कात्तिक महिनाको आर्थिक राशिफल

मकर राशि भएका व्यक्तिहरूका लागि कात्तिक महिना सामान्य रहनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सेयर बजारमा लगानी गर्दा पैसा डुब्ने योग छ ।  भ्रमण, स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग निलो वा रातो हो ।

आर्थिक बर्ष २०८१-८२ का लागि बार्षिक आर्थिक राशिफल

मकर राशि भएकाहरूका लागि आर्थिक वर्ष २०८१ र ८२ शुभ देखिन्छ । अधुरा कामहरू बन्ने योग छ । इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ । घरजग्गा र सेयर बजारबाटसमेत राम्रो सफलता प्राप्त गर्न सकिनेछ । यद्यपि घरजग्गाको कारोबार गर्दा भने विवाद बढ्ने योग भएकाले सजग रहनुहोला । आर्थिक हिसाबले साउन, असोज र माघ महिना राम्रो देखिन्छ ।

यो आर्थिक वर्ष जागिर र व्यवसायमा भने झमेला आउने देखिन्छ । कामको सिलसिलामा झुटा आरोप लाग्ने र कानुनी झमेला व्यहोर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा बढी खर्च गर्नुपर्ने हुनसक्छ । कुनै पनि जागिर, व्यापार वा व्यवसाय गर्दा सेतो, पर्पल, रातो, र निलो रङ्ग शुभ देखिन्छ भने २, ४, ६ र ८ अङ्क पारेर गरेको कामबाट सफलता प्राप्त गर्ने योग छ ।

शनिबार हनुमानजीको उपासना, गर्नाले व्यापार व्यवसायमा सफलता मिल्ने योग छ । शनिबार सबैभन्दा राम्रो दिन भएकाले नयाँ काम यही बारबाट सुरु गर्दा उत्तम हुने देखिन्छ। कुम्भ राशि भएकाहरूसँग गरेको कामबाट सफलता मिल्ने योग देखिन्छ भने धनु, मिथुन, र सिंह राशि भएकाहरूसँग कारोबार गर्दा ख्याल गर्नुहोला ।