड्न सकिनेछ । सवारी साधनमा खर्च गर्नुपने देखिन्छ । पराक्रम बढेर जानेछ । कतै लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार र शुक्रबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ।
मीन राशिका व्यक्तिहरूलाई यो महिनामा रातो रंग फाप्ने देखिन्छ। यो राशि हुनेहरूका लागि भदौ ३ र ३१ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल
मीन राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा मिश्रित वर्षको रूपमा देखिन्छ। सेयर बजारमा दीर्घकालीन सोच राख्ने मीन राशिका लागि यो वर्ष तुलनात्मक रूपमा राम्रो मान्न सकिन्छ, विशेषगरी बैंकिङ, हाइड्रो वा स्थिर क्षेत्रतर्फ गरिएको धैर्यपूर्ण लगानीले वर्षको अन्त्यतिर राम्रो रिटर्न दिन सक्ने सम्भावना छ, तर छोटो समयमा नाफा खोज्ने प्रवृत्तिले जोखिम बढाउन सक्छ।
समग्रमा आर्थिक अवस्था पूर्ण रूपमा कमजोर वा बलियो भन्दा पनि ‘सिकाइ र सुधारको वर्ष’ जस्तो रहनेछ । मीन राशिलाई बैंकिङ क्षेत्रमा काम गर्ने अवसर आउन सक्नेछ।
यता वर्षको सुरुवाततिर केही मानसिक दबाब, निर्णयमा अलमल र आर्थिक उतारचढावको अवस्था देखिन सक्छ, जसले गर्दा विशेषगरी सेयर बजार वा लगानीसम्बन्धी क्षेत्रमा हतारमा निर्णय गर्दा घाटा हुने सम्भावना रहन्छ, त्यसैले सुरुका महिनामा सावधानी अपलाउनुहोला।
व्यवसाय गर्नेहरूका लागि पनि सुरुमा अपेक्षाअनुसारको गति नआउन सक्छ, ग्राहक घटबढ हुने, खर्च बढ्ने वा योजना ढिलो कार्यान्वयन हुने जस्ता चुनौतीहरू देखिने योग छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page




प्रतिक्रिया दिनुहोस्