नयाँ संविधान जारी गर्ने दिन असोज ३ गतेको औपचारिक कार्यक्रममा संविधानसभा अध्यक्ष वा सचिवालयले कुनै पनि देशका विशेष प्रतिनिधिलाई औपचारिक आमन्त्रण गरेको छैन।
संविधानसभा सचिवालयका अनुसार, संविधान जारी गर्ने विशेष कार्यक्रमको तिथि मिति र समय छोटो अवधिमा तय भएको कारण कुनै पनि देशका प्रतिनिधिलाई आमन्त्रण गरेको छैन।
सरकारका कतिपय पदाधिकारीहरुले अर्न्तराष्ट्रिय समुदायको सहयोग र समर्थन जुटाउन विभिन्न मुलुकका विशेष प्रतिनिधिलाई डाकिएको दाबी गरेपनि सचिवालयले आइतबारको कार्यक्रमलाई सरकारको वार्षिक निती तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम भन्दा फरक नभएको बतायो।
उक्त दिन नेपालस्थित अन्तराष्ट्रिय संघसंस्था र दूतावासका प्रतिनिधि बाहेक अहिलेसम्म कुनै पनि देशबाट विशेष प्रतिनिधि उपस्थित हुने कार्यक्रम राखिएको छैन, सचिवालयका एक उच्च अधिकारीले भने।
त्यसबाहेक संविधान जारी हुने दिन सबै संबैधानिक निकायका पदाधिकारी, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि तथा पूर्व सभासदहरुलाई समारोहमा आमन्त्रण गरिने छ।
संविधानसभा बैठक कक्षको क्षमता र उपस्थित पाहुनाहरुको संख्यालाई मध्यनजर गर्दै सचिवालयले कतिपय अतिथिहरुका लागि बैठक कक्षसँगैको ल्होत्से हलमा कुर्सीहरु राखी टेलिभिजन स्क्रीनमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको छ।
११०. अध्यक्षद्वारा विधेयक प्रमाणित तथा राष्ट्रपतिद्वारा संविधानको घोषणा : (१) संविधानसभाबाट पारित भएको संविधानको विधेयकको अन्त्यमा संविधानसभाका प्रत्येक सदस्यले हस्ताक्षर गर्नेछन।
(२) उपनियम (१) बमोजिम सदस्यहरुले हस्ताक्षर गरेको संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणीत भएपछि त्यस्तो विधेयकले संविधानको रुप धारण गर्नेछ।
तर कुनै सदस्यको हस्ताक्षर हुन बाँकी रहेको कारणले मात्र यस नियम बमोजिम संविधानको विधेयकको प्रमाणीत गर्न बाधा पर्ने छैन।
(३) उपनियम (२) बमोजिम प्रमाणीत भएको संविधानमा संविधान प्रारम्भ हुने भनी निर्धारण गरिएको मितिमा संविधानसभाले औपचारिक राष्ट्रिय समारोहको आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले सोही समारोहमा प्रस्तुत संविधानको प्रतिमा अनुसूचि–७ बमोजिमको ढाँचामा हस्ताक्षर गरी नेपाली जनता समक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नेछ।
(४) उपनियम (३) बमोजिम घोषणा भएको संविधानको एकप्रति संविधानसभा सचिवालयको अभिलेखमा राखी अर्को एक–एक प्रति राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ ।
अनुसूची ७ मा यस्तो छ –
अनुसूची –७
(नियम ११० को उपनियम (३) सँग सम्बन्धित)
संविधान प्रारम्भ भएको घोषणाको ढाँचा
संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति……………………..मा प्रारम्भ भएको नेपाली जनता समक्ष घोषणा गर्दछु।
राष्ट्रपति, नेपाल
छाप
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्