×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीकै अवैध धन्दा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कर्मचारीकै अवैध धन्दा !

Artha Sarokar

२१ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ, २१ भदौ । हेलो… उजय देउला बोल्नु भयो? ‘हजुर।’ ‘तपाईंको फोहर उठाउने कम्पनी छ?’ ‘छ।’ ‘नाम के हो?’ ‘मेट्रो गार्ड प्रालि।’ ‘एउटा घरबाट फोहर उठाएको कति लिनुहुन्छ?’ ‘२सयदेखि २ सय २५ सम्म लिन्छौं।’

काठमाडौं महानगरपालिकाको वडा ३१ मा कुचिकारका नाइकेमा कार्यरत देउलासँग टेलिफोनमा यति कुरा गरेपछि आफू पत्रकार भएको परिचय दियो। यसपछि उनका कुरा फेरिए। उनले कम्पनी आफ्नो नभएको दाबी गरे। फोहर उठाउने काममा पनि छोरा मात्र रहेको दाबी थियो उनको।
यसपछि ‘कम्पनी कस्को हो?’ सोधेपछि कम्पनी कुमार राई नामका फोहर व्यवस्थापन गर्ने ठेकेदारको भएको बताए। ‘कम्पनीमा मेरो केही छैन, छोराको हो,’ उनले सावधान स्वरमा भने। परिचयअघि नागरिकसँग टेलिफोनमा सर्वसाधारणसँग २ सयदेखि २ सय २५ रुपैया उठाउने र ३/४ वर्षयता यसरी फोहर व्यवस्थापन गरिरहेको उनले बताएका थिए।

उनले अस्वीकार गरे पनि महानगरपालिका स्रोत देउलाले कम्पनी नै खोलेर फोहर उठाउने गरेको बताउँछ। ‘हाजिर ३१ वडामा गरेर ३२ वडामा फोहर उठाउन जान्छन्,’ स्रोतले भन्यो, ‘सर्वसाधारणबाट मासिक रकम लिन्छन् तर फोहर भने नगरपालिकाको गाडीमा टेकु पुर्याफउँछन्।’

फोहर व्यवस्थापनमा कार्यरत महानगरका केही कर्मचारीले महानगरपालिकाकै साधन र स्रोत उपयोग गरेर अतिरिक्त आम्दानी गरिरहेका छन्। घरघरमा गएर फोहर उठाएवापत मनपरी पैसा असुल्ने तर फोहर टेकुसम्म मात्र पुर्या उन पनि महानगरकै सवारीसाधन प्रयोग गर्ने गरेका छन्।

अर्को स्रोतका अनुसार देउलाले सेतो पुलको दक्षिणदेखि घट्टेकुलो क्षेत्रमा फोहर उठाउँदै आएको प्रष्ट पारेको छ। साथै फोहर उठाउन परिवार नै खटाएर देउलाले ठेकेदारकै रुपमा काम गरिरहेको स्रोतको दाबी छ।

‘युनियनका नेताहरूको आड पाएर उनले यस्तो गरिरहेका छन्,’ स्रोतले भन्यो, ‘महानगरपालिकाका ३५ वटै वडामा यस्तै अवस्था छ। कर्मचारीहरू सेटिङ मिलाएर अतिरिक्त आम्दानी गरिरहेका छन्।’

त्यस्तै ३२ वडामा काम गर्ने कुचिकारका सहनाइके दीपक भुजेलले पनि देउलाकै जस्तो काम गरिरहेका छन्। कालिकास्थान बरको बोटदेखि डिल्लीबजार पिपलबोटसम्म भुजेलले पनि यसरी नै फोहर उठाइरहेको स्रोतको दाबी छ।

भुजेलले फोहर संकलन गरी महानगरपालिकाकै गाडीमा टेकु पुर्यासउने गरेको स्रोतले जानकारी दियो। नागरिकसँग कुरा गर्दै भुजेलले केही घरबाट फोहर उठाउने गरेको स्वीकारे। ‘मैले त जम्मा १५/२० घरमा मात्र उठाउँदै आएको छु,’ उनले भने, ‘वडा अध्यक्षका पालादेखि वीरेन्द्र मार्गमा उठाउँदै आएको हो।’ कम्पनी नभएका उनले मासिक ५० देखि ३ सय रुपैयाँसम्म प्रत्येक घरले खुसीसाथ दिने गरेको जानकारी दिए।

३२ वडामै फोहर उठाउँदै आएका देउलाका बारेमा सोध्दा उनले ठेकेदार कुमार राइसँग मिलेर फोहर उठाउने गरेको बताए। तर सो कम्पनी (मेट्रो गार्ड प्रालि) ले फोहर व्यवस्थापन गरेको आफूलाई थाहा नभएको उनले बताए।

महानगरपालिकाकै कर्मचारीले निजी व्यवसायीसँग सेटिङ मिलाएर फोहर टेकुमै थुपार्ने गरेको समाचार साउन २१ गते सार्वजनिक भएपछि केही दिन उनीहरूले त्यस्तो फोहर नउठाएको महानगरपालिका स्रोतले दाबी गर्योच। भुजेलले पनि करिब एक साताअघि फोहर नियमित नउठेको नागरिकलाई बताए। तर देउलाले भने फोहर उठिरहेको दाबी गरे।

फोहर व्यवस्थापनबाट अतिरिक्त आम्दानी गर्नकै लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र शाखाले आफूखुसी कर्मचारी खटाउने गरेको छ। विभागको खटनपटन शाखाका नगरप्रहरी सई मिनबहादुर थापा, असई रामहरि कार्की र असई श्याम मल्लको सेटिङमा निजी क्षेत्रको फोहर लुकिछिपि टेकुस्थित ट्रान्सफर स्टेसनमा थुपारिने गरेको छ।

उनीहरूसँगै विभागीय प्रमुखको मिलेमतोमा यस्तो अवैध काम हुने गरेको स्रोतले बतायो। कतिपय निजी कम्पनीले फोहर सिसडोल नै पुर्यारउने भए पनि कतिपयले कर्मचारीसँग मिलेर टेकुमा थुपार्ने गरेको स्रोत बताउँछ। विभागीय प्रमुखहरूको सेटिङकै कारण फोहर व्यवस्थापनको कुनै अनुगमन हुँदैन। काठमाडौंमा दैनिक ४ सय ५० टन फोहर उत्पादन हुन्छ । नागरिक

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी