Skip to content
LAXMI SUNRISE BANK

तुला राशि

अर्थ सरोकार

पुस महिनाको आर्थिक राशिफल

तुला राशि भएका व्यक्तिहरूका लागि पुस महिना नसोचेकै राम्रो देखिन्छ। यो राशी भएका ९५ प्रतिशत व्यक्तिहरूलाई पुस महिना साह्रै राम्रो देखिन्छ भने ५  प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ।  यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ३, ६, १३ ,  १५, २२ र २९  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने अध्यन गरेर मात्र लगानी गर्नुहोला । यो महिनामा बुधबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि पुस ९ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा तुला  राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ।  महिना महिनामा पेसा परिवर्तन गर्ने बानीका कारण जागिर गुमाउन पर्ने देखिन्छ । लामो समयदेखि बिक्री नभएको अचल  सम्मत्तीबाट राम्रै आम्दानी गर्न सकिनेछ । पुत्रलाभ हुने योग छ । कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ ।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफ

तुला राशि भएका व्यक्तिहरूका लागि २०८२ साल फलदायी देखिन्छ । आकस्मिक सफलताको योग देखिएको छ। आय बढेको महसुस हुनेछ। जग्गाजमिन र सवारीको व्यापारबाट राम्रै फाइदा हुने योग देखिएको छ।
वैदेशिक रोजगारबाट विशेष लाभ प्राप्त हुनेछ। सवारी साधनमा किन्ने अवसर जुर्दा धन खर्च हुनेछन्। व्यापार व्यवसायमा आफ्नो बोलीले अरुलाई प्रभावित पर्न सकिनेछ। दु:ख परेको बेला आफन्तले सयोग गर्नेछन्।
कला क्षेत्रमा काम गर्नेहरुका लागि यो आर्थिक बर्ष अझै फलदायी रहनेछ । कतै ऋण सापटी दिँदा भने ख्याल गर्नुहोला, फिर्ता नआउने योग देखिएको छ  । अध्यन गरेर सेयर बजारमा लगानी गर्दा राम्रो फाइदा उठाउन सकिनेछ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK