×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैकिङ तरलताको कुरा: संस्थागत सुशासनमा छुरा (रोहित शर्माको ब्लग)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ पुष २०७३, बिहीबार

PRIME CA
laxmi sunrise bank

बैकिङ तरलताको कुरा: संस्थागत सुशासनमा छुरा (रोहित शर्माको ब्लग)

  • रोहित शर्मा 

बैकिङ क्षेत्रमा तरलताको समस्या देखिएकोले केहि दिन अघी  सो समस्या सम्बोधन गरिदिन भन्दै बैंकरहरु गभर्नर कहाँ गए । समस्या सम्बोधन गर्न भनेर नेपाल रास्ट्र बैकले गत बिहिबार र सोमबार क्रमश २० अर्ब र १० अर्ब गरी कुल ३० अर्बको Repo जारी गर्यो तर सो रकम मध्य ५ अर्ब ३९ करोडको लागी मात्र सिमित बैक तथा बित्तिय संस्थाले प्रस्ताब गरे । पेटको रोगिलाई  नेपाल रास्ट्र बैकले रुगाको औषधी दिएको आरोप बैकरको रहेको छ । मतलब १४ दिने छोटो अबधिको रकमले अहिलेको आबश्यकता तथा समस्या सम्बोधन गर्न नसक्ने भन्दै बैकरले अल्पकालिन रकम नचाहिएको भन्ने सन्देश दिए ।

फेरी रास्ट्र बैक भन्छ प्रशस्त पैसा छ बैकर भन्छन पैसा छैन्, निकै रोचक घटना घट्दै छन नेपालको बैकिङ क्षेत्रमा । यस्तो सम्बेदनशिल क्षेत्रमा यस्ता गम्भिर र आशचर्यमा पार्ने खालका घटनाहरु घट्नुलाई राम्रो सन्केत मान्न सकिदैन । यसले केहि सिमित ब्यक्ती वा समुहको लागी बैकिङ क्षेत्रमाथी खेलवाड त गरियको छैन भनेर शका उत्पन्न गरिदिएको छ । बैकिङ क्षेत्र एकातिर नियामकको नियण्त्रण बाहिर जान सक्ने तथा बैक सन्चालक आत्मकेन्द्रीत हुँदै जाने प्रबिती हाबी हुन सक्ने खतरा बढेको छ । चाहे बैकरबाट होस या नियामक संस्था कमजोरी चाही भएकै छ । यस्तो प्रबृती मौलाउदै जादा संस्थागत तथा बित्तिय सुशासनमा समस्या अझै बड्न सक्ने तथा दन्डहिनता मौलाउदै जाने खतरा छ ।
अर्थतन्त्रलाई चलायमान बनाउन बैकिङ प्रणालिमा प्रशस्त पैसा हुनु जरुरी छ । बैकिङ क्षेत्रमा समस्या देखिदा सम्पुर्ण अर्थतत्रमा असर पर्ने हुँदा रास्ट्र बैकले यस तर्फ बिशेष ध्यान दिनु जरुरी छ । यसको लागी सर्बप्रथम  बजारमा देखिएको भनिएको तरलताको अभाबबारे छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनु पर्यो । कही कतै बाट कमजोरी भएको भए सुधारको लागी निर्देशन तथा बैक तथा बित्तिय संस्था सम्बन्धी एन कानुनले दिएको अधिकतम अधिकार प्रयोग गरी कडा कार्बाही गर्नु जरुरी देखिन्छ । दोश्रो केहि बर्ष पहिले निर्धारण गरिएको कर्जा निक्षेप अनुपात CCD Ratio जुन अहिले ८० प्रतिशत रहेको छ त्यसलाई पुनर्मुल्यान्कन गर्दै ८५ प्रतिशत बनाउनु पर्ने हो कि ? यस तर्फ नियामक संस्थाको ध्यान जाओस । 
अन्तमा, देशको अर्थतन्त्र चलायमान तथा सुधार हुन बैकिङ क्षेत्रमा संस्थागत सुशासन्, बित्तिय अनुशासन तथा पर्याप्त तरलता हुनु जरुरी छ । त्यसको लागी नेपाल रास्ट्र बैकले दर्शकको होइन अभिभाबकको भूमिका निभाउनु जरुरी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: