×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकार ! संकटका बेला रमिता किन ? भारतीय ज्यादती र घुसपैठ कहिलेसम्म ?’ एकनारायण पौडेलको बिचार

PRIME CA
GLOBAL IME BANK

‘सरकार ! संकटका बेला रमिता किन ? भारतीय ज्यादती र घुसपैठ कहिलेसम्म ?’ एकनारायण पौडेलको बिचार

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • एकनारायण पौडेल
चैत १९मा भारतीय सुरक्षा बललाई ढुङ्गामुढा गर्दै जबरजस्ती भारतबाट नेपाल प्रवेश गरेका भनिएका भारतीय मुस्लिम सहित २५ जना पाकिस्तानी, इन्डोनेसियन जमातीहरु जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मुखिया अन्सारीको समन्वयमा भारतीय नाकाबाट १० वटा मोटरसाइकलमा ल्याएर छपकैया बडा न २ को मस्जिद र यतिखाना मस्जिद (अलि अस्गर मर्दनिको संचालनमा रहेको) मा बस्दै आएको कुरा सत्य हो भने नेपालमा लकडाउन भएको अबवस्थामा गैरनेपालीहरु के कति उधेश्य र प्रयोजनको लागि नेपाल प्रवेश गरे ? के कति कारणले गाउँ पालिका अध्यक्ष स्वयंले समन्वय गरेर विभिन्न मस्जिदहरुमा बन्दोबस्त मिलाए ? के यो धार्मिक प्रयोजन र उधेश्य राखेर वा भारत सरकार / प्रशासनले मुस्लिम समुदायमाथि असहिष्णुता देखाउदै आएको भयले उनीहरु बच्नको लागि नेपाल प्रबेश गरेका हुन वा अन्य कुनै अपराधीक क्रियाकलाप वा कोरोना संक्रमण फैलाउने उधेश्यसहित जबरजस्ती नेपाल आएका थिए ? जुन कुरामा जालिम मुखिया अन्सारी अनभिज्ञ थिए वा प्रत्यक्ष अप्रत्यक्ष उनी समाहित थिए सो कुराको गहिरो अनुसन्धान हुनुपर्दछ ।
कोभिड १९ को महामारी बिश्वका करिब २०२ देशमा फैलिएको अवस्थामा नेपालमासमेत यसको सक्रमण बिस्तारै बढ्दै गएको छ । सरकारले सही समयमा गरेको लकडाउनको निर्णयले पक्कैपनि यसको रोकथाममा ठुलो भूमिका खेलेको छ । यद्यपि सरकारको फितलो, कमजोर तथा बिबादास्पद मेडिकल सामग्रीको खरिद तथा व्यवस्थापनले कयौं जोखिमहरु निम्त्याएको छ । देशका विभिन्न सरकारी तथा अस्थाई कोरोना अस्पतालमा पर्याप्त पिपिआई सेटको अभावले अझैपनि छिटोछरितो उपचार हुन सकेको छैन भने खर्बौ रुपैयाँको लगानीमा खुलेका निजी अस्पतालहरुको गैर जिम्मेवारी उदेक लाग्दो छ । सरकारले पर्याप्त पिपिई सामग्री उपलब्ध नगराएको भनी निजी अस्पतालहरुले सामान्य ज्वरो, मौसमी रुघाखोकीका बिरामी समेतको उपचार नगरी अन्य अस्पतालमा ‘रिफर’ गर्दै आएका छन । 
राज्यबाट अर्बौं रुपैयाँ अनुदान र सहुलियत लिने काठमाडौँका तथा मोफसलका निजी अस्पतालले आफ्नो भवनमा हेलिप्याडसहितको उपचार दिन सक्छ । प्रशस्त पैसा असुल्न सक्छ । आधुनिक र सुबिधा सम्पन्न अस्पताल भनेर हेलिप्याड सहितको आकस्मिक तथा जटिल शल्यक्रिया गरेर एकै बिरामीबाट लाखौं र करोडौं असुल्न सक्ने अस्पतालले संकटको घडीमा आफ्ना डाक्टर र स्वास्थ्यकर्मीको सुरक्षाको खातिर जाबो ५-६ हजारमा केही थान पिपिआई सेट किन्न नसकेर मुल ढोका नै बन्द गर्छ भने यो भन्दा ठुलो मजाक , गैरजिम्मेवारी र नालायकि के होला ? साथै त्यस्ता नीजि अस्पताललाई सरकारले समन्वय गरेर पिपिई सामग्री उपलब्ध गर्ने र बिरामीहरुलाई आबश्यक चेकजाँच गर्न निर्देशन दिन र अटेरी गर्ने त्यस्ता निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन नसक्नु सरकारको असफलता नै मान्नुपर्छ । 
एकातिर सरकारले जोखिम न्यूनिकरणका लागि लकडाउनको समयावधि लम्बाउँदै जाँदा दैनिक ज्यालादारी गरेर जिबिकोपार्जन गर्ने मजदुर, डेरावाल विद्यार्थी तथा बिपन्न परिवारको जीवन कष्टकर हुँदैछ । दैनिक ज्यालादारी मजदुर, डेरावाल विद्यार्थी र बिप्पन्न परिवारलाई राहतको थप प्याकेज ल्याउनु जरुरी छ । केन्द्रको सांसद कोषमा जम्मा भएको करिब ९ अर्ब रुपैयाँ र संघीय सांसद कोषमा रहेको करिब ११ अर्ब ५५ करोड रुपैयाँ सहित बिश्व बैकंले उपलब्ध गराएको ३ अरब तथा सरकारी राहत कोषमा हालसम्म जम्मा भएको भनिएको करिब २ अर्ब रुपैयाँ गरि कुल २६ अर्ब रुपैयाँ तत्काल निकासा गरी प्रभावकारी र सहि तरिकाको राहत वितरणमा स्थानीय तहमा प्रमुख प्रतिपक्षी दलको समेत रोहवरमा राहत उपलब्ध गराउन ढिलाइ गर्नु हुँदैन । आम जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार हुने र अत्यावश्यक बाहेक अन्य बिलासिता एबम तत्काल सुचारू नगर्दा पनि जनजीवन र अर्थतन्त्रमा खासै प्रभाव नपर्ने कलकारखाना ,कपडा पसल ,जुत्ता पसल , काठ तथा फर्निचर उधोग/ पसल, सिनेमाहल, मेला महोत्सव, राजनैतिक भेला, परिक्षण तथा साँस्कृतिक कार्यक्रमहरुलाई थप केही दिनका लागि रोक लगाउनुपर्छ ।
अर्कोतिर भारतमा बढ्दो कोरोना संक्रमण र खुल्ला सिमानाको कारण भारतीय भुमिबाट हुने घुसपैठ तथा भारतका विभिन्न राज्यमा कार्यरत ठूलो नेपाली मजदुरहरु समेत लुकिछिपी नेपाल प्रवेश गर्न सक्ने संभावना रहन्छ । त्यसरी रातको समयमा वा चोर बाटो हुँदै नेपाल भित्रने हाम्रै देशका नागरिकलेसमेत अज्ञानताबस् संक्रमण बोकेर आईरहेका हुन सक्छन जसले गर्दा नेपालमा यसको संक्रमण महामारीको रूपमा फैलन सक्छ । यदि भारतमा लक डाउन केही खुकुलो बनाईएको अवस्थामा त्यसको फाईदा लिदै हजारौं नेपाली तथा गैर नेपालीहरु नेपाल प्रवेश गर्न सक्ने कुरामा दुईमत छैन । 
यस कुरामा सरकार अत्यन्तै चनाखो र आवश्यक सुरक्षा व्यवस्था कडा पार्नुको विकल्प छैन । तसर्थ ब्यारेक तथा क्याम्पमा रहेका नेपाली सेना र सशस्त्र प्रहरी फोर्सलाई दक्षिणी सिमानामा २-२ किलोमीटरको दुरिमा अस्थायी क्याम्प खडा गरेर सिमापारीबाट हुनसक्ने अपराधिक क्रियाकलाप , घुसपैठ र अटेरी गरे वा जबरजस्ती गरे गोली हान्न सक्ने अधिकारसहित नेपाली सेनाको नेतृत्वमा सशस्त्र बल सहितको सुरक्षा रणनीति अपनाएर बेलैमा रोक्न सकिएन भने यसले नेपालभित्र महामारीको रुप लिन सक्छ । आखिर देशमा संकट परेको बेला सेना केबल ब्यारेक भित्र थन्किएर परेड खेल्ने छुट पाउँदैन । चाहे २०७२ सालको महाभुकम्प होस वा हावाहुरीको (हुन्डरीको) समयमा होस् जसरी सेनाले पहलकदमी लिएर जनताको धनजनको सुरक्षा तथा घरहरु निर्माण गर्ने कार्यमा जुटेको थियो त्यसैगरि अहिलेको कोभिड १९ को महामारीलाई परास्त गर्न स्वास्थ्यकर्मिको साथसाथै सुरक्षाबलको समेत त्यति नै महत्त्वपूर्ण भुमिका रहनेछ । 
एक नारायण पौडेल 
भरतपुर मनपा बाड न १३ चितवन 
हाल – साउदी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: