
केही अंग्रेजी शब्दहरु हाम्रो मुखमा यसरी झुण्डिसकेका छन् कि, पत्तै नपाई फुत्किहाल्छ । तर, यसरी बोलिने केही फ्रेजहरुको कुनै मतलब नै हुँदैन, अझै पनि हामी बोलिरहेकै हुन्छौँ । अनि कतिपय फ्रेजहरु यस्ता छन्, जसको सही अर्थ पनि हुन्छ, तर हामी त्यसलाई सही ढंगले प्रयोग गर्दैनौं । त्यसैले आज हामीले सामान्यतया मानिसले गर्ने यस्ता ८ गल्तीबारे उल्लेख गरेका छौं ।
English
१. प्राय हामी बोल्छौं, First Come First Serve. यसको सही अर्थ हुन्छ, जो पहिले आयो उसले पछि आउनेहरुका लागि सेवा दिनेछ । त्यसैले First Come First Serve भन्नु बिलकुल गलत हो । यदि यसलाई सही ढंगले बोल्ने हो भने, First Come First Served भन्नुपर्छ । जसको अर्थ हुन्छ, जो पहिले आउँछ उसैलाई पहिले सेवा दिइनेछ । मात्रै एउटा अक्षरले पूरै वाक्यको अर्थ नै बदलिदिन्छ । त्यसैले बोल्दा ख्याल पुर्याउनुपर्छ ।
२. कतिपयले कुनै स्कूल तथा कलेजको पढाई पूरा गरेपछि आफूलाई सो कलेज वा स्कूलको Pass Out स्टूडेन्ट भन्छन् । खासमा तपाईं कुनै शैक्षिक संस्थाबाट पास हुनुभयो भने तपाईं त्यहाँबाट ग्रयाजुएट हुनुहुन्छ, Pass Out होइन । Pass Out को मतलव हुन्छ, to become unconscious for a short time. अर्थात केही समयका लागि बेहोस हुनु ।
३. कतिपय मानिस बोल्छन्, Discuss about. उदाहरणका लागि Let’s discuss about politics. तर Discuss about कुनै फ्रेज होइन । Discuss को आफ्नै अर्थ हुन्छ, Talk about. त्यसैले Discuss को पछाडि About जोडिराख्नु जरुरी छैन । उदाहरणका लागि Let’s discuss politics.
४. हामीमध्ये कतिपयले Do one things भनिरहेका हुन्छौं । जसको प्रयोग काम गर्ने भन्ने अर्थमा हुन्छ । वास्तवमा यसको कुनै सेंन्स छैन । विदेशमा यस्तो बोल्ने हो भने तपाईं मजाकको पात्र मात्रै बन्नुहुन्छ ।
५. नेपालीमा हामी कसैको नाम सोध्नुपर्दा भन्छौं, ‘तपाईंको शुभनाम के हो ?’ आजभोली हामी यति जान्ने भइसक्यौं कि अंग्रेजीमा पनि त्यसैलाई अनुवाद् गरेर भन्न थालिसक्यौं, What is your good name ? तर, यो विलकुल गलत हो । सही ढंगले सोध्ने हो भने What is your name ? नै पर्याप्त छ ।
६. अर्को कमन मिस्टेक Kindly Revert को प्रयोगमा हुने गरेको पाइन्छ । Kindly Revert को प्रयोग मानिसहरु Reply यानिकी जवाफ पाउने अर्थमा गर्छन्, तर यो गलत हो । Revert को अर्थ हुन्छ, Go back to a previous state. यानिकी आफ्नो पूरानो स्थितिमा फर्किनु । त्यसैले Reply का लागि Kindly Revert भन्नु गलत हो ।
७. अक्सर मानिसहरु Sneak Peek र Sneak Peak को प्रयोगमा पनि गल्ति गरिरहेका हुन्छन् । Peek को मतलब हुन्छ Quick Look र Peak मतलव पहाडको टुप्पो । सिर्फ E र A को अन्तरले पूरा अर्थ नै परिवर्तन हुन्छ । त्यसैले हामीले Sneak Peak भन्यौं भने त्यसको कुनै मतलब नै हुँदैन । त्यसैले सही फ्रेज बोल्ने हो भने तपाईंले Sneak Peek भन्नुपर्छ । यसको अर्थ हुन्छ, कुनै पनि चीज आधिकारिक रुपमा लन्च हुनुपूर्व त्यसलाई देख्ने मौका मिल्नु ।
८. यदि कोही मानिस आफ्नो कुरामा यु-टर्न गर्छ भने हामी फ्याट्टै भन्छौं, 360-Degree turn. तर 360-Degree turn. को अर्थ पुन: उही स्थानमा फिर्ता आउनु भन्ने हुन्छ । त्यसैले यु-टर्नको कन्डिसनमा हामीले 180-Degree turn भन्नुपर्ने हुन्छ ।
बल्ल सही अर्थ लाग्छ, आफ्नो पूरानो बातबाट ठिक विपरित अवस्थामा पुग्नु ।