Skip to content
LAXMI SUNRISE BANK

कर्कट राशि

अर्थ सरोकार

पुस महिनाको आर्थिक राशिफल

कर्कट राशि भएका ७५ प्रतिशत व्यक्तिहरूका लागि पुस महिना समग्रमा राम्रो देखिन्छ भने २५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ६ , ८ , १५ , २२ र २७ गतेसम्म  गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार र मंगलबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा बुधबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि पुस २ , १२ र १९ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।  यो महिनामा कर्कट राशि हुनेहरूलाई रातो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। रचनात्मक कार्यमा मन लाग्नेछ। मित्रहरूबाट सहयोग र आयआर्जनका अवसरहरु मिल्ने देखिन्छ।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल

कर्कट राशि भएका व्यक्तिहरूका लागि २०८२ साल शुभ देखिन्छ। जोशजाँगर लगाएर गरेको कामबाट मनग्य आम्दानी गर्न सकिनेछ। २०८२ सालको पहिलो त्रैमासमा आर्थिक चुनौतिहरूको सामना गर्नुपर्ने देखिन्छ ।

नयाँ प्रोजेक्टहरूबाट लाभ मिल्नेछ। अचल सम्पत्ति आर्जन हुने देखिन्छ । मेहनत गर्दा समय अनुसार लक्ष्य प्राप्ति हुनेछ। योग्य कार्य गरेर समाजमा प्रतिष्ठा बढाउन सकिने योग देखिएको छ।

भाग्य उदय हुने देखिन्छ। काममा सफलता प्राप्त गर्न ठुलो संघर्ष गर्नुपर्ने देखिन्छ। सवारी साधनमा चलाउँदा भने विचार पुराउनु पर्ने देखिन्छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK