Skip to content
LAXMI SUNRISE BANK

धनु राशि

अर्थ सरोकार

पुस महिनाको आर्थिक राशिफल

धनु राशि भएका ८० प्रतिशत व्यक्तिहरूका लागि पुस महिना राम्रो देखिन्छ भने २० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १० , ११ , १७ , १८ र २५ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बिहीबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा बुधबार भने कुनै पनि क्षेत्रमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि पुस २३ र ३० गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

यो महिनामा धनु राशि हुनेहरूलाई पहेंलो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। सरकारी जागिर खाने योग छ। परिवारबाट ठुलै उपहार प्राप्त हुने योग छ। सवारी साधन चलाउँदा भने विचार पुर्याउन पर्ने देखिन्छ। स्वास्थ्यमा सुधार हुने योग देखिएको छ। आफ्नो सामानको सुरक्षा नगर्दा ठुलै क्षती हुने देखिन्छ । स्वार्थ सिद्धिका लागि गरेको काम बन्ने योग छ । आहार र स्वभावमा भने परिवर्तन ल्याउन सकिनेछ ।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल

धनु राशि भएका व्यक्तिहरूका लागि २०८२ साल फलदायी रहनेछ। नयाँ व्यापार व्यवसायको सुरुवात गर्न सकिनेछ। सेयर बजारमा लाग्नेहरुका लागि समय उत्तम छ । घर जग्गाको कारोबारबाट राम्रो आम्दानी गर्न सकिनेछ ।

कृषि क्षेत्र, बिद्धुत  र कपडाको व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ । बैदेशिक रोजगारीबाट पनि सफलता प्राप्त गर्न सकिनेछ । आकस्मिक सफलताको योग देखिएको छ। आय बढेको महसुस हुनेछ।

यता, अरुको झैँ झगडा सुल्झाउन खोज्दा आर्थिक नोक्सानी झेल्नुपर्ने देखिन्छ। सवारी साधन चलाउँदा सावधान रहनुपर्ने देखिन्छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK