×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात व्यवस्था विभागको अनुगमन ‘नौटंकी’ मात्रै, रोकिएन बससेवा डटकमको जनता लुट्ने धन्दा ! मोटो रकमको चलखेलको चर्चा

PRIME CA

यातायात व्यवस्था विभागको अनुगमन ‘नौटंकी’ मात्रै, रोकिएन बससेवा डटकमको जनता लुट्ने धन्दा ! मोटो रकमको चलखेलको चर्चा

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: < ३ मिनेट


  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम  

काठमाडौँ  – बससेवा डटकम नामक अनलाइन सञ्चालन गरेर यातायात व्यवस्था विभागले तोकेकोभन्दा बढी रकम असुली गरेर जनता ठगीरहेको दियालो टेक्नोलोजिजको धन्दाबारे समाचार सार्वजनिक भएपनि उक्त अनलाइनले आफ्नो लुटधन्दालाइ रोकेको छैन भने यातायात व्यवस्था विभागपनि यसबारे मौन बसेपछि विभागकै मिलेमतोमा यस्तो काम त भइरहेको छैन भन्ने आशंका पनि उब्जिन थालेको छ ।
यसअघि अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै यातायात व्यवस्था विभागका सुचना अधिकृत बसन्त अधिकारीले विभागले तोकेकोभन्दा बढी शुल्क उठाउनेलाई कारवाही हुने बताएका थिए । तर विभिन्न यातायात समितिले जारी गरेको भाडादरको हवाला दिंदै बससेवा डटकम नामक अनलाइनले जनता लुट्ने काम गरिरहेको छ ।

यसो त पहिलोपटक समाचार सार्वजनिक भएपछीनै बससेवा डटकम बन्द हुने चर्चा समेत चलेको थियो । तर विभागकै उच्च अधिकारी र बससेवा डटकमका संचालकबीच चलाखेक भएकै कारण अहिले दशैंको समयमा पनि बससेवा डटकमको लूटधन्दा नरोकिएको स्रोतको दावी छ । जनता लुटीरहेको भन्दै बससेवा डटकमविरुद्ध अख्तियारमा उजुरी परेपछि यातायात व्यवस्था विभागमै हङ्गामा भएको समाचार समेत सार्वजनिक भएको थियो । 

यसरी भइरहेको छ खुलेआम लुट 
विशेषगरी दशैंको मुखमा जनता नठगीउन् भनेर यातायात व्यवस्था विभागले काठमाडौँबाट विभिन्न स्थानमा जानका लागि भाडादर निर्धारण गरेको छ । उदाहरणका लागि काठमाडौँबाट पोखरा जानका लागि विभागले ३८९ रुपैयाँ निर्धारण गरेको छ । तर बससेवा डटकमको अनलाइनमा यो भाडादर हेर्ने हो भने उसले काठमाडौँबाट पोखरा जान ८५० रुपैयाँ निर्धारण गरेको छ । यातायात व्यवस्था विभागका सुचना अधिकृत बसन्त अधिकारीले दिएको जानकारी अनुसार डिलक्स गाडी भएको खण्डमा २०% सम्म भाडा बढी लिन पाइन्छ । तर बससेवा डटकम नामक अनलाइनले अनलाइन टिकेटिङका नामामा जनतासँग अत्याधिक भाडा उठाएर अपराध गरिरहेको छ ।   
   
के भन्छ बस सेवा डटकम ?
बससेवा डटकमले गरिरहेको कालो धन्दाबारे अर्थ सरोकार डटकमले समाचार सार्वजनिक गरेपछि उक्त अनलाइनका कर्मचारी यसबारे बोल्ने छोडेका छन् । कहिले ‘म त अस्ती भर्खर आएको कर्मचारी हो’ कहिले ‘सीइओ सर बाहिर हुनुहुन्छ’ जस्ता बहाना बनाएर अनलाइनका कर्मचारीहरु यस बिषयमा प्रतिक्रिया दिन मानीरहेका छैनन् भने उक्त अनलाइन संचालन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत सम्पर्कमा आएका छैनन् ।
यसअघि पनि बससेवा डटकममा फोन गरी बढी भाडा किन लिएको भनेर जानकारी लिएका थियौं । उक्त अनलाइन संचालन गर्ने दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत बाहिर गएको भन्दै अनलाइनका कर्मचारी कपिल अर्यालले  आफ्नो सेवाबाट ग्राहक सन्तुष्ट रहेको दावी गर्दै यातायात व्यवस्था विभाग भन्दापनि विभिन्न यातायात व्यवसायी संघहरुको सहकार्यमा आफुहरुले टिकेट बेच्ने गरेको र आफ्नो टिकेट महँगो नभएको दावी गरेका थिए । ‘हाम्रो सेवाबाट कोहि पनि ग्राहक असन्तुष्ट छैनन् ।  हामीले यातायात व्यवस्था विभाग नभई विभिन्न यातायात व्यवसायी संघहरुसंगको सहकार्यमा काम गरीरहेका छौं ।’ अर्यालले भनेका थिए । 
यसबारे पटक पटक अर्थ सरोकार डटकमले समाचार सार्वजनिक गरेपछि अनलाइन संचालक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आफ्नो बिज्ञापन राखेका र उनको समेत लगानी भएको चर्चा गरिएका केहि अनलाइनहरुमा अन्तर्वार्ता छपाएर आफ्नो बचाउको प्रयास गरेका थिए । 
के भन्छ यातायात व्यवस्था विभाग ?
यस अघि पनि यातायात व्यवस्था विभागका सुचना अधिकृत बसन्त अधिकारीले यातायात ब्यबस्था विभागले तोकेको भन्दा १ रुपैयाँ पनि बढी भाडा उठाउन नपाउने बताएका थिए । ‘ यातायात व्यवस्था विभागले तोकेको भाडामा हामीसँग डिलक्स गाडी चलाउएन् स्वीकृति लिएकाहरुले २० % सम्म बढी भाडा उठाउन पाउँछन् ।
त्यहाँभन्दा बढी वा साबिकका गाडीहरुले विभागले तोकेको भन्दा बढी एक रुपैयाँपनि उठाउन पाउँदैनन् ।’ उनका अनुसार गाडीमा खुवाइने खाजा, वा पानीको पैसा जोडेर भाडा भन्दै टिकेटमा जोड्न समेत पाईदैन । ‘टिकेटमा साबिकको गाडीमा विभागले तोकेको भाडादर र अन्य साबिकका गाडीको हकमा उक्त दरभन्दा एक रुपैयाँ पनि बढी लिन पाईदैन ।’ त्यसपछि हामीले उनलाई बससेवा डटकमले बढी भाडा असुली टिकेट बेचीरहेको बारे सोध्दा उनी भन्छन्, ‘यसो गर्न कदापी पाईदैन । 
कुनै पनि यातायात व्यवसायी संघ, कुनै समित वा कुनै समुहले पनि विभागले तोकेको भन्दा बढी मूल्य लिन नपाउने बताउँदै बस सेवा डटकमको अनुगमन गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाउने उनको भनाइ थियो । अर्थ सरोकार डटकमसँग कुराकानी गदै उनले भनेका थिए, ‘विभागलेनै अनुगमन गर्नु पर्ने हो ।  तर विभाग देशका सबै ठाउँमा पुग्न सक्दैन । बससेवा डटकमले यस्तो गरीरहेको बारे हामीलाई थाहा थिएन । तपाईंले थाहा दिनुभयो, अव अनुगमन गरी कार्वाही गर्छौं ।       
विभागकै मिलेमतो र मोटो रकमको चलखेलको चर्चा !
स्रोतले दिएको जानकारी अनुसार बससेवा डटकम नामक अनलाइन संचालन गर्ने दियालो टेक्नोलोजिज र यातायात व्यवस्था विभागको सेटिङमै यस्तो गैरकानुनी धन्दा भइरहेको छ । यसअगाडी पनि यातायात व्यवस्था विभागमा बससेवा डटकमलाइ कारवाही गर्ने वा नगर्ने भन्ने विषयले चर्चा पाएको खबर सार्वजनिक भएको थियो भने बससेवा डटकम नामक अनलाइनले गरीरहेको गैरकानुनी धन्दा बारे समाचार प्रकाशनपछी लगातार रुपमा यातायात व्यवस्था विभागका जिम्मेवार व्यक्तिका फोन नउठ्नुले विभागकै मिलेमतोमा यस्तो गैरकानुनी धन्दा चलिरहेको चर्चालाई थप प्रसय दिएको छ ।   
यसबारे बससेवा डटकम संचालन गर्ने कम्पनी दियालो टेक्नोलोजिज विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसकेको छ । यद्यपी स्रोतले दिएको जानकारी अनुसार राजनीतिक आडमा जे गरेपनि हुन्छ शैलीमा केहि मिडियामा समेत लगानी गरेका दियालोका सीइओ यतिबेला सबैतिर सेटिङ मिलाउंदैमा व्यस्त छन् ।




यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: