Skip to content
LAXMI SUNRISE BANK

कर्कट राशि

अर्थ सरोकार

असोज महिनाको आर्थिक राशिफल 

कर्कट राशिका लागि असोजमा आर्थिक गतिविधि विस्तार हुने योग देखिन्छ। बैंकिङ कारोबार, लगानी तथा पुराना आर्थिक सम्पर्कबाट लाभ लिन सकिनेछ।

श्रमबाट आम्दानी बढ्ने भए पनि पैसा कमाउन अपेक्षाकृत बढी मेहनत गर्नुपर्ने देखिन्छ। पुराना सहयोगीको साथले आर्थिक काममा सहजता ल्याउनेछ। समग्रमा महिना ८५ प्रतिशत राम्रो देखिन्छ।

यो महिनामा २५ गते भने विशेष ख्याल गर्नुहोला।

नयाँ वर्ष २०८3 सालको आर्थिक राशिफल

कर्कट राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा आर्थिक रूपमा सावधानी र योजनाबद्ध निर्णय लिनुपर्ने देखिन्छ। विशेषगरी सेयर बजार र बैंकिङ क्षेत्रमा लगानी गर्दा हतारमा निर्णय गर्नु उपयुक्त नहुने देखिन्छ ।

सेयर बजारमा यो राशीहुनेहरूले छोटो अवधिको नाफाभन्दा दीर्घकालीन सोच राखेर लगानी गर्नु राम्रो हुने देखिन्छ । बीचतिर भने केही सकारात्मक अवसरहरू आउन सक्छन् । यदि सुरुबाटै सही योजना र अनुशासन कायम राखियो भने वर्षको अन्त्यतिर आर्थिक स्थिति क्रमश: सुधार हुँदै जाने सम्भावना देखिन्छ।

व्यवसाय र लगानीको हिसाबले यो वर्षभरि मिश्रित अवस्था देखिन्छ। वैशाखदेखि जेठसम्मको समय नयाँ काम सुरु गर्न र लगानी बढाउन अनुकूल हुने। यस अवधिमा आत्मविश्वास पनि बढ्ने देखिन्छ ।

त्यसैगरी भदौदेखि असोजबीच व्यापार विस्तार, साझेदारी र नाफा हुने राम्रो सम्भावना रहनेछ। माघ र फागुनमा भने पुराना लगानीबाट लाभ आउने तथा आर्थिक स्थिरता देखिन सक्छ। तर असार-साउनमा खर्च बढ्ने र घाटाको जोखिम रहने भएकाले लगानी गर्दा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।

 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK