
- अर्थ सरोकार सम्बाददाता
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने विभिन्न परिक्षामा नक्कली परीक्षार्थी भई अरुको परिक्षा दिने गिरोहनै काठमाडौँमा संग्लग्न रहेको पाइएको छ । यद्यपी केन्द्राध्यक्षकै मिलेमतोमा यस्तो गैरकानुनी काम हुने र यसको कमिसन विश्वविद्यालयका कर्मचारीसम्म जाने हुनाले यसको रोकथाम नभएको आरोप लाग्दै आएको छ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परिक्षामा नक्कली परीक्षार्थी भएर अरुको परिक्षा दिएको उजुरी अख्तियारसम्म पुगेपछि यस्तो खुलासा भएको हो ।
आरआरकि विद्यार्थी विरुद्ध अख्तियारमा उजुरी
विश्वविद्यालयले सञ्चालन गरेको शिक्षा संकायको परिक्षामा खेताला बनेर अरुको नक्कली परिक्षा दिएको प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न शंकायका परिक्षामा खेताला बनेर अरुको नक्कली परिक्षा दिएको प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
रत्नराज्य क्याम्पसमा एमए दोश्रो बर्ष अध्ययन गरिरहेकी र नेपाल ल क्याम्पसमा एलएलबी दोश्रो बर्ष अध्ययन गरिरहेकी विद्यार्थी दिक्षा कट्टेलविरुद्ध अख्तियारमा नक्कली परिक्षा दिएको प्रमाण सहित उजुरी परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नम्बर ११९६४ मा परेको उजुरीमा केन्द्राध्यक्षको मिलेमतोमा गत असारमा सञ्चालित परिक्षामा अरुको नक्कली परिक्षार्थी भएर गैरकानुनी काम गरेको उल्लेख गरिएको बुझिएको छ ।
त्रिभुवन विश्वविद्यालयले गत असारमा संचालन भएको स्नातक दोश्रो बर्षको परिक्षा अन्तर्गत मिति २०७३ असार २८ गते मंगलबार हिमालय कलेज कोटेश्वरमा संचालित परिक्षामा अरुको प्रवेशपत्रमा आफ्नो तस्विर टाँसी शिक्षा संकाय अन्तर्गतको ’पोलिटिकल साइन्स एडुकेसन गभरमेन्ट एण्ड पोलिटिक्स अफ नेपाल’ विषयको परिक्षा दिएको र उक्त परिक्षामा केन्द्राध्यक्षको समेत मिलेमतो रहेको भन्दै उनी र केन्द्राध्यक्षलाई कार्वाही गरी पाउँ भनी उजुरी परेको बुझिएको छ ।
आरआर क्याम्पसमै अध्ययन गरेका पुष्प खड्का नामका विद्यार्थीले दलाली गरेको फेसबुक च्याट, अघिल्ला परिक्षाहरुमा पनि विभिन्न व्यक्तिको परिक्षा दिएको र सो परिक्षाहरुमा अनुतीर्ण भएपछी पैसा फिर्ता माग गर्दा परेको झगडाको ’स्क्रिनशट’ सहितको उजुरी परेको बुझिएको छ ।
यसअघि सीआईबीमा समेत उनीविरुद्ध मौखिक उजुरी परेपनि त्रिभुवन विश्वविद्यालय आफैंमा स्वायत्त निकाय भएकोले आफुहरुले कोहि व्यक्ति विशेषले गरेको यस्तो कार्यमा हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने स्पष्ट कानुन नभएकाले तत्काल सो मुद्धामा अगाडी बढ्न नसक्ने बताएपछि उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । उक्त उजुरी सम्पत्ति सुद्धिकरण आयोगमा समेत पठाइएको स्रोतको भनाइ छ ।
इलाम घर भएकी कट्टेल केहि समय यता काठमाडौँ, नयाँ बानेश्वरमा डेरा गरी बस्ने गरेको, र विभिन्न समूहहरुसँग विषय अनुसारको पैसा लिएर परिक्षा दिने गरेकाले निजमाथि अनुसन्धान गरी कार्वाही प्रक्रिया अगाडी बढाउनु भनी उक्त उजुरी परेको बुझिएको छ । गत असारमा अरुको परिक्षा दिए वापत बाह्र हजार रुपैयाँ लिएको र अघिल्लो परिक्षामा फेल भएका विद्यार्थीको पुन: परिक्षा दिने वा पैसा फिर्ता दिने भन्ने विषयमा पुष्प खड्कासँगको फेसबुक च्याट सहित उजुरी परेको बुझिएको छ ।
प्रति परिक्षा १० हजारदेखि ५० हजार सम्मको ‘डिल’
यसरी अरुको परिक्षा दिएर काठमाडौँमा जिविको चलाउनेहरुको संख्या ठुलै रहेको स्रोतको दावी छ । स्रोतका अनुसार यसरी अरुको परिक्षा दिंदा १० हजारदेखि ५० हजारसम्मको ’डिल’ हुने गरेको छ । ’व्यवस्थापन संकाय अन्तर्गत बिबिएस र एमबिएसको रेट महँगो छ भने एलएलबी, बिए र बीएडको रेट केहि सस्तो छ ।’ स्रोत अगाडी भन्छ, ’बिबिएसको परिक्षा दिनेले एकाउन्ट्स. फाइनान्स, जस्ता विषयको परिक्षा दिंदा प्रति परिक्षा ३० हजारदेखि ५० हजारसम्म लिने गरेका छन् । यता बिएतर्फको परिक्षा दिँदा भने प्रति परिक्षा १० हजारदेखि २० हजारसम्मको ’डिल’ हुने गरेको छ ।
क्याम्पसकै विद्यार्थीले गर्छन् दलाली
’देख्दा सोझो देखिनेहरुलाई यसरी परिक्षामा प्रयोग गरिन्छ । उनीहरुपनि पहिलो पटक डराएपनि केहि नभएपछि दोश्रो पटकदेखि निस्फिक्री यस्तो धन्दा गर्ने गरेका छन् ।’ स्रोत अगाडी भन्छ, ’आरआरमा पढ्ने एक सोझी विद्यार्थीले अर्को संकायको परिक्षा दिन थालेको ३ वर्षजति भयो होला । उनलाई अझैपनि कुनै पनि निकायले छुन सकेको छैन । झट्ट हेर्दा उनले अरुको परिक्षा दिन्छिन् भन्ने पत्याउननै गाह्रो छ ।’
टियुसम्म ’सेटिङ’
’नक्कली परिक्षा दिन एकदमै सजिलो छ । केटाको परिक्षा भए केटा नै नक्कली परीक्षार्थी छानिन्छ भने केटिको परिक्षा भए केटि नै नक्कली परीक्षार्थी छानिने गरेको छ ।’ स्रोत अगाडी भन्छ, ’ फोटोमा मिलाएर होलोग्राम उक्काउने र त्यसमा आफ्नो फोटो टाँसेर परिक्षा हलमा बस्ने । त्यसो भएपछि कसैले पनि केहि गर्न सक्दैन । खुरुखुरु परिक्षा दिने, बाहिर आउने । पैसा पहिला नै लिइसकेको हुन्छ ।’ यसरी आफ्नो फोटो राख्न, होलोग्राम उक्काउन लगायतका किर्ते काम गर्न अरुको परिक्षा दिइरहेकाहरुलाई गाह्रो छैन । ’ यता यस्तो परिक्षा ददाली गर्नेहरुले भने यस्तो काम धेरै अघिदेखि हुने गरेको बताएका छन् । ’एक दालालले आफ्नो नाम नबताउने सर्तमा भने, ’फसेपनि परिक्षा दिने र दिलाउने फस्ने हो । हामीलाई कुनै मतलव हुन्न, बस् कमिसन लियो, काम गर्यो । यसमा हाम्रो टियुसम्म ’सेटिङ’ हुन्छ ।
त्रिभुवन विश्वविद्यालयका कर्मचारीसम्म पुग्छ कमिसन
यता त्रिभुवन विश्वविद्यालयका केहि कर्मचारीले समेत यस्ता दलालहरुबाट कमिसन लिने गरेको आरोप केहि विद्यार्थीको छ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने विभिन्न परिक्षामा नक्कली परीक्षार्थी सामेल भएको र त्यसमा केन्द्राध्यक्षकै मिलेमतो हुने गरेको उजुरी विश्वविद्यालयमा दिन जाँदा, त्यहाँका कर्मचारी राम कार्कीले उजुरी दर्ता नगरी उल्टै थर्काएर पठाएको एक विद्यार्थीको गुनासो छ । ’म नक्कली परिक्षा दिएका केहिको प्रमाण सहित विश्वविद्यालय पुगेको थिएँ । तर मेरो उजुरी लिन मानिएन । परिक्षा नियन्त्रक केशवराज बास्तोलाले प्रक्रिया पुर्याएर उजुरी गरे कार्वाही गरिने बताएपनि राम कार्की नामका कर्मचारीले नक्कली परिक्षा सम्बन्धी उजुरी नलिने भन्दै थर्काएका थिए । उनै राम कार्की समेतको मिलेमतो भएको भन्दै अख्तियारमा उजुरी परेको उनको दावी छ ।
के भन्छन् टीयुका परिक्षा नियन्त्रक ?
यस विषयमा हामीले त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रक केशव राज बास्तोलालाई सोधेका थियौं । ’हामीले विश्वास गर्ने भनेको केन्द्राध्यक्षलाई हो । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने कुनैपनि परिक्षामा नक्कली परिक्षार्थी भेटिए तुरुन्त त्यसको जानकारी विश्वविद्यालयमा दिनुपर्ने नियम छ । तर केन्द्राध्यक्षकै मिलेमतो भने अचम्मको कुरा सुनिएको छ । यस विषयमापनि अनुसन्धान गर्न सकिन्छ । देशमा नियमनकारी निकाय छ ।’ उनले भने ।
यो पनि पढ्नुहोस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्