Skip to content
LAXMI SUNRISE BANK

वृश्चिक राशि

अर्थ सरोकार

पुस महिनाको आर्थिक राशिफल

वृश्चिक राशि भएका ७० प्रतिशत व्यक्तिहरूका लागि पुस महिना राम्रो देखिन्छ भने ३० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ४ , ७ , १४ र १८ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा बुधबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि पुस २ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

यो महिनामा वृश्चिक राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। ग्रहबाट बच्नका लागि तामाको बाँडामा राखेको पानी सेवन गर्नुहोला, रोगको डर भएता पनि सुख प्राप्त हुने योग छ । जग्गा जमिनको कारोबार गर्दा राम्रो हुने खेदिन्छ ।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल

वृश्चिक राशि भएका व्यक्तिहरूका लागि २०८२ साल राम्रै देखिन्छ। पार्टनरशिपमा गरेको व्यपार फाप्न्ने छ। वर्षको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुने देखिन्छ। आर्थिक परिपेक्षमा नयाँ दायित्व मिल्नेछ।

जुनसुकै कार्यक्षेत्रमा पनि बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। व्यापार व्यवसायमा सफलता प्राप्त गर्नको लागि दुर्गा माताको उपासना गर्नुहोला । व्यवसाय फस्टाउँदै जानेछ।

नयाँ व्यवसायको सुरुवात गर्नुपर्नेछ भने वैशाख २१ गतेभित्रै गर्दा राम्रो होला। मंसिर महिनामा खर्च बढ्ने योग देखिएको छ । यो वर्ष वैदेशिक रोजगारीमा पनि सफलता मिल्ने देखिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK