×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको हकप्रदको विषयलाई लिएर ‘इन्साइडर ट्रेडिङ’ भएको पुष्टी, धितोपत्र बोर्डले गर्यो यस्तो कारवाही !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ माघ २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

सिभिल बैंकको हकप्रदको विषयलाई लिएर ‘इन्साइडर ट्रेडिङ’ भएको पुष्टी, धितोपत्र बोर्डले गर्यो यस्तो कारवाही !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- वित्तीय रुपमा नेपालको सबैभन्दा ‘थर्ड क्लास’ र पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रमा सर्वाधिक विवादित बैंक सिभिल बैंकको हकप्रद सम्बन्धि गोप्य सुचना चुहावट हुने गरेको खुलासा भएको छ । बैंकमार्फत विभिन्न सेयर ब्रोकरहरुमा यस्तो गोप्य सुचना जाने र विभिन्न ब्रोकर हाउसबाट आफ्ना नजिकका आफन्तलाई सन्देश जाने गोप्य सुचना र उजुरीका आधारमा गरिएको छानविनमा दोषी ठहरिएपछी नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर प्रज्ञान सेक्यूरिटिजलाई कारवाही गरेको छ । बोर्डले उक्त कम्पनीलाई भाइवर म्यासेज मार्फत ग्रुप बनाएर भित्री सूचना जानकारी गराएर व्यवसायिक अाचरण पालना नगरेको भन्दै ७५ हजार जर्वाना गरेको हो ।

छानविनमा यस्तो देखियो 
धीतोपत्र बोर्डका अनुसार सिभिल बैंकको हकप्रदको सुचना साधारणसभा अगावै ‘लिक’ भएको थियो । उक्त काममा प्रज्ञान सेक्युरिटिजको बिराटनगर साखा कार्यालयमारफत सुचना चुहावट भएको पुष्टी भएको छ । ‘ साधारणसभा अगावै ४० प्रतिशत हकप्रद आउने भएको छ, राम्रो फाईदा हुन्छ, फाईदा गराउने जिम्मा हाम्रो भन्ने’ भन्ने आशयको भाइवर म्यासेज ग्रुप बनाएर पठाएको उजुरीमा छानविन गरि सो जरिवाना गरिएकाे धिताेपत्र बाेर्डका प्रवक्त्ता निरज गिरीले जानकारी दिएका छन् । २०७४ जेठ ४ गते हुने सिभिल बैंकको साधारण सभा अगावै सो म्यासेज भाइबर ग्रुपमा यस्तो सन्देश फैलिएको बताइएको छ । 
गिरीका अनुसार संस्थाले आफ्नो शाखा कार्यालयको काम कारवाहीलाई सूक्ष्म रुपमा अनुगमन नगरी व्यवसायिक आचरण कायम गराउन नसकेको र व्यवसायिक स्तर कायम गरेको नदेखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम जरिवाना गरिएको हो। 
नियममा के छ ?
प्रचलित नियम अनुसार कुनै पनि संस्थाको सेयर सम्बन्धि भित्री सुचना दिनुलाई ‘गैरकानुनी’ मानिन्छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७६ मा धितोपत्र व्यवसाय संचालन गर्ने संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, धितोपत्र बजारको उच्च मर्यादा कायम राख्ने, धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेखहरु राम्रोसँग राख्ने, धितोपत्र व्यवसाय संचालन गर्ने सम्बन्धमा दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था गर्ने जस्ता कार्य गरी व्यवसायिक स्तर कायम गर्नुपर्ने व्यवस्था छ।
सिभिल बैंकका कर्मचारीलाई उन्मुक्ति 
यद्यपी यो काममा सिभिल बैंकका उच्च पदस्थ अधिकारी पनि संग्लग्न रहेको समेत उजुरी धितोपत्र बोर्डमा परेको थियो । यसो त बैंकको सुचना विना दलाल कम्पनीले कतैबाट सुचना पाउने कुरा पनि हुँदैन । तर आफुहरुले दलालहरुलाई मात्र कारवाही गर्न सक्ने भन्दै धितोपत्र बोर्डले सिभिल बैंकका उच्च पदस्थ अधिकारीहरुलाई भने उन्मुक्ति दिएको छ । स्रोतले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार प्रज्ञान सेक्यूरिटिजका संचालक र सिभिल बैंकका केहि उच्च अधिकारीको मिलेमतोमा यस्तो काम भएको हो । फाइनान्स विभागका उच्च अधिकारी, रिकभरी र क्रेडिट विभागका कर्मचारीको समेत यसमा मिलेमतो रहेको भएपनि उनीहरुलाई भने उन्मुक्ति दिएको भन्दै बोर्डमा उजुरी गर्ने व्यक्ति राष्ट्र बैंकमा उजुरी गर्ने तयारीमा रहेको बुझिएको छ ।
यो पनि पढ्नुहोस् : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: