काठमाडौँ। सुनको बारेमा परिचय दिदै गर्दा हामि यसलाई दुइ तरिकाबाट बुझ्न सकिन्छ। एक सामान्य भाषा बाट सुन एक बहुमुल्य चल धातु हो जसको रंग पहेलो हुन्छ। भने बैज्ञानिक तथ्य अनुसार आणविक संकेत (Au ),आणविक नम्बर -७९ Melting point =1337.33 K (1064.18 °C, 1947.52 °F) Boiling point=3243 K (2970 °C, 5378 °F) र Density (near r.t.)19.3 g/cm3 विशेषता सहित को धातु सुन हो। सुनको सुद्धता क्यारेट मा मापन गरिन्छ २४ क्यारेटको सुन सबै भन्दा बढी सुद्ध हुन्छ ।
व्यक्तित्व आकर्षणको लागि गहनाको रुपमा ,परम्परागत मूल्यमान्यता बमोजिम सुद्ध धातुको रुपमा ,विभिन्न कारोबार गर्न धितो रसुरक्षणका लागि , सिक्का मुद्राको लागि ,मुद्रा निष्काशनको सुरक्षण को लागि फरक फरक कार्यका लागि फरक फरक महत्त्व अनुसार यसको प्रयोग गर्ने गरिन्छ। सुन तरल सम्पति हो किन भन्दा यसको खरिद बिक्रि बजारमा तुरुन्तै गर्न सकिने र अन्तरास्ट्रिय बजारमा पनि यसको महत्त्व उत्तिकै हुने हुदा यसलाई बहुमुल्य धातुका रुपमा चिनिन्छ। यसर्थ ,सुन धितो राखी बैंक तथा बित्तिय संस्थाहरुले कर्जा प्रबाह गर्ने गर्दछन सुनको धितोले बजारमा तुरन्तै मूल्य पाउने र भबिष्यमा पनि जोखिम बहन गर्न पनि सकिने हुदा यो लगानीको द्रीष्टिकोणले उपयुक्त मानिन्छ।
बैंकहरुले सुन धितो राख्दा अत्यन्तै ख्याल गरि कर्जा प्रबाह गर्नु पर्दछ जसको लागि देहाय बमोजिमका कुराहरुमा बिसेष ध्यान दिनुपर्ने हुन्छ। जुन यस प्रकार छन :
१. सुन जाँच गरेर मात्र धितो राख्ने : सुनको सुद्धता मापन गरेर मात्र धितो राख्नु पर्छ जसका लागि सुद्धताको प्रमाणपत्र हर्ने बिक्रि गर्ने कम्पनि पसलको बिल TAG हर्ने ,सुनको रंग हेर्नका लागि कसी ढुंगा प्रयोग गर्ने,चुम्बकीय परिक्षण बाट सुन लाइ तानेको वा नतानेको यकिन गर्ने ,सुनको घनत्व अन्य धातु भन्दा बढी नै हुन्छ २४ क्यारेट सुनको घनत्व १९.३ gm हुन्छ सो रहेको वा नरहेको भन्नेकुरा लाइ प्रमाणित गर्ने , नाईट्रिक एसिड को प्रयोग गर्ने यदि सुद्ध सुन भएमा कुनै रासाइनिक प्रतिक्रिया हुदैन र सुनको अन्य विशेषता र प्रकृति जानकारी लिन नजिकै सुन पसलमा समेत सम्पर्क गर्ने।
२. सुन कर्जा प्रबाह गर्दा बैंकको आन्तरिक नीति ,नियम , ब्यबस्था र कार्यविधि अनुरुपन प्रक्रिया अगाडी बढाउने।
३. धितो स्वरुप राखेको सुनको गरगहना खरिद गरेको कम्पनि वा पसल प्रचलित कानुन बमोजिम संचालित रहेको वा नरहेको यकिन गर्ने साथै उक्त कम्पनि वा पसल नेपाल सुन चाँदी ब्यबसाय महासंघमा सदस्य रहेको वा नरहेको बुझ्ने ।
४. सुनको प्रचलित बजार मूल्य संग धितो सुनको मूल्य मुल्यांकन गर्ने र कर्जा माग गरेको रकम संग तुलना गरी उपुक्त रकमको कर्जा निर्धारण स्वीकृत गर्ने।
५. बैंकहरु ले धितो राख्ने स्थान पूर्ण रूपमा सुरक्षित भरपर्दो साथै आधिकारिक कर्मचारीहरुलाइ दर्ता प्रणाली बाट प्रवेश गराउने ब्यबस्था मिलाउनु पर्छ।
६. बैंकले धितो राखिने भल्ट,ढुकुटी प्रयाप्त बिमा गरिएको हुनुपर्छ।
७. कर्जा प्रक्रियामा चाहिने आवस्यक कागजपत्र ,कर्जा विवरण मा सुन धितोको मूल्य ,तौल साथै सुनको स्पस्ट प्रकृति खुल्ने अन्य विवरणहर संकलन र उल्लेख गर्ने।
८. कर्जा प्रबाहका लागि चाहिने अन्य तथ्य लगायत नेपाल राष्ट्र बैंकले जारी गरेको नीति र ब्यबस्थामा रही कर्जा प्रक्रिया अगाडी बढाउने।
अन्त्यमा ,सुनमा लगानी जति सुरक्षित मानिन्छ जोखिम पनि त्यो भन्दा उच्च हुन्छ यदि माथि उल्लेखित बुँदाहरुमा सर्त सहित बैंक तथा बित्तिय संस्था हरुले काम नगरेमा। धितोमा कुनै छल भेटिए भबिस्यमा ठुलो आर्थिक दुर्घटना निम्तिएर बैंकको छबी र शाखमा प्रश्न चिन्ह समेत खडा हुने हुदा सुन धितो राख्दा प्रयाप्त आधार ,मापदण्ड र सुन धितो सम्बन्धि बैधानिक सूचना संकलन गरेर मात्र सुनमा धितो राखी कर्जा प्रबाह गर्न उपयुक्त हुन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्