×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयरको पोर्टफोलियो आधा हुँदा ‘बढी ‘स्ट्रेस’ भयो ? कि ज्यान र मन दुवै भारी लाग्यो ? डिप्रेसनबाट जोगिन यसो गर्नूस्…

देशको अर्थतन्त्र नै संकटको बाटोतर्फ छ भन्ने विश्लेषण भएका देशभर महंगी बढेको छ । व्यापार गर्नेहरुलाई व्यापारमा समस्या छ, जागिर गर्नेहरुलाई देशको आर्थिक स्थिति यस्तै रहिरह्यो भने के होला भन्ने पीर बढेको छ ।पछिल्लो समय केहि बढेपनि अघिल्लो उच्च विन्दुमा सेयर किनेकाहरु आधा भन्दा बढी घाटामा छन् । यो घाटा केहि दिन अगाडी झन् बढी थियो । लगानीकर्ताले यो हदसम्म घाटा व्यहोरेको देखियो कि, कतिपयको पोर्टफोलियो त आधाभन्दा कम भईसकेको छ । सेयर बजार बढ्दै जाँदा सो पोर्टफोलियोमा घाटा कम हुँदै गएपनि अझै पनि त्यस्ता लगानीकर्तालाई धेरै घाटा छ ।
यस्तो बेला सेयर लगानीकर्ताहरुलाई बढी ‘स्ट्रेस’ छ। धेरैले ऋणको पैसा प्रयोग गरेर सेयर बजारमा नन फण्डामेन्टल स्टक किन्दा समस्या भोगिरहेका छन् । अहिले बेचौं भने पनि ती सेयरको भाउ छैन, एभरेजिङ गर्दा एकातर्फ रिस्क छ, अर्कोतर्फ पैसा छैन । यहि समस्याका कारण कतिपय लगानीकर्ता त ठुलो चिन्तामा परेका छन् । केहिले डिप्रेसनको औसधि सेवन गरिरहेकोसमेत पाइएको छ । आखिर यस्तो बेलामा के गर्ने त ?
१. पहिला आफ्नो समस्या बुझ्नूस । तनाव विभिन्न प्रकार हुन्छन् । सामान्य तनाव (कमन स्ट्रेस), डिस्ट्रक्टिभ स्ट्रेस र युजफुल अर्थात काम लाग्ने स्ट्रेस । सामान्य स्ट्रेस वा युजफुल स्ट्रेसमा त तनाव लिनुपर्ने कुरै भएन । तर डिस्ट्रक्टिभ स्ट्रेस भयो भनेचाहिं विशेष ध्यान दिनुपर्छ । आफुलाई कुन खालको तनाव छ र तनाव कहाँबाट आइरहेको छ भन्ने बुझ्नुपर्छ । सेयर बजारका कारण आफुलाई घाटा भईरहेको हो भने के कारणले घाटा भयो भन्ने बुझ्नुपर्छ । त्यसलाई समाधान गर्ने कुनै उपाय छ कि भन्ने बुझ्नुपर्छ । अध्ययन नगर्दा आफुले पाएको गलत परिणामलाई सम्झेर अध्ययन गर्ने अठोट गरी अध्ययन थाल्नुपर्छ ।
२. खानामा विशेष ध्यान दिनुहोस् । सकेसम्म साकाहारी भोजन गर्दा शरिरलाई राम्रो हुन्छ । तारेको, भुटेको, चिनीजन्य, मैदाजन्य खानाको उपयोग कम गर्नुपर्छ । विहानै ब्रह्ममुहुर्तमा उठ्ने गर्नुहोस् ।स्वस्थ खाने कुरामा ध्यान दिनुहोस् र प्रशस्तै पानी पिउनुहोस् । सकेसम्म इन्टरमिनेन्ट फाष्टमा बस्नुहोस् । यो भनेको १६ घण्टा केहि नखाने विधि हो  । विहान उठेर आफैँलाई आफैंले ‘म सक्तिशाली आत्मा हुँ, यति सानो कुराले मलाई केहि असर गर्दैन, म स्वस्थ दिव्य आत्मा हुँ, म जे पनि गर्न सक्छु’ जस्ता सकारात्मक चिन्तन गर्नुहोस् ।
३. पानी बेला बेला पिईराख्नुहोस् । तनाव घटाउनका लागि सधैँ पानीलाई चार्ज गरेर पिउनुपर्छ। जापानिज डाक्टरका अनुसार पानीमा ‘मेमोरी पावर’ हुन्छ । पानीलाई जस्तो भावना दियो, त्यस्तै भावनालाई पानीले समेट्छ । चुस्की लगाएर पानी पिउने गर्नुहोस् ।
४. सकेको, जानेको, भ्याएको योगा र कसरथ गर्नुहोस् । तनाव कम गर्न शरिर पनि स्वस्थ हुनुपर्छ । त्यसैले सकेसम्म विहान केहिबेर ध्यान गर्नुहोस् । सकेको व्याम गर्नुहोस् । ज्यानलाई तन्काउने काम गर्नुहोस् । भस्त्रिका प्राणायाम (लामो गहिरो र लयबद्ध स्वस फेर्ने), कपालभाती प्राणायाम, अनुलमबिलम प्राणायामजस्ता प्राणायामहरु गर्नुहोस् ।
५. जे हुन्छ, राम्रोकै लागि हुन्छ भन्ने सोच्नुहोस् । अहिले बजार घटेर के भो त, एक न एक दिन त बढीहाल्छ नि भन्ने सोच्नुहोस् । ऋण छ भने त्यसको व्यवस्थापनतिर लाग्नुहोस् । आफ्नो गल्तीलाई औंल्याएर त्यसलाई शक्तिमा बदल्नुहोस् ।
६. स्ट्रेसको समाधान यसको शब्दभित्रै लुकेको छ अर्थात :

S : Share your problems to elders. (आफुलाई गाह्रो पर्दा आफ्नो भरपर्दो व्यक्ति, गुरुजनलाई आफ्नो समस्या सेयर गर्ने, मनमा लुकाएर नराख्ने)

T : Think Less, Do more. (कम सोच्ने, काम गर्ने)

R : relaxation of your mind (आफुलाई हरेक परिस्थितिमा रिल्याक्स राख्ने)

E : enjoy your life (जस्तो सुकै पिडा होस्, हरेक परस्थितिमा रमाउने)

S : seriousness on your task (हरेक काम गर्दा सजकता पुर्वक, होसपुर्वक मन लगाएर गर्ने )

S : satisfaction (आफुले पाएको कुरामा सन्तुष्ट रहने)

(अर्थ सरोकारकर्मी सुप्रिया आचार्यले स्वामी आनन्द विनोदसँग गरेको कुराकानीमा आधारित
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: