
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बिकास बैंकमध्ये निकै नै राम्रो छवि बनाएको बैंकको मुक्तिनाथ बिकास बैंक । बिकास बैंक भएपनि ‘कर्पोरेट गभर्नेन्स्’ होस् वा ‘रिस्क’ पाटोमा वाणिज्य बैंकहरुभन्दा राम्रो बैंकका रुपमा चिनिएको मुक्तिनाथ बिकास बैंकमा नयाँ सीइओ आउनेबितिकै विभिन्न गैरकानुनी काम हुन थालेपछी बैंकको स्थिति ओरालो लाग्ने संकेत देखिएको छ । बैंकले हालसालैमात्र अर्थात नयाँ सीइओ आएको केहि दिनपछि नै लेखा व्यवसायको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नियमको धज्जी उड्ने गरी प्रचारात्मक सामाग्रीहरु प्रकाशनका लागि पठाएर गैरकानुनी कामको थालनी गरेको छ भने नयाँ सीइओ आउने बितिकै बैंकलाई राम्रो गर्ने भन्दा पनि उँधोगतितर्फ लैजाने खेल भएको संकेत देखिएको छ ।
घोटाला प्रकरणबाट अछुतो छैन मुक्तिनाथ बिकास बैंक !
यसो त मुक्तिनाथ बिकास बैंकले पछिल्लो समय प्रगति गरेकै हो । तर यसअघि बैंकमा घोटाला प्रकरणहरु नभएका होइनन् । केहि बर्ष अगाडी पोखरामा मच्चिएको बैंक ठगी प्रकरणलाई पोखरेलनै नेतृत्वमा थामथुम भएको थियो । उक्त प्रकरणका प्रमुख आरोपी सन्तोष पौडेललगायतका पात्रहरूले जेल जीवन गुजारेर घर फिर्ता भइसकेका छन् । मुक्तिनाथ विकास बैंकले गरेको लगानी जोखिमपूर्ण रहेको भन्दै किर्ते कागजका भरमा लगानी भएको अभियोगमा सन्तोष पौडेलले सजाय भुक्तान गरिसकेका छन् भने घटनामा प्रत्यक्ष परोक्ष संलग्न रहेको आशङ्कामा मालपोतका करिब डेढ दर्जन कर्मचारीसमेत झन्डै तीन हप्ता प्रहरी हिरासतमा थुनिएर अनुसन्धानको दायरामा परेका थिए ।
यस्तै केहि बर्षअघि मुक्तिनाथ विकास बैंकको लघुवित्त विभाग स्याङ्जा शाखाका कर्मचारी ज्ञानुमाया थापा बैंककै कमजोरीका कारण लुटिएको खबरसमेत सार्वजनिक भएको थियो । त्यतिबेला बहाकोट गाविस–७ स्थायी घर भएका वर्ष ३३ को बिनोद भन्ने रामबहादुर दर्जी रकम लुटेको आभियोगमा पक्राउ परेका थिए । तर कर्मचारीलाई सुरक्षा दिन नसक्नु बैंककै लापरवाही भएको आरोप पनि त्यतिबेला मुक्तिनाथ बिकास बैंकलाई लागेको थियो ।
के भन्छन् बैंकका सीइओ ?
नयाँ सीइओ हुने बितिकै मुक्तिनाथ बिकास बैंकमा गलत कामले प्रसय पाउन थालेको विषयका बारेमा हामीले बैंकका सीइओ प्रध्युमन पोखरेललाई सम्पर्क गरका थियौं । बैंकले भर्खरै गरेको गैरकानुनी कामका बारेमा प्रश्न सोध्द्दा उनले आफुहरुले आइक्यान अन्तर्गतको अडिट फर्मसँग नभई प्राइभेट कम्पनीसँग सम्झौता गरेको दावी गरे । ‘अनि यसरी प्रचारात्मक सन्देश दिन त नपाइने नियम छ नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘आइक्यानको नियम त अडिट फर्मलाई लाग्ने हो । हामीले छुट्टै कम्पनीसँग सम्झौता गरेको हो ।’ ‘अनि एसएआर एडभाइजरी भनेको त एसएआर एसोसीएट्स नामको सिए फर्म कै पार्टनरहरुको कम्पनी हो नि ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘लिगल्ली केहि इस्यू छैन भन्ने कुरा भयो । सचेत गराइदिनुभयो, यसका लागि धन्यवाद छ । यसलाई म नोट गर्छु ।’ उनी केहि दिनअघि मात्र बैंकका सीइओ भएका हुन् ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्