×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘अडिटरले रिपोर्ट क्वालिफाई गरेका कम्पनीको लाभांशमा रोक लगाईनुपर्छ’: आइक्यान अध्यक्ष युद्धराज ओली

काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सिए. युद्ध राज ओलीले अडिटरले अडिट रिपोर्ट ‘क्वालिफाईड’ गरेको खण्डमा त्यस्ता सूचीकृत कम्पनीको लाभांशमा रोक लगाउनुपर्ने बताएका छन् । बिहीबार आइक्यान र बीमा समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । लेखापरिक्षकले नै राय दिन सक्दिन भनेको अवस्थामा लाभांश दिनु ठिक नभएको तर्क गर्दै यस विषयमा आफुले धितोपत्र बोर्डमा हुँदासमेत कुरा उठाएको र यस विषयमा सम्बन्धित सबैले ख्याल गर्नुपर्ने उनको भनाई छ । ओली उपाध्यक्ष हुँदा धितोपत्र बोर्डका संचालक समितिमा थिए । आइक्यानको उपाध्यक्ष धितोपत्र बोर्डमा संचालक समितिमा रहने व्यवस्था छ ।

‘जव लेखापरिक्षकले नै म राय दिन सक्दिन भनेको अवस्थामा, त्यस्तो रिपोर्टका आधारमा लाभांश वितरण गर्नु गलत हो। ‘कार्यक्रममा बोल्दै आध्यक्ष ओलीले भने- ‘जनताको कम्पनी भएका कारण पब्लिक कम्पनीको केसमा हामीले अलि बढी नै सचेत हुनुपर्छ । लाभांश भनेको त लाभको अंश सेयरधनीलाई बाँड्ने हो । तर लाभको विषयमा लेखापरिक्षकले नै राय दिन नसकेको अवस्थामा त्यस्ता कम्पनीहरुको लाभांश वितरणमा रोक लगाउनुपर्ने अवस्था आएको छ ।’

उनका अनुसार यसअघि पनि लेखापरिक्षकले राय दिन नसकेको भन्दै उल्लेख गरेका कतिपय बैंक तथा वित्तीय संस्थाले लाभांश रोक्नुपर्छ भन्ने आवाज उठेपनि त्यस विषयमा सम्बन्धित नियामकले ध्यान दिएका थिएनन् । ‘अव यो सुरुवात बीमा समितिले गर्नुपर्छ । कुनै पनि बीमा कम्पनीको अडिट रिपोर्ट अडिटरले क्वालिफाई गर्छ भने त्यस्ता कम्पनीको लाभांशमा रोक लगाउनुको विकल्प छैन ।

क्वालिफाईड अडिट रिपोर्ट भनेको लेखापरिक्षकले केहि विषयमा आफुले राय दिन नसकेको उल्लेख गरिएको अडिट रिपोर्ट हो । उदाहरणका लागि यसअगाडी जनता बैंक र ग्लोबल आइएमई बैंकको मर्जरका बेला ‘बार्गेन पर्चेज गेन’को एडजष्टमेन्टका विषयमा विवाद हुँदा लेखापरिक्षकले यस विषयमा आफ्नो राय दिन नसकिने रिपोर्टमा उल्लेख गरेका थिए । अध्यक्ष ओलीका अनुसार त्यस समय पनि ग्लोबल आइएमई बैंकको लाभांश रोकिनुपर्थ्यो । यस्ता धेरै बैंकका रिपोर्ट अडिटरले क्वालिफाई गरेका छन् । विशेषगरी मर्जरका समयमा बार्गेन पर्चेज गेनको विषयलाई लिएर लेखापरिक्षकहरुले आफुले राय दिन नसकिने उल्लेख गर्ने गरेका छन् ।

‘बीमा समिति भन्छ- ‘नोट गरेका छौं, आवश्यक निर्णय लिन्छौँ’
यता बीमा समितिले पनि यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सोहि कार्यक्रममा बोल्दै बीमा समितिका सहायक निर्देशक सुशीलदेव सुवेदीले बीमा समितिको यस विषयमा ध्यानाकर्षण भएको बताएका छन् । ‘कुरा लजिकल छ । हाम्रो यस विषयमा ध्यानाकर्षण भएको छ । यस विषयमा अध्ययन गरेर निचोडमा पुग्नेछौँ । नियामक भएकाले यस विषयमा हामी सोच्छौँ ।’ कार्यक्रममा बोल्दै उनले भने ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: