×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयरमा मेरो पनि ५० लाख घाटा छ, तर चिन्ता छैन, घाटाकै कारण चिन्ता वा डिप्रेसन भए यसो गर्नू’ : स्वामी आनन्द बिनोद

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० असार २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

‘सेयरमा मेरो पनि ५० लाख घाटा छ, तर चिन्ता छैन, घाटाकै कारण चिन्ता वा डिप्रेसन भए यसो गर्नू’ : स्वामी आनन्द बिनोद

काठमाडौँ । ३२०० विन्दुबाट सेयर बजार झन्डै १०० को लाइनमा आउँदै गर्दा सेयर लगानीकर्ताहरुले अरवौं पैसा गुमाए । ३२०० मा प्रवेश गर्नेहरु ठुलो घाटामा रहे । ३२०० मा बेच्न सफल भएकाहरु पनि धेरैजसो लगानीकर्ता २७००-२८०० मा बजार प्रवेश गरे, उनीहरु पनि घाटामै रहे । २७०० मा बेचेकाहरु पनि बजार २२००-२३०० हुँदा बजार प्रवेश गरे, र उनीहरु पनि घाटामा छन् । समग्रमा हेर्दा पछिल्लो १ बर्ष सेयर लगानीकर्ताहरुमध्ये कमले कमाए, धेरैले गुमाए । यो बीचमा धेरै सेयर लगानीकर्ताहरु पीरमा मात्र परेनन्, केहि त डिप्रेसनको सिकार नै भए । र त आजको अंकमा धेरै पाठक, र दर्शकको अनुरोधमा हामीले सेयर बजारमा पनि लगानी गरेका र डिप्रेसन निवारणको उपायसमेत बताउने स्वामी आनन्द विनोदलाई प्रस्तुत गरेका छौं ।

बिगत लामो समयदेखि जीवन र अध्यात्मबारे चिन्तन गर्ने र विश्वभर यसको प्रचार गर्ने स्वामी आनन्द विनोदसँग आजको अंकमा हामीले उहाँसँग सेयर बजारबाट घाटा भएकाहरु के गर्ने ? कसरी चिन्ता कम गर्ने ? डिप्रेसनमा पुगेकाहरुले के गर्ने ? यस्तो अवस्थाबाट कसरि छुटकारा पाउने ? कस्तो जीवनशैली अपनाउने ? के गर्दा कम चिन्ता हुन्छ ? लगायतका विविध विषयमा कुराकानी गरेका छौं ।

स्वामी आनन्द विनोदका अनुसार कोभिडपछि डिप्रेसनका रोगी बढेका छन् । सेयर बजार निकै तल आउँदा झन् बढी यस्ता मनोरोगी बढेका छन् । तर डिप्रेसन निवारणका उपाय पनि छन् । बजारमा आफुले गुमाएको चुरो हिसाव र कमाएको खास हिसाब नजान्दा पनि मानिस दुखी बनेको छ । बेच्न नजान्दा झन् बढी चिन्तामा छ मान्छे, र अर्कोतर्फ अरुले कमायो भनेर पनि मानिसमा झन् बढी चिन्ता पैदा भएको छ । तर जीवनशैली परिवर्तन गरे, खानपिन परिवर्तन गरे र योगा, ध्यानजस्ता कुरामा मन लगाए जति घाटा हुँदा पनि त्यसले असर गर्दैन । मान्छेले खाली वस्तुलाई मात्र हेर्छ भइएको हेर्दैन, काँडालाई हेर्छ फूललाई हेर्दैन , अव फूललाई हेर्ने बानीको अभ्यास गर्नुपर्छ । डिप्रेसनबाट मुक्त हुन जीवनशैली परिवर्तन गर्नुपर्ने बताउने स्वामी आनन्द सामान्य भए पनि कसरत वा व्यायाम गर्नुपर्छ भन्ने तथ्यमा विश्वास गर्नुहुन्छ ।
उहाँले जानकारी दिनुभए अनुसार उहाँलाई पनि सेयर बजारमा ५० लाख बढी घाटा छ । तर उहाँलाई यस विषयमा कुनै पनि चिन्ता छैन । यतिधेरै घाटा हुँदा पनि उनलाई किन चिन्ता छैन ? वा त्यो चिन्ता कसरी व्यवस्थापन भईरहेको छ, उहाँसँग हामीले आज सोहिबारेमा टिप्स मागेका छौं । प्रस्तुत छ उनै स्वामी आनन्द विनोदसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गर्नुभएको कुराकानी :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: