ARCHIVE
नेप्सेद्वारा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का, यस्तो छ कारण
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । नेपाल सेवाले विन लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता गरेसँगै नेप्सेमा सो संस्थाको सेयर कारोबार रोक्का भएको हो । यी दुई लघुवित्तबीच मर्जर सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा मंगलबार हस्ताक्षर भएको हो ।