Skip to content
LAXMI SUNRISE BANK

मेष राशि

अर्थ सरोकार

पुस महिनाको आर्थिक राशिफल 

मेष राशि भएका ८० प्रतिशत व्यक्तिहरूका लागि पुस महिना समग्रमा राम्रो देखिन्छ भने २० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १, ८ , १५ , १८ , २५ र २९ गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने मंगलबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ।

यो महिनामा सेयर बजारमा बिहीबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि पुस ३ गते अति अशुभ भएकाले विशेष ध्यान दिनु पर्ने देखिन्छ। यो महिनामा मेष राशि हुनेहरूलाई सेतो र रातो रंग शुभ देखिन्छ भने पहेलों रंग अशुभ देखिन्छ। अवसर आउन सक्छ तर लाभ लिन चुनौती हुने देखिन्छ। करियर र व्यापारमा भने धेरै नै मेहनत गर्नुपर्ने देखिन्छ।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल 

मेष राशि भएका व्यक्तिहरूका लागि २०८२ साल मध्यम देखिन्छ। स्वास्थ्यमा समस्या आउँदा खर्च बढ्ने देखिन्छ। पार्टनरशिपको व्यापार व्यवसाय नफाप्न सक्छ । व्यावसायिक हिसाबले यो बर्ष त्यति राम्रो नरहन सक्छ ।
कानुनी झमेलामा पर्न सकिनेछ। अनावश्यक खर्च गर्नुपर्ने स्थिति उत्त्पन्न हुने देखिन्छ। जागिर गर्नेहरुका लागि जागिरमा केहि समस्या उत्पन्न हुन सक्छन् । हरेक क्षेत्रमा साबधानीपुर्व अगाढी बढ्नुपर्ने देखिन्छ।
यता,वैदेशिक रोजगारीको योग देखिएको छ। कर्म क्षेत्रमा इमान्दारिता भएर काम गर्नाले मानसम्मान पाउन सकिनेछ। सेयर बजारमा लाग्नेहरुका लागि यो २०८२ साल औसत छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK