Skip to content
LAXMI SUNRISE BANK

कन्या राशि

अर्थ सरोकार

पुस महिनाको आर्थिक राशिफल

कन्या राशि भएका ७५ प्रतिशत व्यक्तिहरूका लागि पुस महिना समग्रमा राम्रो देखिन्छ भने २५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ४ , ११ , १५ र ३०  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बुधबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा शनिबार भने कुनै पनि व्यवसायमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि मंसिर ५ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

यो महिनामा कन्या राशि हुनेहरूलाई हरियो र सेतो रंग सुभ देखिन्छ भने कालो रंग अशुभ देखिन्छ। वैदेशिक यात्राको योग देखिएको छ । रोजगारीको अवसर प्राप्त हुने योग छ । भर्मणको योग देखिएकाले पैसा खर्च हुने देखिन्छ । आय वृद्धि हुने देखिन्छ। ठुलो ठुलो विधुतीय क्षेत्रमा काम गर्ने योग देखिएको छ। सुनमा थोरै भएपनि लगानी गर्न सकिनेछ।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल

कन्या राशि भएका व्यक्तिहरूका लागि २०८२ साल राम्रै देखिन्छ। आर्थिक सुधारका प्रयासहरू सफल हुनेछन्। नोकरी वा पेशामा योग्यताको मूल्यांकन हुनेछ।
कृषि, लत्ताकपडा तथा उद्दयोग व्यवसायबाट राम्रै लाभ उठाउन सकिनेछ । यो राशी हुनेहरूलाई जुनै क्षेत्रमा पनि नयाँ जागिरको अवसर मिल्नेछ । लक्ष्य प्राप्ति गर्ने योग देखिएको छ।
वैदेशिक रोजगारीमा रहेकाहरुका लागि पनि यो वर्ष उत्तम देखिन्छ। यता, परिवारबाट आफुले सोचेजस्तो सहयोग भने नमिल्ला।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK