पुस महिनाको आर्थिक राशिफल
मीन राशि भएका ८० प्रतिशत व्यक्तिहरूका लागि पुस महिना राम्रो देखिन्छ भने २० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ६ , ७ , १३ , १५ र २७ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार र मंगलबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा बुधबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।
यो राशि हुनेहरूका लागि पुस २ र ३० गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा मीन राशि हुनेहरूलाई रातो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। विचार नपुराउँदा धन नास हुने देखिन्छ। सरुवा तथा बढुवा हुने योग देखिएको छ। कर्म सिद्धि हुनेछ। बोलीमा निखार आनेछ । कृषि कर्ममा सरिक भइनेछ । गरगहना, सामान वा पैसा भने हराउने योग देखिएको छ । विचार पुराउनु होला।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल
मिन राशि भएका व्यक्तिहरूका लागि मध्यम रहेको छ। स्वास्थ्यमा समस्या हुँदा धन खर्च हुने देखिएको छ। धन बढी हानी हुने योग देखिएको छ। ऋणलिनु पर्ने स्थिति सिर्जना हुने देखिन्छ। रोजगारीको राम्रो अवसर प्राप्त भए पनि घुमाउनु पर्ने देखिन्छ।
यो वर्ष सेयर बजारमा पनि त्यति राम्रो हुने योग देखिएको छैन। धन लाभ गर्नको लागि भने सार्है कस्ट उठाउनु पर्नेछ। दुई पांग्रे र चार पांग्रे सवारी साधन किन्ने योग देखिएको छ। यो वर्ष कार्यक्षेत्रमा योजनाबद्ध तरीकाले कार्य गर्दा भने सफलता पाइने योग देखिन्छ। व्यापार व्यवसायको दृष्टिले यो वर्ष सामान्य रहनेछ।
खाद्यान्न सम्बन्धी तरल पदार्थको व्यापार लाभदायी रहनेछ। वैदेशिक रोजगारको नयाँ अवसरहरू मिल्नेछ। होटल सम्बन्धी व्यापारमा पनि राम्रो फड्को हात लाग्न सक्नेछ। कारोबार सोचेजस्तो गतिले यो वर्ष नचल्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। शनि र राहुको प्रतिकूल प्रभावले सोचेको कार्य समयमा सम्पादन नहोला। घर जग्गा जमिन वा वाहनमा वृद्धि हुनेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper





प्रतिक्रिया दिनुहोस्