
- नरेन्द्र चुदाली
कुनै पनि देशको आर्थिक तथा राजनितीक अवस्थाको प्रभाव सेयर बजारमा पर्नु विश्व सेयर बजारकै प्राकृतिक नियम हो । तर हाम्रो भर्खर भर्खर बिकास तथा वीभिधिकरणको बाटोमा रहेको पूँजी बजारले देशको राजनितीलाइ अलि बढीनै संवेदनशील रुपमा प्रतिर्किया जनाउने गरेको छ । संबेदनशील रुपमा प्रतिक्रिया जनाउने गरेको छ । यसको पुष्टि विगतका नजिरहरुले गरेको छ । दशैपछि देशको राष्ट्रिय राजनितिको कोर्ष नाटकिय रुपमा परिवर्तन भएपछी त्यसको ‘हेवि इफेक्ट’ पूँजी बजारमा देखिएको छ ।
आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा दुई तिहाइ बहुमतसहित सरकार बनाउने उद्देश्यले गरिएको बाम गठबन्धनले शेयर बजारप्रति नकारात्मक नीति लिने आशङका सहित बजारको मनोबिज्ञान एकाएक कमजोर हुदा वाम एकता घोषणाको अर्को दिनमानै दोहोरो अकंको गिरावट देखिएको बजारमा आइतवारपनि करिव ३३ अंक को भारी गिरावट देखियो । सबै समुह तथा उप:समुहहरु रक्ताम्य रहेको बजार १५१० मा बन्द हुँदा कारोबार रकमका साथै समग्र बजार पुजिकरणमा पनि भारी गिरावट आयो ।
पछिल्लो समय अधिक आपुर्तीले दवाबमा परेको सेयर बजारमा वाम गठबन्धनको रियुमरले झनै दवाब सृजना गरेको छ भने बजारको मनोबिज्ञान कमजोर हुँदा संस्थागत लगानीकर्ताहरु ‘ब्याक’ भएका छन् । सुचीकृत संस्थाका लाभांश घोषणाको क्रम तिब्र हुँदै गर्नुको साथै तरलता सहज हुँदै जाँदा पनि अधिक आपूर्ति र महँगो ब्याजदरले सेयर बजारमा दवाब परेको हुनसक्ने भएपनि पछिल्लो घटाइको मुख्य कारण भने वामपन्थी गठबन्धनको घोषणा नै देखिएको छ ।
साम्यबादी कार्यदिशालाइ पूर्णता दिनको लागि चुनावी तालमेल सहित पार्टी एकीकरणको बाटो लिएका दुई प्रमुख कम्युनिष्ट पार्टी एमाले र माओबादी केन्द्र र कुनै बेला सेयर बजारलाई जुगाघरको सङ्या दिएका बाबुरामको बर्तमान समीकरण चुनाव पछि सरकार संचालन सम्म जाने र उनिहरुले पुजि बजार प्रती कठोर नीति अङाल्ने अनुमानमा लगानीकर्ताहरु त्रसित बनेको देखिन्छ ।अझ बृहत बाम गठबन्धनबाट आगामी चुनावमा दुई तिहाइ ल्याउने नेताहरुको दावीले आगामी दिनमा देशमा कम्युनिष्ट एलायन्स हावी भई पूँजी बजारमा अङ्कुस लाग्ने भय बजारमा देखिन्छ ।पूँजी बजारले खुल्ला अर्थनितीलाइ अंगिकार गर्छ । कम्युनिष्टहरु पूँजीवादी अर्थव्यवस्था नराख्ने र आर्थिक नितिमा पनि कठोर हुने हुनाले सेयर बजारको लागि कम्युनिष्ट एलायन्स ‘कम्फर्ट’ मानिदैन ।
तर नेपालको सन्दर्भमा भने वामपन्थी दलप्रति बजारको मनोबिज्ञान र बामपन्थी पार्टिहरुको नितिमा त्यति तालमेल मिलेको देखिदैन । बामपन्थि नेतृत्वमा बनेका सरकारप्रति बजार जसरी त्रसित हुने गरेको छ, त्यो रुपमा बामपपन्थी सरकारको आर्थिक नीति कठोर हुने गरेको पाइदैन । किनकी पछिल्लो समयमा धेरै वामपन्थी नेतृत्वमा सरकार बने पनि उनिहरुले खुल्ला पुजिवादी अर्थनीति नै अङगाल्ने गरेको पाइन्छ।
यद्यपि सेयर बजरलाई जुवाघरको सङघ्या दिएका वाबुराम भट्टराई पनि प्रधानमन्त्री हुँदा भने सेयर बजारप्रति कठोर देखिएका थिएनन् । यसकारण अहिलेको वाम तालमेलप्रति बजार यसरी त्रसितनै भैहाल्नुपर्ने कारण देखिदैन । र अर्को कुरा अहिलेको एमाले र माओवादी केन्द्रको चुनावी तालमेल पार्टी एकीकरण सम्मनै पुग्छ भन्ने स्पष्ट आधार देखिएको छैन । र यदि वामपन्थी हरुको दुई तिहाई आइनै हाले पनि देशको आर्थिक विकासको लागि उनिहरुले पनि खुल्ला बजारनीति नै अङगाल्ने कुरामा सङ्का गर्नु पर्दैन । किनकी उनीहरुले भनेको ‘साम्यवाद’ अहिलेको सन्दर्भमा तथ्यगत देखिदैन ।
तसर्थ वामपन्थी गठबन्धन बाट लगानिकर्ता त्रसित हुनुपर्ने देखिदैन ।
लेखक नरेन्द्र चुदालीका यी लेखहरु छुटाउनुभयो कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्