
- नवराज घिमिरे, लगानीकर्ता / सेयर बजार विश्लेषक
नेपाली सेयर बजारले राजनीतिसँग प्रत्यक्ष सरोकार राख्ने कुरा राजनीतिक परिघटनासँगै सेयर बजारमा आएका उथलपुथललेपनि पुष्टी गर्ने गरेको छ । हिजो अर्थात २०७४ साल जेठ १० गते पनि त्यस्तै भयो । झण्डै दिउसो १:३० वजे सम्म दोहोरो अंकले घटेको वजार एकाएक प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले राजिनामा दिदैछन भन्ने हल्ला बजारमा फैलियो । त्यसपछी बजारले सकरात्मक मोड लिन सुरु गर्यो । र, अन्तमा बजार वन्द हुदा नेप्से इन्डेक्स ३.०७ ले वढेर वन्द भयो । कारोवार रकम पनि छोटो समयमा उल्लेख्य वृद्दी भै झण्डै साढे ६९ करोड पुग्यो । यसलाई हामी लगानीकर्ताले सकरात्मक रुपमा लिनुपर्छ ।
अहिले सेयर किन्दा घट्ने सम्भावना २५% हुन्छ भने बढ्ने सम्भावना ७५% हुन्छ । त्यसैले यदी घटीहाल्यो भनेपनि आत्तिईहाल्नु भने हुदैन । जहिलेपनि सेयर किन्दा ध्यान दिनुपर्ने कुरा के हो भने आफुसंग भएको सबै पैसा एकैपटक लगानी गर्नुहुदैन । किनकी वजारले सेयर किन्ने अवसर हरु जुराईरहेको हुन्छ ।
बरु, सेयरबजार तल गयो भने खुशी हुनुपर्छ । किनभने घटेको मूल्यमा अरु सेयर खरिद गर्न सकिन्छ । यदी सेयर वजार घटिनै हाल्यो भनेपनि रुवावासी गरिहाल्नुपर्ने हुदैन । जसरी दिनपछी रात , हिउँदपछी वर्षा, उकालीपछी ओराली , आउंछ त्यसरीनै सेयर वजार घटेपछी बढ्छ नै ! यसमा कुनै शंकानै छैन । हामी २०६५ तिर फर्केर हेरेउ भने पनि यो कुराको पुष्टी हुन्छ । जस्तोकी २०६५ भाद्रमा ११७५ को विन्दुमा पुगेको नेप्से इन्डेक्स २०६८ असारमा २९२ मा आयो । तत् पश्चात पून: वढन थालेको नेप्से इन्डेक्स २०७१ सालको भदौमा १२०० को विन्दुमा पग्यो ।
त्यसैले त सेयर बजारमा भनिने एउटा टुक्का छ ‘भागाभाग गर्नेहरु की किचिएर मर्छन, कि नदीमा हामफाल्छन, अनि वाढीले वगाउंछ’ । सेयर वजार कहिले वढछ कहिले घटछ यस्लाई लगानीकर्ताले मनन् गर्नुपर्ने हुन्छ । धेरै वढी सकेपछी घट्नुपनि जरुरी हुन्छ । तर वजार घट्दै जाँदा एक थरी लगानीकर्ता आम लगानीकर्तालाई अत्याउने गरी थप घटन मद्दत गर्ने कृयाकलाप गर्ने वा अभिव्यक्ती दिने गर्छन । घटदो वजारमा अझ धेरै वजार घटाउन विभिन्न तत्वहरुले भुमिका खेलि रहेका हुन्छन् ।
जसले राम्रो कम्पनीको सेयरमा लगानी गर्छ र राम्ररी समातेर बस्छ , दिर्घकालमा उसलेनै सेयरवाट पैसा वनाउने हो । अहिले लगानी गरेको रकम कम्तिमा एक वर्ष थाम्ने क्षमता तपाँईमा हुन पर्छ । यदी त्यो क्षमता तपाँईमा छैन भने वरु सेयर बजारमा प्रवेश नै नगर्नु वेस होला । आज लगानी गरेर भोलि नै दोव्वर फाईदा लिन्छु भनेर वजार प्रवेश गर्नु भएको हो भने तपाँईले व्यपक घाटा व्यहोर्नु पर्ने हुन सक्छ । क्षेण भरमा आधा सम्पती स्वाहा भइरहेको पनि देख्न सकिन्छ ।
राजनैतिक विग्रेला , अर्थतन्त्र खस्केला , ब्याजदर वढला , संस्थापक सेयरहरु साधारण बनेर आउलान , हकप्रद र एफ पि ओ को वाढी नै आउला ,अनेक हल्लाहरु वजारमा आईनै रहन्छन , यी सवैको वावजुद यदि तपाँईले दिर्घकालको लागी लगानी गरेको हो भने तपाँईका अगाडी व्यपक सम्भावना हरु छन । त्यसैले त भन्ने गरिन्छ प्रतिकुलताको विच अनुकुलता खोज्ने र अँध्यारो वादलकोबीच चाँदीको घेरा देख्ने लगानीकर्ताले सेयर बजारबाट कहिल्यै आत्तिनु पर्दैन ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
- ‘स्याल हुइयाँमा लागी, फाली हाल्न’ हुन्न है ! सेयर बजारमा ‘बढ्न नसकेपनि अडिन सिकौं’
- लगानीकर्ताले बुझ्नैपर्ने नेपाली पूँजीवजारको रोचक पक्ष ‘ वालुवा निचोरेर तेल आउँदैन ‘
- सेयर लगानीकर्ताले यी कुरा नबुझे, भुइँको टिप्दा पोल्टाको खस्ला नि !
- लगानीकर्ताले यी कुरा नबुझे, अनभिज्ञताले ‘जोखिम’ निम्त्याउला, बजारले ‘बहुला’ बनाउला…
- नेपाली पूँजी बजारमा महिला लगानीकर्ताको आकर्षण, यसका सम्भाना र चुनौतीहरु
- नेपाली पूँजी बजारको प्रवृति : बाख्राले विराउंछ, भेडाको कान काट्ने ?
- नेपाली पूँजी बजार : ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको वीड’
- सन्दर्भ सेयर बजार :’नदी पारीबाट भुक्ने र चौवाटोमा फुक्ने’ हरुसँग जोगिएकै बेस !
- बजार घटाउन न्वारनदेखिको बल लगाउनेहरुले बुझून्, ‘झिँगा’ले सरापेर ‘डिगो’ मर्दैन !
- आजको वजारले लगानीकर्तालाई ‘सचेत’ मात्र गराएको हो की ‘सवक’ नै सिकाएको हो ?
- अर्थमन्त्रीज्यू, बास्केट फण्डको व्यवस्था गरी वजारमा भइरहेको ‘मेनुपुलेसन’ रोक्ने हो कि !
- सेयर बजारवाट नभागौ, बजारमा ‘सकुनी’ हरु प्रवेश गर्न थाले ! (नवराज घिमिरेको विश्लेषण)
- नवराज घिमिरेको यो टिप्स पढीसकेपछी तपाईंले सेयर बेच्नुहुन्न…
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्