असोज महिनाको राशिफल
आर्थिक कारोबारका हिसाबले मेष राशिका लागि असोज महिना सकारात्मक देखिन्छ। नयाँ लगानी, बचत योजना वा व्यवसाय विस्तार गर्ने सोचमा हुनुहुन्छ भने समय र निर्णयमा विशेष ध्यान दिनुपर्नेछ।
बैंक तथा वित्तीय संस्थासँगको कारोबारमा कानुनी पक्ष बलियो रहनेछ भने व्यापार व्यवसायबाट आम्दानी बढ्ने योग देखिन्छ। समग्रमा असोज महिना ७० प्रतिशत राम्रो देखिन्छ।
यो महिनामा १ , र २९ गते भने विशेष ख्याल गर्नुहोला।
नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल
मेष राशिलाई नयाँ वर्ष २०८३ साल कर्म, धैर्य र आत्मविश्वासको परीक्षा लिने वर्ष जस्तो देखिन्छ। बैंकिङ वा जागिर क्षेत्रमा वर्षको सुरुवातमा केही दबाब र जिम्मेवारी बढ्ने देखिन्छ। तर मेहनतले वर्षको मध्यतिरदेखि नयाँ अवसर, मान-सम्मान र प्रगतिको ढोका खोलिने योग छ। व्यापार गर्नेहरूका लागि यो वर्ष धैर्य र सही निर्णयको वर्ष हो। केही आर्थिक दबाब महसुस भए पनि अन्तत: तपाईंको निरन्तर प्रयासले स्थिरता र विस्तार ल्याउनेछ।
मेष राशि भएका व्यक्तिहरूको आर्थिक यात्रामा उतारचढाव आउनेछन्, तर प्रत्येक चुनौतीले तपाईंलाई अझ परिपक्व र सबल बनाउनेछ। यता सेयर बजारतर्फ हेर्दा यो वर्ष असार, साउन, मंसिर र माघ महिनामा लगानी गर्दा राम्रो प्रतिफलको सम्भावना देखिन्छ, तर भदौ असोजतिर भने बजारको अस्थिरताले तपाईंको धैर्यको परीक्षा लिन सक्छ। त्यसैले अन्तर्मनको शान्त आवाज सुनेर, दीर्घकालीन दृष्टिकोण राखी लगानी गर्नु नै लाभदायक हुनेछ।
यो वर्ष तपाईंले केवल धन आर्जन मात्र होइन, धनको सही उपयोग, बचत र आध्यात्मिक सन्तुलनको महत्व पनि सिक्ने अवसर मिल्ने देखिन्छ। जहाँ मेहनतसँगै विश्वास र सकारात्मक ऊर्जा मिल्दा तपाईंको आर्थिक जीवन उज्यालो हुनेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page





प्रतिक्रिया दिनुहोस्