×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

मौद्रिक नीतिसम्बन्धि म्यानको कार्यक्रममा के-के कुरा उठे ? गभर्नरसहित अरु कसले के-के भने ? हेरौँ संक्षेपमा…

SAGARMATHA CEMENTS
काठमाडौँ । नेपाल राष्ट्र बैंकले केहि दिनपछि मौद्रिक नीति ल्याउँदैछ । अर्थमन्त्री परिवर्तन नभएमा असारभित्रै र राजनीतिक केहि परिवर्तन देखिएमा साउनको पहिलो साता मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकको छ । राष्ट्र बैंकको मौद्रिक नीति केन्द्रित कार्यक्रमहरु पनि दिनैपिच्छे भईरहेका छन् । यसैबीच नेपाल व्यवस्थापन संघ (म्यानले)ले पनि आगामी मौद्रिक नीति सम्बन्धि सुझाव लिने भन्दै कार्यक्रम राखेको थियो ।
कसले के भने ?
कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्ययले बैंकहरुको स्रोत व्यवस्थापनका लागि नियामकले केहि परिवर्तन गर्नुपर्ने धारणा राखेका छन्। सरकारले पूरा गर्नुपर्ने जिम्मेवारी समयमै पूरा नगर्दा तरलताको समस्या आएको बताउँदै उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नियामकीय सिष्टममा केहि परिवर्तन गरेर बैंकहरुलाई स्रोत व्यवस्थापनमा सहयोग पुर्याउनुपर्ने बताएका छन् । बैंकहरुले गर्नुपर्ने कामजति असार मसान्तमा काम गरेर कारवाहीबाट जोगिने गरिरहेकोतर्फ जोड दिंदै उनले कुन निर्देशन कुन समयमा पालना भयो र कुन समयमा सो निर्देशन कुन समयमा पालना गर्दा बढी प्रभावकारी हुन्छ भन्ने विषयतर्फ पनि राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले राष्ट्र बैंकले बैंकहरुलाई दीर्घकालिन लगानीमा सहयोग गर्नेगरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए ।
यस्तै, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले लचिलो मौद्रिक नीति आउनुपर्नेमा जोड दिएका छन् । उनले सीसीडी रेसियाबाट सीडी रेसियो कायम हुँदा र सेयर कर्जामा लिईएको ४–१२ को कर्जा नीतिले अर्थतन्त्रमा दबाब परेको बताउँदै यस्ता विषयमा ख्याल गर्दै सन्तुलित मौद्रिक नीति आउनुपर्ने बताए ।
यस्तै, कार्यक्रममा बोल्दै डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका पूर्वअध्यक्ष भरतराज ढकालले राष्ट्र बैंकको नीति नै व्यवहारिक नहुँदा समस्या देखिएको गुनासो गरे । कृषि क्षेत्रमा राष्ट्र बैंकको नीति प्रभावकारी नभएको बताउँदै उनले अहिले बैंकहरुले कृषिमा गरिरहेको लगानी कतिको प्रभावकारी छ भन्ने विषयमा पनि राष्ट्र बैंकले निरीक्षण तथा अनुगम गर्नु आवश्यक रहेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ट उपाध्यक्ष चन्द्र ढकालले आर्थिक स्थायित्व हुनेगरी मौद्रिक नीति ल्याउनुपर्ने बताए । देशमा महंगी पनि बढेको र तरलता अभाव पनि भएको अवस्थामा राष्ट्र बैंकले महंगी नियन्त्रण हुने गरी र तरलताको समस्या पनि समाधान हुनेगरी मौद्रिक नीति ल्याउनुपर्नेमा उनको जोड थियो ।समग्रमा सन्तुलित मौद्रिक नीति आए यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाई थियो । उनले निर्यातलाई बढाउने, एसएमईलाई प्राथमिक दिने लगायतका विषय मौद्रिक नीतिमा समेटिनुपर्नेमा राष्ट्र बैंकको ध्यानाकर्षण गरे ।
यस्तै, कार्यक्रममा बोल्दै वित्त कम्पनी बैंकर्स संघका अध्यक्ष सरोजकाजी तुलाधरले ग्राहकलाई बैंकमा खाता खोल्नलाई व्यक्तिगत विवरण पटकपटक भर्नुपर्ने समस्याको अन्त्य हुनेगरी मौद्रिक नीतिमार्फत नै व्यवस्था गर्न आग्रह गरे । खाता भएका हरेक बैंकमा केवाईसी अपडेट गर्नुपर्ने स्थितितर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदै उनले सेन्टरल केवाइसीको आवधारण ल्याउनुपर्नेमा जोड दिए। उनले कालोसूचीमा राखिएका व्यक्ति कतिपय अवस्थामा अख्तियार र सम्पत्ति शुद्धिकरणले सफाई दिइसकेको व्यक्तिसमेत हुने गरेकाले यसतर्फ राष्ट्र बैंकको ध्यान जानुपर्ने बताए ।
यता, लघुवित्त संघ नेपालका अध्यक्ष जगतबहादुर पोखरेलले आफुहरुले राष्ट्र बैंकको सहयोग चाहेको बताएका छन् । केन्द्रीय बैंकले सहयोग गरेमात्र लघुवित्तहरुले गुणस्तरीय सेवा प्रदान गर्न सक्ने बताउंदै उनले बैंक पुग्न नसकेको ठाउँमा समेत लघुवित्तले सेवा दिइरहेकाले लघुवित्तलाई पनि सहज हुनेगरी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिए ।अध्यक्ष पोखरेलले बैंक पुग्न नसकेको स्थानमा लघुवित्त पुगेर सेवा प्रवाह गरिरहेको बताए। हाल ६५ वटा लघुवित्तका ४ हजार ९०० शाखामार्फत दूरदराजका मानिसहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समयमा नै मौद्रिक नीति आउने बताउँदै सधैं समय एकैखालको नहुने र कहिलेकाहीं सहनुपनि पर्ने हुनाले त्यस्तो अवस्थामा सम्बन्धित सबै तयार हुनुपर्ने बताएका छन् । कतिपय क्षेत्रलाई अव आउने मौद्रिक नीतिले अफ्ट्यारो पर्न सक्ने बताउँदै गभर्नर अधिकारीले धेरै अवस्थामा कम्प्र्माइज गर्नुको विकल्प नरहेकोसमेत बताएका छन् । उनले सकेसम्म सबैलाई राम्रो हुनेगरी मौद्रिक नीति आउने भएपनि समय र परिस्थिति अनुसार केहिलाई गाह्रो हुन सक्ने बताउँदै यस्ता विषयमा ध्यान दिएर अगाडी बढ्नुपर्ने बताएका छन् । निजी क्षेत्रको योगदान र साथबिना सरकारले लिएको ८ प्रतिशतको ग्रोथ हासिल हुन नसक्ने बताउँदै उनले बलियो अर्थतन्त्रका लागि सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnew[email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal