भदौ महिनाको आर्थिक राशिफल
तुला राशि भएका व्यक्तिहरूका लागि भदौ महिना ९० प्रतिशत राम्रो देखिन्छ। तुला राशिका व्यक्तिहरूलाई यो महिनामा सेतो र हरियो रंग फाप्ने देखिन्छ। कतै लगानी गर्ने सोच्दै हुनुहुन्छ भने शुक्रबार गर्नुहोला, मनग्य आम्दानी हुने देखिन्छ। आम्दानीका नयाँ अवसरहरू फेला पर्नेछन्।कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ ।
व्यापार व्यवसायमा नयाँ लगानी लगाउने अवसर रहेको छ। मीडिया ,चलचित्र, ब्युटि पार्लर आदिको क्षेत्रमा सफलता मिल्ने योग छ। यता महिनाको मध्यमा भने आफन्तले काममा बाधा पुराउन सक्नेछन्। रोगको डर हुने योग छ, अल्छिपनाका कारण जागिर गुमाउनु पर्नेछ।
आगोलागी हुने सम्भाना भएकाले यसबाट बच्नुहोला। यो राशि हुनेहरूका लागि भदौ १८ र २५ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल
तुला राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा सन्तुलित र प्रगतिशील देखिन्छ। वर्षको सुरुवाततिर केही उतारचढाव देखिए पनि विस्तारै सुधार हुँदै जानेछ। व्यवसायतर्फ पनि नयाँ अवसरहरू आउने सम्भावना छ, विशेषगरी साझेदारी वा नयाँ आइडियामा काम गर्दा फाइदा हुन सक्छ, तर हतारमा निर्णय नगर्नुहोला । बैंकिङ वा जागिरतर्फ भने मध्यम सफलता देखिएको छ। मिहिनेत अनुसार नतिजा पाइनेछ, तर धैर्य राख्नुपर्ने हुन्छ।
यता लगानीको कुरा गर्दा, बैंकिङ बचत, सहकारी, वा सुरक्षित क्षेत्रमा पैसा राख्दा स्थिर आम्दानी आउनेछ । सेयर बजारमा पनि लगानी गर्न सकिन्छ। तर छोटो समयको नाफाभन्दा लामो समयको योजना बनाएर लगानी गर्नु राम्रो हुने योग छ । साझेदारीमा लगानी गर्दा पार्टनर राम्रो छान्नुपर्छ, नत्र विवाद आउन सक्छ।
लोकसेवा तयारी गर्नेहरूका लागि यो वर्ष मेहनतको परीक्षा जस्तो हुनेछ, नियमित पढाइ र अनुशासन राखे सफल हुने सम्भावना छ। पढाइ समग्रमा ठीक रहनेछ, तर ध्यान विचलित हुने सम्भावना भएकाले फोकस कायम राख्न जरुरी छ। सम्बन्ध र व्यक्तिगत जीवनमा सन्तुलन राखे यो वर्ष अझ राम्रो बन्न सक्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page




प्रतिक्रिया दिनुहोस्