भदौ महिनाको राशिफल
वृष राशि भएका व्यक्तिहरूका लागि भदौ महिना समग्रमा ७० प्रतिशत राम्रो देखिन्छ। कतै लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बिहीबार र शुक्रबार गर्दा राम्रो हुनेछ। वृष राशिका व्यक्तिहरूलाई यो महिनामा कालो र रातो रंग फाप्ने देखिन्छ। धर्म कर्मभन्दा घुमफिरमा अतिरिक्त धन खर्च हुने देखिन्छ।
सामाजिक सञ्जालको क्षेत्र सक्रिय रहनेछ। प्रेम सम्बन्धमा घरपरिवारको साथ मिल्ला। होटल वा म्यानेजमेन्ट क्षेत्रमा विशेष सफलता मिल्ने देखिन्छ। रोगप्रतिरोधात्मक क्षमता बलियो रहनेछ। आकस्मिक धन लाभका योग छन्। यो राशि हुनेहरूका लागि भदौ ७ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल
वृष राशिलाई नयाँ वर्ष २०८३ साल धैर्यको परीक्षा र फलदायी परिणाम’ को वर्ष जस्तो देखिन्छ। सुरुका महिनाहरूमा केही अलमल, निर्णयमा ढिलाइ वा अवसरहरू स्पष्ट नदेखिने अवस्था हुन सक्छ, तर वर्षको बीचतिरदेखि तपाईंको मेहनतले आकार लिन थाल्नेछ । आर्थिक पक्षमा बिस्तारै सुधार आउनेछन् । एकैचोटि ठूलो लाभभन्दा सानोसानो तर स्थिर आम्दानीले तपाईंलाई सुरक्षित महसुस गराउनेछ।
बैंकिङ क्षेत्रमा जागिर गर्नेहरूका लागि उन्नति, जिम्मेवारी बढ्ने र विश्वास जित्ने समय रहेको छ। व्यापारतर्फ भने विस्तारको सोच आउन सक्छ तर आध्यात्मिक दृष्टिले हेर्दा ‘सही समयको प्रतीक्षा’ नै तपाईंको सबैभन्दा ठूलो शक्ति हुने देखिन्छ।
यता सेयर बजारमा लगानी गर्दा यो वर्ष विशेषगरी वैशाखदेखि साउनबीचको समय शुभ देखिन्छ, जहाँ ग्रहहरूको चालले तपाईंलाई सही निर्णय लिन प्रेरित गर्ने देखिन्छ । धन कमाउनु मात्र लक्ष्य नभई, त्यसमा शान्ति र सन्तुलन कायम गर्नु नै साँचो समृद्धि हो भन्ने भावना तपाईंमा आउने देखिन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page




प्रतिक्रिया दिनुहोस्