Skip to content
LAXMI SUNRISE BANK

कन्या राशि

अर्थ सरोकार

असोज महिनाको आर्थिक राशिफल 

कन्या राशिका लागि असोज महिना रोकिएको धन उठ्ने र आर्थिक कारोबार सुधारिने समयका रूपमा देखिन्छ। लामो समयदेखि अड्किएको रकम प्राप्त हुने, विदेशतर्फबाट रोकिएको धन आउने तथा पुराना आर्थिक काम अघि बढ्ने योग छ।

बैंकिङ तथा वित्तीय कारोबारमा कागजात र सम्झौता राम्रोसँग बुझेर मात्र अघि बढ्नु उचित हुनेछ। समग्रमा महिना ८५ प्रतिशत राम्रो देखिन्छ।

यो महिनामा ३ र ३१ गते भने विशेष ख्याल गर्नुहोला।

नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल

कन्या राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल राम्रै देखिन्छ। सुरुमा केही अलमल, ढिलाइ वा योजना अनुसार काम नहुने जस्तो अनुभव हुन सक्छ, तर वर्ष स्थिति भने बिस्तारै सुधार हुँदै जानेछ । मेहनत गरेको कामको फल ढिलो भए पनि पाइने योग छ। आर्थिक रूपमा धेरै जोखिम लिनुभन्दा सोचेर, योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ ।

सेयर बजारमा पनि वर्षको बीचतिर राम्रो अवसर आउन सक्छ । तर छिटो नाफा खोज्नेभन्दा धैर्य राख्नेहरूका लागि यो वर्ष बढी फाइदाजनक हुने देखिन्छ ।

दीर्घकालीन लगानी गर्नेका लागि यो वर्ष राम्रो अवसर बन्न सक्छ, तर छोटो अवधिको ट्रेडिङ गर्दा जोखिम व्यवस्थापन गर्नुपर्छ। कन्या राशिका व्यक्तिहरूले अनुसन्धान गरेर, धैर्यका साथ लगानी गरेमा बैंकिङ सेक्टरबाट लाभ लिन सक्ने सम्भावना बलियो देखिन्छ।

यदि तपाईं व्यापार वा लगानीसँग सम्बन्धित हुनुहुन्छ भने विशेष गरी बैंकिङ, वित्त, कन्सल्टेन्सीसँग जोडिएको क्षेत्रमा राम्रै फाईदा हुने सम्भावना छ । नयाँ व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने असार देखि मंसिरबीचको समय राम्रो हुनेछ।

 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK