
- शेयर बजार साप्ताहिकमा प्रकाशित
युनिभर्सल पावर कम्पनी र साहस उर्जा लिमिटेडले गैरकानुनी रुपमा सेयर निष्काशन गरी एक÷एक अर्बभन्दा बढी रकम उठाएर अपचलन गरेकोमा नेपाल धितोपत्र बोर्डले छानवीन शुरु गरेको छ । बोर्डले डेढ बर्षअघि साहस उर्जाले रकम उठाएको बिषयमा छानवीन गरेको भए पनि कुनै कारवाही नगरी डिसमिस पारिएको थियो । सो विषयमा बोर्डका तत्कालिन अध्यक्ष बाबुराम श्रेष्ठमाथि अनियमित रुपमा व्यक्तिगत फाईदा लिएर कारवाही नगरेको आरोप समेत लागेको थियो । तर, यसपटक बोर्डको नेतृत्व परिवर्तन भएको र व्यवस्थापकीय सुधार भएको अवस्थामा युनिभर्सल पावर कम्पनीले गरेको अबैध कार्यमाथि कारवाही हुने अवस्था छ ।
धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले अग्राधिकार सेयर निष्काशनको नाममा जथाभावी रकम उठाइरहेको भन्ने सुनिएकाले त्यसबारे अनुसन्धान प्रक्रिया शुरु गरिसकेको जानकारी दिनुभयो । बिभिन्न निजी क्षेत्रका जलबिद्युत कम्पनीले आफुखुशी बिभिन्न किसिमका सेयर निष्काशन भन्दै रकम संकलन गरिरहेकाले यसबारे एकमुष्ट अनुसन्धान अघि बढाईएको बोर्डले जनाएको छ । यसअघि साहस उर्जाले गरेको काममाथि पनि छानवीन शुरु गरिएको अध्यक्ष डा. कार्कीले जानकारी दिनुभयो ।
साहस उर्जाले आफ्नो सहायक कम्पनीको नाममा लाइसेन्स रहेको सोलुखोला (दुधकोशी) जलबिद्युत परियोजनाको नाममा एक अर्बभन्दा बढी रकम हकप्रद भन्दै उठाएको छ । त्यस्तै सिईडिबी हाइड्रो फण्डले आफ्नो सहायक कम्पनी युनिभर्सल पावर कम्पनीको नाममा खारेखोला जलबिद्युत आयोजना भन्दै धमाधम रकम उठाइरहेको छ । अझ युनिभर्सलले त परिवर्तित अग्राधिकार सेयर भन्दै शुरुमा व्याज रकम दिने र पछी त्यसलाई सेयरमा परिवर्तन गर्ने गरी रकम पठाइरहेको छ ।
यी दुबै कम्पनीले सेयर निष्काशन गरी जनतास“ग रकम उठाउन कुनै पनि सरकारी निकायबाट स्विकृति÷अनुमति लिएका छैनन् । उनीहरुले सेयर भन्दै उठाएको रकम कहा“ लगानी गरेका छन भन्ने पनि अहिलेसम्म जानकारी दिएका छैनन् । अर्बौ रकम सेयरवापत उठाएको र सो रकम बिभिन्न सहकारीमार्फत सञ्चालकहरु आफैले चलाएको बुझिएको छ । केही सञ्चालकहरु सो रकम घरजग्गा तथा सेयरमा लगानी गरी व्यक्तिगत लाभ लिइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।
धितोपत्र बोर्डले साहस उर्जाले उठाएको रकमको बिषयमा २०७१ चैत्रमा पनि अनुसन्धान गरेको थियो । त्यतिबेलाको फाईल तत्कालिन अध्यक्ष श्रेष्ठले लुकाएर राखेको बताइएको छ । अहिले साहस उर्जाभन्दा पनि एक कदम अघि बढेर युनिभर्सल पावर कम्पनीले परिवर्तित अग्राधिकार सेयर निष्काशन गरेको भन्दै करोडौं रकम उठाईसकेको छ ।
पुजी पलायन पनि
चर्चित ठग कम्पनी ‘युनिटी’ले जसरी इन्स्योरेन्स कम्पनी भन्दै स्किम बेचेर रकम उठाएको थियो । त्यसैगरी साहस उर्जा र युनिभर्सल पावर कम्पनीले पनि सेयर बेचेको भन्दै रकम उठाएको छ । नेपालमा मात्र नभई विदेशमा समेत नेपाली कामदारलाई ठगेका उजुरी पर्दा पनि नियामक निकाय भने चुप छ । यसरी सेयर बिक्रीबाट अर्बौ रकम उठाएर आफु अनुकुल केही व्यक्तिले दुरुपयोग गरेकोमा सेयर कारोवारको नियमन गर्ने निकायले अनुसन्धान गरेको भन्दै पत्र काटेर बसेको छ ।
यी दुबै कम्पनीले दक्षिण कोरियामा समेत कामदार नेपालीहरुबाट रकम संकलन गरेका छन् । सो रकम नेपाल नभित्र्याएर विदेशमै लुकाएको समेत थाहा भएको छ । साहस उर्जा लिमिटेडले सोलुखोला हाइड्रोपावरको नाममा करिब ३ करोड रुपैंया दक्षिण कोरियामा काम गर्न गएका नेपालीहरुबाट उठाएका थिए । त्यसपछी उनीहरुले मलेसियामा रकम संकलनका लागि एकजना दलाल नियुक्त गरेर फर्केको बताइएको छ ।
उता युनिभर्सल पावर कम्पनीले पनि मलेसिया र दक्षिण कोरियामा अग्राधिकार सेयर भन्दै रकम संकलन गर्न थालेको छ । नेपालकै बिभिन्न शहरमा रकम संकलन गरेपछी उनीहरु विदेशमा मजदुरी गर्न गएका नेपालीलाई ठग्न थालेका हुन् । साहस उर्जाले त बेलायतको एनआरएनहरुस“ग रकम उठाउने भन्दै नया“ पत्रिका दैनिकमा संलग्न सुशिल थापा लगायतको समुहलाई परिचालित गरेका छन् ।
मलेसिया र दक्षिण कोरियामा सेयर बेचेको भन्दै संकलन गरेको रकम नेपाल भित्रिएको छैन । सो रकम उनीहरुले त्यहि“ लुकाएका छन् भने यताबाट एउटा कागजको खोस्टो (सेयर प्रमाणपत्र) पठाईदिएका छन् । सामान्य कागजको प्रमाणपत्र दिएको भरमा करोडौं रकम संकलन गरेर उनीहरु नेपाल नभित्र्याई पु“जी पलायन गरिरहेका छन् ।
सञ्चालकको मस्ती
साहस उर्जाले आफ्नो परियोजना मानेको सोलुखोला दुधकोशी हाइड्रोपावरको लाइसेन्स हाइड्रो भेन्चर प्रालिस“ग छ । तर, साहसले सो परियोजना आफ्नो भन्दै सबै लगानीकर्तालाई साहस उर्जा लिमिटेडको सेयर बेचिरहेको छ । जबकी साहसस“ग कुनै पनि आयोजनाको लाइसेन्स छैन । यदी सञ्चालकहरुले सेयरधनीलाई थाहै नदिई हाइडो भेन्चर कम्पनी अर्कोलाई बेचिदिए साहस उर्जाको सेयर किनेकाहरुले उजुरी गर्न जाने ठाउ“ पनि कतै हु“दैन । किनभने उनीहरुले साहस उर्जाको सेयर किनेको हो र त्यो कम्पनी त्यत्तिकै हुन्छ । एउटा इन्भेष्टमेन्ट कम्पनीको हैसियतमा रहेको कम्पनीको संस्थापन सेयरमा लगानी गरेर जलबिद्युत आयोजनाको सेयर किनेको भ्रममा ठगिने गरिएको छ ।
उता सिईडिबी हाइड्रोपावरको धन्दा पनि उही हो । सोही कम्पनीमा काम गर्ने कर्मचारीहरुलाई राखेर दर्ता गरिएको युनिभर्सल पावर कम्पनीको अग्राधिकार सेयर भन्दै करोडौं रुपैया उठाईएको छ । तर, सो रकम के प्रयोजनमा भैरहेको छ भन्ने कुनै सेयरधनीलाई थाहा छैन ।
बनेपाका एक सेयर लगानीकर्ताले आफ्नो समुहबाट १ करोडभन्दा बढी रकम युनिभर्सल पावर कम्पनीको सेयरमा लगानी गरे । उनलाई एउटा सामान्य रसिदबाहेक केही दिइएको छैन । सेयर बजार पत्रिकामा समाचार छापिएपछी उनीसहितको समुह आफ्नो लगानीकछो रकम फिर्ता पाउन दौडधुप गरिरहेका छन । तर, उनीहरुलाई बिभिन्न प्रलोभन देखाउ“दै रकम फिर्ता नलिन दवाब दिईएको छ ।
तलब खाने, गाडी चढ्ने
साहस उर्जा कम्पनीमा हालिमुहाली चलाईरहेका सञ्चालकहरु आफुले भने कुनै रकम हालेका छैनन् । परियोजनाको काम कुनै रुपमा अघि बढेको पनि छैन । बरु सेयरको नाममा जनतास“ग उठाइएको रकम उनीहरु व्यक्तिगत व्यापारमा उपयोग गरेका छन् । बसुन्धरामा साउथ वेस्टर्न कलेज चलाउने हिमप्रसाद पाठक साहस उर्जाका कार्यकारी अध्यक्ष छन् । उनी हरेक महिना साढे २ लाख रुपैंया साहस उर्जाबाट तलब बुझ्छन् । उनले सोही रकमबाट कम्पनीको नाममा किनेको २ करोडभन्दा बढी रकम पर्ने गाडी चढिरहेका छन् ।
साहसले मात्र एक अर्ब २० करोड हाराहारी रकम सेयर बेचेर उठाएको अनुमान गरिएको छ । तर, ३ लाखको सेयर निष्काशन गर्दा क्रेडिट रेटिङदेखि अनेक झमेला देखाउने धितोपत्र बोर्डले यी कम्पनीलाई कानुनी दायरामा तानेको छैन । अझ अग्राधिकार सेयर निष्काशनको प्रक्रिया त कानुनी रुपमा नै फरक भए पनि कानुनी प्रक्रिया पुरा गरेको छैन । युनिभर्सल पावर कम्पनीको नाममा उठाएको रकम सिईडिबी हाइड्रो फण्डले अन्य काममा उपयोग गरिरहेको छ । बुटवल पावर कम्पनीमा डिजिएम रहेका बिनय भण्डारीले आफु सिईओ बनेर केही सञ्चालकहरुलाई आफु अनुकुल चलाईरहेका छन् ।
सञ्चालकहर सापटी भन्दै बिना ब्याज रकम लिएर सेयर तथा घरजग्गामा लगानी गर्ने तथा सहकारीमार्फत चर्को व्याजमा ऋण दिईरहेका छन् । सेयर वापत भनेर उठाइएको रकमको कुनै व्याज तिर्नु पर्दैन । साहसले मात्र एक अर्ब २० करोड उठाएको अनुमान छ । सामान्य हिसावमा पनि ५ प्रतिशत ब्याजले मात्रै साढे ५ करोड हाराहारी रकम व्याज आउ“छ । सो रकममात्रै पचाउने हो भने पनि सञ्चालकहरुले करोडौं खाईसकेका छन् ।
नियामक नहुँदा मनपरी
नेपालमा जलविद्युत क्षेत्रको नियमन गर्ने शक्तिशाली र स्वतन्त्र नियमक निकाय नहु“दा ठगिका घट्ना बढीरहेका छन् । लामो समयदेखि जलबिद्युत क्षेत्रको नियमनसम्बन्धी निकाय स्थापना हुनुपर्ने माग भैरहे पनि सरकारले चासो देखाएको छैन । अधिवक्ता ज्योती दहाल भन्छन, ‘उदार अर्थतन्त्र भनेको सबै कुरा बजारलाई छोड्ने भन्ने हैन राज्यले सबै आफै नगरेर निजी लगानी गर्न लगाई आफुले नियमन गर्ने हो । तर, यहा“ ‘डामेर छाडेको सा“ढे’ जस्तो अराजक उदारवाद हावी भएको छ ।’
ठगि नै हो : प्रा.डा. दहाल
अर्थशास्त्री डा मदन दहालको बिचारमा हाइडोपावरमा लगानी गर्नुपर्छ भन्ने भावना धेरै जनतामा भए पनि केही माफीया, कर्मचारीतन्त्र र दलीय नेताहरुका कारण नेपालमा सधै यस्तै अवस्था रहन्छ । उनका अनुसार नेपालमा किन कुनै पनि आयोजना समयमा पुरा हु“दैन र संसारकै महंगो बिजुली हामी बालिरहेका छौं भन्ने कुराको अनुसन्धानहुनु जरुरी छ । अन्तराष्टिय कमिशन एजेन्टहरुकमो सिकोमा केही डेभलपरहरुले लाइसेन्सकै आधारमा फर्जी कागजातमा करोडौं, अबौं रुपैंया चलाईरहेका छन् । डा. दहाल भलगानन्छन, ‘लगानीकर्ताहरुले कुनै नया“ जलबिद्युत कम्पनीमा लगानी गर्नुअघि गम्भीर भएर डेभलपर्स कम्पनी, व्यक्तिहरु र परियोजनाको अवस्थाको बारेमा बिस्तृत सुचना लिनुपर्छ । जसले जे भन्यो पत्याएर लगानी गर्नुहुन्न । नत्र तपाईले जीवनभरी त्यो लगानी फिर्ता आउने संभावना रहन्न ।’
ठग्ने ठाउँ धेरै
जलविद्युत कम्पनी बैंक जस्तो हैन यो साल नाफा नकमाए अर्को साल कमाउ“छ, भन्नलाई । किनकी यसको व्यापार स्थिर हुन्छ, शुरुमा जति उत्पादन हुन्छ अन्त्यसम्म एकै हुन्छ । विद्युत खरिदबिक्री दरमा ९ पटक सम्म हुने बृद्धी मात्रै आम्दानी बढ्ने एउटा आधार हो । यो अधिक पनि हुन्न । अर्को आयोजना बनाउ“छ भन्ने कुरा पनि त्यति सान्दर्भिक हुन्न । लगानी गर्नुको अर्थ लाभ लिनु हो, लाभ सेयर बेचेर मात्रै हुनसक्दैन । कम्पनीले व्यापार गरेर कमाउने नाफा र वितरण्ँ गर्ने लाभा“श पनि मुख्य हो ।
अहिले जलविद्युत कम्पनी खोल्ने, धेरैलाई सेयर हाल्न लगाउने अनि आफु सञ्चालक बसेर परियोजना निर्माण गर्दा नै करोडौ खाने प्रवृत्ति छ । कमिशन र मुल्य बढाएर आफुले हालेको रकम खाईसकेपछी सन्चालकहरुलाई परियोजना डुबे पनि केही घाटा हुन्न । अहिले बिद्युत परियोजनामा लागत अत्यधिक बढाउने कार्य भएको छ जबकि यन्त्र उपकरण्ँको भाउ भने घट्दो छ । यस्तो बेलामा पनि लागत बढी देखाउनुको अर्थ हो तपाईस“ग पैसा लिएर मूल संस्थापक बिना लगानी मालिक बन्दैछन ।
कानुनमा के छ ?
धितोपत्र बोर्डको अनुमति बिना सेयरको सार्वजनिक निष्काशन गर्न पाइ“दैन । त्यसका लागि पनि लामो प्रक्रिया छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा २९ मा ‘संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री बितरण गर्ने भएका त्यस्तो धितोपत्र बिक्री बिवरणको निमित्त सार्वजनिक गर्नुपर्ने’ व्यवस्था छ । सेयर आवेदन लि“दा अनुमतिप्राप्त धितोपत्र व्यवशायीमार्फत गराउनुपर्ने कानुनी व्यवस्था छ । साहस उर्जाले कान्तिपुर, नागरिक, कारोवार र अभियान दैनिकमा पहिलो पेजमा नै सुचना निकालेर सेयर आव्हान गरेको थियो । उता युनिभर्स पावरले भने बिभिन्न सहरमा कार्यक्रम गर्दै आफैले आव्हानपत्र बा“डेको थियो । यो नै गैरकानुनी कार्य हो ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार सेयर निष्काशन गर्नका लागि कुनै पनि जलबिद्युत कम्पनीले निम्न प्रक्रिया पुरा गरेको हुनुपर्छ ।
(क) कम्पनीले आफ्नो उद्देश्य अनुसारको कारोबार संचालन गर्नका लागि आवश्यक कार्यहरु अगाडि बढाई एक बर्षको अवधि पूरा गरिसकेको ।
(ख) नियमानुसार लेखापरीक्षण तथा साधारण् सभा सम्पन्न गरेको ।
(ग) प्रचलित कानून बमोजिम संगठित संस्थाले गर्ने मूख्य कार्य गर्नको लागि कुनै निकायबाट इजाजत, अनुमति वा स्वीकृति लिनुपर्ने भएमा त्यस्तो इजाजत, अनुमति वा स्वीकृति लिइसकेको ।
(घ) संगठित संस्थाको लागि आवश्यक पर्ने जग्गा खरीद वा अन्य प्रकारले व्यवस्था गरी कारखाना भवन, कार्यालय भवन, गोदामघर तथा अन्य आवश्यक सुविधाहरु निर्माण्ँ कार्य शुरु गरिसकेको ।
(ङ) उत्पादनको प्रविधि छनौट गरी उद्योगको लागि आवश्यक पर्ने यान्त्रिक उपकरण्ँ तथा त्यसका पार्टपूर्जा आदि खरीद गर्नुपर्ने भएमा खरीद प्रकृया अगाडी बढाएको ।