
काठमाडौँ – निकै नाम चलेको तर पछिल्लो समय ‘झुर सेवा’ का कारण बदनाम बन्दै गएको प्रभु बैंकको एक पछी अर्को झुर सेवाका नमुनाहरु बाहिरिएका छन् । यस अघि पनि हामीले प्रभु बैंकको ‘झुर’ सेवाको नमुना नम्बर १ : चाहिएको बेला चल्दैन एटिएम, ग्राहकलाइ सास्ती ! र प्रभु बैंकको ‘झुर’ सेवाको नमुना नम्बर २ : यस्तापनि कर्मचारी छन् प्रभुमा शीर्षकको प्रकाशित गरेका थियौं । समाचारमा आवश्यक परेको बेला प्रभुको एटिएमनै नचल्ने, अधिकांस समय एटिएममा समस्या आउने र कर्मचारीलाई धेरै कुरा थाहा नभएको बारे तथ्य प्रस्तुत गरेका थियौं । प्रभु बैंकको अर्को ‘झुर’ पक्ष बाहिरिएको छ । काम नै गर्न नजान्ने कर्मचारीलाई बैंकमा राखेर सेवाग्राहीलाई सास्ती दिइने गरेको छ । सामान्यतया: बिबिए पढिरहेकाहरुलाई बैंकमा इन्ट्रन राख्ने गरिन्छ । तर उनीहरुलाई काम सिकाएर काममा राख्नु पर्ने हो । कतिपय बैंकहरुमा सिकाएर मात्र ती इन्ट्रनहरुलाई काममा लगाउने चलन छ । यस्तो त इन्ट्रन भनेकै काम, सिक्न हो । तर सेवाग्राहीलाई नै मर्कामा पारेर केहि काम गर्न नजान्नेहरुलाई रिसेप्सनमा राखेर बैंक जनताको मनबाट टाढा भइरहेको छ ।
यता सेवाग्राही हरु भने इन्ट्रनको काम देखि वाक्क नै हुने गरेका छन् । प्रभु बैंक तीनकुनेमा काम विशेषले पुगेका एक ग्राहक भन्छन्, ‘हामीलाई इन्ट्रन होस् कि अरु होस्, काम हुनुपर्यो । जहिले पनि काम बिगार्छन् यहाँका कर्मचारीहरु ।