देशको अर्थतन्त्र नै संकटको बाटोतर्फ छ भन्ने विश्लेषण भएका देशभर महंगी बढेको छ । व्यापार गर्नेहरुलाई व्यापारमा समस्या छ, जागिर गर्नेहरुलाई देशको आर्थिक स्थिति यस्तै रहिरह्यो भने के होला भन्ने पीर बढेको छ ।पछिल्लो समय केहि बढेपनि अघिल्लो उच्च विन्दुमा सेयर किनेकाहरु आधा भन्दा बढी घाटामा छन् । यो घाटा केहि दिन अगाडी झन् बढी थियो । लगानीकर्ताले यो हदसम्म घाटा व्यहोरेको देखियो कि, कतिपयको पोर्टफोलियो त आधाभन्दा कम भईसकेको छ । सेयर बजार बढ्दै जाँदा सो पोर्टफोलियोमा घाटा कम हुँदै गएपनि अझै पनि त्यस्ता लगानीकर्तालाई धेरै घाटा छ ।
यस्तो बेला सेयर लगानीकर्ताहरुलाई बढी ‘स्ट्रेस’ छ। धेरैले ऋणको पैसा प्रयोग गरेर सेयर बजारमा नन फण्डामेन्टल स्टक किन्दा समस्या भोगिरहेका छन् । अहिले बेचौं भने पनि ती सेयरको भाउ छैन, एभरेजिङ गर्दा एकातर्फ रिस्क छ, अर्कोतर्फ पैसा छैन । यहि समस्याका कारण कतिपय लगानीकर्ता त ठुलो चिन्तामा परेका छन् । केहिले डिप्रेसनको औसधि सेवन गरिरहेकोसमेत पाइएको छ । आखिर यस्तो बेलामा के गर्ने त ?
१. पहिला आफ्नो समस्या बुझ्नूस । तनाव विभिन्न प्रकार हुन्छन् । सामान्य तनाव (कमन स्ट्रेस), डिस्ट्रक्टिभ स्ट्रेस र युजफुल अर्थात काम लाग्ने स्ट्रेस । सामान्य स्ट्रेस वा युजफुल स्ट्रेसमा त तनाव लिनुपर्ने कुरै भएन । तर डिस्ट्रक्टिभ स्ट्रेस भयो भनेचाहिं विशेष ध्यान दिनुपर्छ । आफुलाई कुन खालको तनाव छ र तनाव कहाँबाट आइरहेको छ भन्ने बुझ्नुपर्छ । सेयर बजारका कारण आफुलाई घाटा भईरहेको हो भने के कारणले घाटा भयो भन्ने बुझ्नुपर्छ । त्यसलाई समाधान गर्ने कुनै उपाय छ कि भन्ने बुझ्नुपर्छ । अध्ययन नगर्दा आफुले पाएको गलत परिणामलाई सम्झेर अध्ययन गर्ने अठोट गरी अध्ययन थाल्नुपर्छ ।
२. खानामा विशेष ध्यान दिनुहोस् । सकेसम्म साकाहारी भोजन गर्दा शरिरलाई राम्रो हुन्छ । तारेको, भुटेको, चिनीजन्य, मैदाजन्य खानाको उपयोग कम गर्नुपर्छ । विहानै ब्रह्ममुहुर्तमा उठ्ने गर्नुहोस् ।स्वस्थ खाने कुरामा ध्यान दिनुहोस् र प्रशस्तै पानी पिउनुहोस् । सकेसम्म इन्टरमिनेन्ट फाष्टमा बस्नुहोस् । यो भनेको १६ घण्टा केहि नखाने विधि हो । विहान उठेर आफैँलाई आफैंले ‘म सक्तिशाली आत्मा हुँ, यति सानो कुराले मलाई केहि असर गर्दैन, म स्वस्थ दिव्य आत्मा हुँ, म जे पनि गर्न सक्छु’ जस्ता सकारात्मक चिन्तन गर्नुहोस् ।
३. पानी बेला बेला पिईराख्नुहोस् । तनाव घटाउनका लागि सधैँ पानीलाई चार्ज गरेर पिउनुपर्छ। जापानिज डाक्टरका अनुसार पानीमा ‘मेमोरी पावर’ हुन्छ । पानीलाई जस्तो भावना दियो, त्यस्तै भावनालाई पानीले समेट्छ । चुस्की लगाएर पानी पिउने गर्नुहोस् ।
४. सकेको, जानेको, भ्याएको योगा र कसरथ गर्नुहोस् । तनाव कम गर्न शरिर पनि स्वस्थ हुनुपर्छ । त्यसैले सकेसम्म विहान केहिबेर ध्यान गर्नुहोस् । सकेको व्याम गर्नुहोस् । ज्यानलाई तन्काउने काम गर्नुहोस् । भस्त्रिका प्राणायाम (लामो गहिरो र लयबद्ध स्वस फेर्ने), कपालभाती प्राणायाम, अनुलमबिलम प्राणायामजस्ता प्राणायामहरु गर्नुहोस् ।
५. जे हुन्छ, राम्रोकै लागि हुन्छ भन्ने सोच्नुहोस् । अहिले बजार घटेर के भो त, एक न एक दिन त बढीहाल्छ नि भन्ने सोच्नुहोस् । ऋण छ भने त्यसको व्यवस्थापनतिर लाग्नुहोस् । आफ्नो गल्तीलाई औंल्याएर त्यसलाई शक्तिमा बदल्नुहोस् ।
६. स्ट्रेसको समाधान यसको शब्दभित्रै लुकेको छ अर्थात :
S : Share your problems to elders. (आफुलाई गाह्रो पर्दा आफ्नो भरपर्दो व्यक्ति, गुरुजनलाई आफ्नो समस्या सेयर गर्ने, मनमा लुकाएर नराख्ने)
T : Think Less, Do more. (कम सोच्ने, काम गर्ने)
R : relaxation of your mind (आफुलाई हरेक परिस्थितिमा रिल्याक्स राख्ने)
E : enjoy your life (जस्तो सुकै पिडा होस्, हरेक परस्थितिमा रमाउने)
S : seriousness on your task (हरेक काम गर्दा सजकता पुर्वक, होसपुर्वक मन लगाएर गर्ने )
S : satisfaction (आफुले पाएको कुरामा सन्तुष्ट रहने)
(अर्थ सरोकारकर्मी सुप्रिया आचार्यले स्वामी आनन्द विनोदसँग गरेको कुराकानीमा आधारित
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्