×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक-एक गरी खुल्दैछ बैंक अफ काठमाण्डूका सीइओको कर्तुत, श्रम अदालतमा कर्मचारीले हालेको मुद्धा बैंकले हार्यो… (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आफ्नो ‘एसम्यान’ नबन्नेहरुलाई छानी-छानी निकाल्ने आरोप लागेका बैंक अफ काठमाण्डूका सीइओविरुद्ध कर्मचारीले श्रम अदालतमा हालेको मुद्धामा श्रम अदालतले बैंकलाई दोषी ठहर गरेको खुलासा भएको छ । बैंकको कानुन विभागमा काम गर्ने सुदीप पौडेलले आफुलाई प्रचलित कानुन विपरित बैंकबाट हट्न बाध्य बनाइएको भन्दै श्रम अदालतमा मुद्धा दर्ता दर्ता गराएका थिए । उक्त मुद्धाको फैसला गर्दै अदालतले बैंकलाई दोषी देखाएको हो । 
बैंकले आफुखुसी गर्दै उनलाई बैंकबाट हट्न बाध्य बनाएपछि उनी अदालत गएका थिए । अर्थ सरोकारलाई प्राप्त पत्रअनुसार अदालतले २०७६ साल माघ १५ गते नै पौडेलका पक्षमा फैसला गरेको थियो । तर बैंकले अदालतको फैसलासमेत नटेरेपछि पौडेलले २०७७ साल भद्र २६ गते पुन: उक्त फैसला कार्यान्वयन नभएको भन्दै कार्यान्वान्वयनका लागि पुन: अदालतमा निवेदन दर्ता गराएका थिए । बैंकले पुन २०७७ साल भदौ ३१ गते उक्त फैसला कार्यान्वयनका लागि बैंकलाई ताकेता गर्दै पत्र लेखेको छ ।    
हेर्नुहोस् पत्र: 
https://arthasarokar.com/2020/09/BOK-5.html
छानी-छानी कर्मचारी निकालियो, आधा दर्जन मुद्धा अदालतमा !
यसो त बैंकलाई तत्कालीन बैंक अफ काठमाण्डूका कर्मचारीहरुलाई छानीछानी निकालेको आरोप लागेको छ । 
सीइओ शोभनदेव पन्तले आफ्नो एसम्यान नबनेकै कारण नेपालगन्जका शाखा प्रबन्धक हरिश बडु, खैरेनीटारकी शाखा प्रबन्धक दीपा केसी, खैरेनीटारकै प्रकाश न्यौपाने, कानुन विभागका प्रबन्धक सुदिप पौडेल, सहायक महाप्रबन्धक पुष्पराज भण्डारी, डिजिएम प्रवीन प्रकाश क्षेत्री, चेतन बरसिं थापा, सिनियर म्यानेजर आनन्द पाण्डे, म्यानेजरहरु विज्ञान घिमिरे, गणेश लम्साल, आराधना मल्ल, विष्णु चालिसेलाई  बैंकबाट हट्न बाध्य पारेको भन्दै झन्डै आदा दर्जन मुद्धा अहिले श्रम अदालतमा छन् । केहिले मुद्धा जितिसकेपनि बैंकले अदालतको फैसला कार्यान्वयन गर्न मानिरहेको छैन । सहायक महाप्रबन्धक पुष्पराज भण्डारीलाई त अझ निकाल्ने केहि बहाना नपाएपछि सुर्खेत सरुवा गरिएको थियो । जवकी बैंकको कर्मचारी विनियमावली २०७३मा मेनेजर भन्दा माथिको पदका कर्मचारीहरुलाई सरुवा गर्न नपाइने व्यवस्था छ ।    
https://arthasarokar.com/2020/01/Bank-of-Kathmandu.html

यता बैंकका सीइओले आफुखुसी कर्मचारी निकाल्न बैंकको कर्मचारी नियमावली नै ‘ब्याकडेट’मा संसोधन गरेको आरोप कर्मचारीहरुको छ । बैंकविरुद्ध श्रम अदालतमा मुद्धा परेपछि श्रम अदालतको जवाफ पठाउन सीइओ पन्तले ब्याकडेटमा नियमावली संसोधन गरेको कर्मचारीहरुको आरोप छ । अहिले पुष्पराज भण्डारी पनि बैंकको व्यवस्थापनविरुद्ध अदालत गएका छन् । उनको मुद्धा अदालतमा विचाराधीन छ ।
https://arthasarokar.com/2020/03/BOK-Followup.html

बैंकका सीइओ बोल्न मान्दैनन्, खुसुखुसु एसएमएसमा एकोहोरो प्रतिक्रिया दिन्छन् !
यता बैंकका सीइओ शोभनदेव पन्त भने यस विषयमा बोल्न नै चाहंदैनन् । कर्मचारीमाथि भएको ज्यादतीबारे प्रश्न गर्न हामीले पनि उनलाई पटक-पटक फोन गरेका थियौँ । तर उनले हाम्रो फोन नै उठाएनन् । यसअघि अजय श्रेष्ठलाई पनि जानी जानी फसाएको आरोप लागेका उनले आफुले कसैलाई पनि नफसाएको र आफुले बैंकको सीइओ हुनुको कर्तव्यमात्र पूरा गरेको भन्दै आरोपको खण्डनसमेत गरेका थिए । जसरी हुन्छ आफ्नो एसम्यान नबन्नेहरुलाई पेल्ने रणनीतिअनुसार अहिले उनी अदालतको आदेश नमान्ने बरु थप मुद्धामामिला गरेर सबैलाई गलाउने पक्षमा रहेको बैंककै कर्मचारीहरुको भनाइ छ ।
यसो त बैंकभित्र एसम्यानहरुको अस्वाभाविक हालीमुहाली हुन थालेको बैंकका कर्मचारीहरुको दाबी छ । आफु निकट नरहेका र तत्कालीन बैंक अफ काठमाण्डूका कर्मचारीहरुलाई कसरी तह लगाउने भन्ने विषयमा उनले पटक पटक आफु निकटका कर्मचारीहरुसँग सल्लाह लिने गरेका छन् । यसैक्रममा बैंकमा हाल उनको सबैभन्दा बढी विश्वासपात्र मानिएका रितेश लामिछाने लगायतको सल्लाहमा कर्मचारीहरुलाई पेल्ने काम भएको कर्मचारीहरुको आरोप छ । यता लामिछानेले भने सीइओसँग आफ्नो कामको मात्र कुरा हुने र कसैलाई फसाउने काममा आफ्नो सल्लाह नभएको दाबी गर्दै आएका छन् । साथै पन्तले आफुहरुविरुद्ध बोल्नेहरुविरुद्धसमेत योजना बनाउन र आफ्नो कर्तुत लुकाउन सहयोग गर्नेहरुलाई कसरी सहयोग गर्ने भन्ने विषयमा योजना बनाउनसमेत उनलाई अर्हाएको कर्मचारीहरुको दाबी छ  । यद्यपी लामिछानेले भने आफु विशुद्ध काममा मात्र लागेको र आफ्नाविरुद्ध सुनिएका हल्ला गलत भएको दाबी गर्दै आएका छन् ।  
https://arthasarokar.com/2020/02/BOK.html

निकै राम्रो छवि बनाएका पन्त एकाएक किन बदलिए ?

यसो त शोभनदेव पन्त कुनै बेला निकै राम्रो छवि बनाएका सीइओका रुपमा चिनिन्थे । बजारमा सोभनदेव जतिको राम्रो सीइओ छैनन् भन्नेहरुको संख्या पनि राम्रै थियो । तर कुनैबेला त्यसो भन्नेहरु पनि अहिले ‘अजय श्रेष्ठलाई किन फसाएको होला ?’ कर्मचारीलाई किन दुख दिएको होला ? पोष्ट मर्जर किन यस्तो खराब भयो ? लगायतका प्रश्न गरिरहेका छन् । यसो त आफ्नो भजन गाउनेहरुलाई बोलाएर आफ्ना कुरामात्र राख्ने, स्पष्ट कुरा नगर्ने र आफ्नो कुरा राख्नुभन्दा कुरै नगर्ने उनको बानीलेसमेत उनको छवि धमिल्याएको उनीनिकटहरुको तर्क छ । आजभन्दा ठ्याक्कै एक बर्षअघि उनकै नेतृत्वमा बैंकले सीआइबीलाई जालसाझी मुद्धामा जाहेरी दिएपछि बैंकका पूर्व सीइओ लगायतका बैंकका केहि कर्मचारीहरु पक्राउ परेका थिए 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: