- प्रताप शर्मा
नेपालको राजनीतिक इतिहासमा हरेक एक दशकमा राजनीतिक रुपान्तरणका लागि बिद्रोहको जग बसेको तीतो यथार्थता हामी सामु जिवित नै छ । पछिल्लो समय सामाजिक र राजनीतिक रुपान्तरणका लागि कम्रेड विप्लवबाट क्रान्तिको उद्घोष भएको छ । असम्भव र असान्दर्भिक भन्दै औंला ठडाउनेहरु पनि छन् । क्रान्तिका लागि आधारहरु चाहिन्छन् र ती आधारहरु पछिल्लो समय बलियो जगको रुपमा स्थापित हुँदै गएका छन् ।
धेरै मान्छेले आफ्नो आफ्नो तर्क राख्ने गर्छन् र भन्ने गर्छन् अब क्रान्ति सम्भव छैन, प्रविधिको विकास हुँदैमा क्रान्ति हुनै नसक्ने होइन । प्रविधिको बिकाससँगै क्रान्तिका औजारहरुको पनि बिकास हुने गर्दछ । जस्तै : कम्प्युटरमा भाईरस लागेपछी त्यो भाईरससँग प्रतिरोध गर्न सक्ने शक्तिकै ‘एन्टी भाईरस’ राख्ने गरिन्छ, हो, यस्तै नियम क्रान्तिमा लागु हुने गर्दछ । मान्छेहरुले राखेको अवको क्रान्तिको असम्भवलाई पनि म सम्भव देख्ने गर्दछु किनकि यथार्थ फरक हुने गर्दछ । शान्तिपूर्ण बिद्रोह सफल हुने आधार पनि छन् । ती आधार यस प्रकार छन् :
१. अशिक्षा
२. बेरोजगारी
३. भ्रस्टचार र कालोबजारी
४. शिक्षा स्वास्थ्य जस्ता सम्बेदनशिल बिषयबस्तुमा ब्यापारीकरण
५. बिदेशी हस्तक्षेप
६. कानुनी शासन र बिधीको राज नहुनु
एउटा राजा हटाएर हजारौं नव सामन्तहरुको भुँडी भोर्ने त्यो गणतन्त्र पनि वास्तविक गणतन्त्र होइन । नेपाल अझै पनि राजनैतीक दास युगमा छ जहाँ नेताहरु मालिकको भूमिकामा छन् । दिनहु विदेशिने युवाहरुको चाप त्यस्तै छ । दक्ष जनशक्ति बेरोजगार बन्नु परेको छ । सर्टीफिकेटका पानाहरु बोक्दै नेता भनिने राजनीतिक हरिलन्ठकहरुको पाउ मोल्नुपर्ने बाध्यता छ , के यो पनि एउटा बिद्रोहको आधार होइन ?
क्रमचारीतन्त्र छाडा र अनियन्त्रित बनेको छ जहाँ कमिसन र घुसखोरी मौलाएको छ । जनताले सेवा सुविधा पाएका छैनन् । एउटा काम सम्पन्न गर्न महिनौ धाउनुपर्ने अवस्था छ । यस्तो अवस्थाबाट आजित जनताले उन्मुत्किको बाटो खोज्नु के आँफैमा बिद्रोहको आधार होइन र ?
भन्ने गरिन्छ, ‘जब राज्यले असिक्षित बेरोजगार भन्दा बढी शिक्षित बेरोजगार उत्पादन गर्ने गर्दछ, तावा त्यो नै बिद्रोहको आधार हो’ आज देशमा बर्षेनि दशौ हजार बेरोजगार डिग्री उतिर्ण विद्यार्थी छन् । के यी सचेत युवा विद्यार्थी पनि बिद्रोहका बलियो आधार होइनन र ?
शिक्षा र स्वास्थ्यमा लुट्न पल्किएका लठैत माफियाहरुबाट पीडित जनता के बिद्रोहका आधार होइनन ? एउटा स्वाधिन राष्ट्र माथिको प्रत्यक्ष बिदेशी हस्तक्ष्यप के बिद्रोहको आधार होइन ? न्यायको खोजी गर्दा गर्दै दशौ बर्ष न्याय बिमुख जनता के बिद्रोहको आधार होइनन ?
अवको बिद्रोह शान्तिपूर्ण हुनुपर्छ, त्यो म स्विकार्न सक्छु तर बिद्रोह को आवश्यकता अकाट्य सत्य हो । एक गास खान पाउनुपर्छ भनेर कसैले आवाज उठाउंछ भने पनि त्यो बिद्रोह नै हो । सचेत बिद्रोह आवश्यक छ जव माफियाको सम्रक्षणमा राज्य उभिन्छ ।
(लेखक पूर्व शिक्षक, पूर्व विद्यार्थी नेता तथा पुस्तक लेखक हुन् । )
लेखकबाट यी सामाग्री छुटे कि ?
यी पनि प्रताप शर्माकै लेख हुन् :