
‘मैले फायर खोलेँ, तपाईहरु पनि खोल्नुहोस्, अब आदेश पर्खिराख्नुपर्दैन ।’
थरुहट/थारुवान स्वायत्त प्रदेश पक्षधर आन्दोलनकारीले गत सोमबार दिउँसो पौने २ बजेतिर टीकापुर नगरपालिका–६, शंकरपुरमा प्रहरीमाथि घेराबन्दी गरेर आक्रमण सुरु गरेपछि नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेले आदेश दिए ।
आदेशमुताबिक उनीसँगै रहेका प्रहरीले एसएलआर खोले । एक राउन्ड हावामा गोली चलाए । दोस्रोपटक एसएलआरको गोली पड्कँदै पड्केन, त्यसै बन्द भयो । प्रदर्शनकारीको घेराबन्दीमा परेका न्यौपानेको प्रहरी टोलीसँग थप हतियार थिएन । उनले सँगै परिचालित सशस्त्र प्रहरीलाई फायर खोल्न आग्रह गरे, तर हतियार सुसज्जित सशस्त्र जवानहरुले उनको आदेश मानेनन् । त्यतिबेलासम्म सँगसँगै घटनास्थल पुगेका सशस्त्रका एसपी लक्ष्मणसिंह भने पछि हटिसकेका थिए ।
थरुहट÷थारुवान आन्दोलनकारीले घेराबन्दी गरेर लखेटी लखेटी एसएसपी न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या गरे ।
यति ठूलो मानवीय क्षतिका पछाडि के के कारण थिए त ?
स्थानीय प्रत्यक्षदर्शी भन्छन्– प्रहरीसँग हतियार नहुनु, विशाल जुलुस नियन्त्रणमा न्यून संख्यामा सुरक्षाकर्मी परिचालित हुनु र सहयोगी सशस्त्र प्रहरी ‘आदेश छैन’ भन्दै हतियार चलाउन पन्छनु ।
त्यस दिन टीकापुरमा परिचालित नेपाल प्रहरीको टिमसँग एक थान मात्र एसएलआर थियो, त्यही पनि नपड्केपछि न्यौपाने निरुपाय भएका थिए । ‘सापले फायर खोल्ने आदेश दिनुभयो, हावामा एक गोली चल्यो, त्यसपछि पड्कँदै पड्केन,’ एसएसपी न्यौपानेका अंगरक्षक मानबहादुर बुढामगरले भने, ‘त्यसपछि सापले सशस्त्रका जवानलाई फायर खोल्न भन्नुभो, उनीहरु मानेनन् ।’
चारैतिरबाट आफूमाथि आक्रमण हुन थालेपछि न्यौपाने पछि हट्न थाले । ‘करिब २ सय मिटर भाग्दै पछाडि हटेपछि चोट र थकानले लखतरान भइसकेका सापले म हिँड्न सक्तिनँ भन्नुभएपछि म एउटा घरभित्र लुकाएर भागेको हुँ,’ मानबहादुरले त्यस दिनको घटना सम्झिए, ‘त्यहाँबाट पनि थुतेर निर्मम तिरकारले मारेछन् ।’ नागरिक दैनिकमा विश्वमणि पोखरेल, दिलबहादुर छत्याल र योगेश रावलले खबर लेखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्