Skip to content
LAXMI SUNRISE BANK

कुम्भ राशि

अर्थ सरोकार

पुस महिनाको आर्थिक राशिफल

कुम्भ राशि भएका व्यक्तिहरूका लागि पुस महिना साह्रै राम्रो देखिन्छ। यो राशि भएका ९० प्रतिशत व्यक्तिहरूका लागि पुस महिना साह्रै राम्रो देखिन्छ भने १० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ३ , १० , १५ , २२, २४ र ३० गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बुधबार र बिहीबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा सोमबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि पुस २८ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा कुम्भ राशि हुनेहरूलाई हरियो र पहेंलो रंग सुभ देखिन्छ भने सेतो रंग अशुभ देखिन्छ। फसेको धन उठ्ने योग देखिएको छ। मुद्धामामिलाबाट शुभ समाचार प्राप्त हुने योग देखिएको छ। सट्टापट्टाको कामबाट राम्रै फाइदा हुने योग देखिएको छ।  आफन्तबाट सहयोग मिल्ने योग छ । अर्थ लाभ हुनेछ ।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफ

कुम्भ राशि भएका व्यक्तिहरूका लागि २०८२ साल राम्रो देखिन्छ। लक्ष्यप्राप्ति हुने योग देखिएको छ। यो वर्ष अचल सम्पत्ति जोड्ने अवसर मिल्ने देखिन्छ। यो राशि हुनेहरूका लागि मंसिर महिना सार्है सुखको महिना रहेको छ।

दलाली कर्मबाट मनग्य आम्दानी गर्न सकिनेछ। सुखको अनुभूति गर्न सकिनेछ। स्वास्थ्यमा भने थोरै खर्च गर्नुपर्ने देखिन्छ। अनावश्यक बाधबिधाबाट भने टाढै रहनुपर्ने देखिन्छ।

जागिरमा प्रमोसनको योग देखिएको छ भने  वैदेशिक यात्राको योग पनि देखिएको छ। यता कुनै पनि क्षेत्रमा काम गर्दा आर्थिक जोखिम भने नउठाउनुहोला। साँझाको समयमा भने टाढाको यात्रा नगर्नुहोला।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK