Skip to content
LAXMI SUNRISE BANK

कुम्भ राशि

अर्थ सरोकार

असोज महिनाको आर्थिक राशिफल 

मीन राशिका लागि असोजमा आर्थिक पक्ष सामान्य रहे पनि नयाँ आम्दानीका स्रोत खोज्ने अवसर प्राप्त हुनेछ। घरजग्गा, व्यवसाय तथा अन्य आर्थिक गतिविधि सुरु गर्न समय अनुकूल देखिन्छ।

बैंकिङ तथा वित्तीय कारोबारमा ठूलो जोखिम लिनुभन्दा योजनाबद्ध ढंगले अघि बढ्नु राम्रो हुनेछ। नयाँ काम सुरु गर्न आत्मविश्वास बढ्नेछ, तर प्रतिस्पर्धी तथा विरोधीको चलखेलबाट आर्थिक निर्णय प्रभावित हुन नदिनुहोला।

समग्रमा महिना ६५ प्रतिशत राम्रो देखिन्छ। यो महिनामा २ , ९ र ३० गते भने विशेष ख्याल गर्नुहोला।

नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल

कुम्भ राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल राम्रै देखिन्छ। यो वर्ष सुधार हुँदै जाने वर्ष जस्तो देखिन्छ। वर्षको सुरुमा कामकाजमा केही दबाब, निर्णयमा अलमल र आर्थिक पक्षमा खर्च बढ्ने अवस्था आउन सक्छ, जसले गर्दा मनमा तनाव महसुस हुन सक्छ। तर समय बित्दै जाँदा विशेषगरी असोजपछि अवसरहरू बढ्ने, काममा प्रगति हुने र नयाँ स्रोतबाट आम्दानीको सम्भावना देखिन्छ।

यो वर्ष नयाँ जिम्मेवारी वा राम्रो अवसर प्राप्त हुने योग पनि देखिन्छ, विशेषगरी टेक्नोलोजी, अनलाइन काम वा विदेशसम्बन्धी क्षेत्रमा यो वर्ष राम्रो हुने योग छ।

सुरुका महिनाहरूमा व्यवसायमा केही ढिलासुस्ती, दबाब महसुस हुन सक्छ, तर वर्षको मध्यतिरदेखि नयाँ अवसरहरू खुल्ने र काम विस्तार हुने सम्भावना राम्रो देखिन्छ। पार्टनरशिप वा संयुक्त लगानीमा भने सावधानी अपनाउनु उपयुक्त हुन्छ, विशेष गरी विश्वास र कागजी प्रक्रियामा ध्यान दिनु जरुरी देखिन्छ । सेयर बजारको कुरा गर्दा यो वर्ष उतारचढावपूर्ण रहने संकेत छ, जसले गर्दा छिटो नाफा खोज्नु भन्दा दीर्घकालीन लगानी गर्नु बढी सुरक्षित र लाभदायक हुन सक्छ।

हल्ला वा अनुमानका आधारमा निर्णय गर्दा हजुरहरूलाई घाटा हुन सक्छ, त्यसैले अध्ययन गरेर मात्र लगानी गर्नु राम्रो हुनेछ । यो वर्ष खर्च पनि बढ्न सक्ने भएकाले बचत र योजना बनाएर अघि बढ्नु लाभदायक हुनेछ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK