×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल-भारतबीचको निकटताबाट चिन्तित बनेपछि चीनले रक्षामन्त्रीलाई पठायो नेपाल

PRIME CA
GLOBAL IME BANK

नेपाल-भारतबीचको निकटताबाट चिन्तित बनेपछि चीनले रक्षामन्त्रीलाई पठायो नेपाल

२१ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्धन श्रींगलाको नेपाल भ्रमणको दुई दिनपछि चिनियाँ रक्षामन्त्री जनरल वइ फिङ्‌गे पनि एक दिवसीय नेपाल भ्रमणमा आए । वास्तवमा नेपाल सरकारले उनलाई नेपाल भ्रमणका लागि आमन्त्रित गरेको थियो । नेपालले आफू न त भारत र न त चीन समर्थको हो भन्‍ने सन्देश दिनका लागि उनको नेपाल भ्रमणका लागि स्वागत गरेको थियो । 
आन्तरिक पार्टी विवादको सामना गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना चिनियाँ मित्रहरुलाई विश्वस्त पार्न चाहन्छन् कि उनको प्रशासनले सबै सरोकारवालाहरुलाई खुशी राख्‍नेछ । यो केवल पोस्चरिङ मात्रै हो कि वास्तविकता ? वास्तविक सत्य यो हो कि भारतीय पक्षबाट भएको उच्चस्तरीय नेपाल भ्रमणले चिनियाँ पक्षकलाई गम्भीर चिन्ता पैदा गरिदिएको छ । यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री ओलीसँग वार्ता गरेकी थिइन् र आफ्नो चिनियाँ रक्षामन्त्रीलाई नेपालमा स्वागत गर्न राजी गराएकी थिइन् । यान्छी यसअघि देखि नै नेकपा र प्रधानमन्त्री ओलीलाई सत्तामा टिकाइराख्‍न भूमिका खेलेको भन्दै विवादित बनेकी थिइन् । 
चिनियाँ राजदूतसँगको सम्बन्धका कारण प्रधानमन्त्री ओली नै विवादित बनेपछि उनका कार्यकर्ताहरुले समेत उनीमाथि प्रश्‍न गर्न थालेका थिए । जसका कारण प्रधानमन्त्री ओली निकै कमजोर र रक्षात्मक अवस्थामा पुगेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेकपका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ​​प्रचण्डले उनीमाथि राष्ट्रहित विपरीतकोक काम गरेको आरोप लगाउँदै उनीसँग काम गर्न निकै गाह्रो भएको बताएका छन् । 
अर्कोतर्फ प्रधानमन्त्री ओलीको नेतृत्वको समूहले पनि पार्टी विभाजनका लागि तयार भएको तर, अहिलेको अवस्थामा कुनै पद नछाड्ने अडान राखेका छन् । चीन पनि आफ्नो अनुकुल पात्र केपी शर्मा ओली नै भएको र उनीमार्फत आफ्नो स्वार्थका कामहरु गर्न सजिलो हुने र नेपालको राष्ट्रवादलाई कमजोर पार्न सकिन्छ भन्‍ने देखेर प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदमा राखिरहन चाहन्छ । होउ यान्छीले पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ओली विरोधी गतविधि रोक्‍न भूमिका खेलिरहेकी छन् ।
यही परिवेशमा चिनियाँ राष्ट्रपतिका विश्वासपात्र रक्षामन्त्री वेई फिङ्‌गेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट गरेका छन् । चिनियाँ क्याबिनेटमा राज्य पार्षदको पदमा रहेका चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण नेकपाको विवाद केन्द्रति थियो । भारतसँगको सम्बन्धबाट चिन्तित बनेको देखिन्छ । रक्षामन्त्री फिङ्‌गेको नेपाल भ्रमणको उद्देश्य नेपालको पछिल्लो राजनीतिक स्थिति र भारतसँगको सम्बन्धबारे विवरण लिनु रहेको थियो । 
हिमालयको काखमा रहेको एसियाकै एकमात्र स्वतन्त्र मुलुक नेपालको राजनीतिमा नेकपाका अध्यक्षसमेत रहेका ओलीलाई सत्तामा टिकाइराख्‍न के गर्न सकिन्छ भन्‍नेबारे चिनियाँ पक्षले माहोल बुझ्‍नु थियो । यद्यपि ओलीलाई पार्टीका असन्तुष्ट नेताहरु पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनालले ओलीलाई सहयोग नगर्न सक्छन् । चिनियाँ रक्षामन्त्री नेपालको भ्रमण गरेर परिस्थितिको मुल्यांकन गरेर सबै अण्डाहरूलाई एक डालोमा राख्नु बुद्धिमानी हुन्छ कि हुँदैन भनेर बुझ्‍नु रहेको थियो । 
नेपालमा राजनैतिक कोर्ष जेसुकै भए पनि भारत शान्त र दृढताका साथ आफ्नो योजनाहरुमा काम गरिरहेको छ । भारतले नेपालमा चीनजस्तो चेकबुक डिप्लोमेसी प्रयोग गरिरहेको छैन । भारत-नेपालबीच नागरिक तहमा सम्बन्ध रहेको छ । नेपालको पुनर्निमार्णमा भारतले ठूलो सहयोग गरिरहेको छ । नेपालको क्षमता अभिवृद्धिमा पनि भारतले ठूलो लगानी गरिरहेको छ । तर, नयाँ दिल्लीको काठमाडौंसँगको भावनात्मक, मनोवैज्ञानिक र ऐतिहासिक सम्पर्कहरूलाई बिगार्न चाहन्छ । यस सम्बन्धले चीनलाई निकै सकस भइरहेको छ । जे होस्, चिनियाँ रक्षामन्त्रीको एक दिवसीय भ्रमणले नेपालमा राजनीतिक गतिविधिको गति बढाएको छ र अब मुलुकले कुन बाटो तय गर्छ भन्‍ने कुरा अबका केही दिन महत्वपूर्ण हुनेछन् । -पब्लिक न्युज एजेन्सी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: