काठमाडौँ । होलीको रौनक थियो । युवाहरुले होलीको रंग र रसमा युवाहरु झुमिएका थिए । कैलालीको चिसापानीमा रहेको कर्णाली पुलमा पनि साथीहरुसँग सँगै नाँच्ने, रमाइलो गर्ने गरिरहेका थिए । यसैबीचमा एउटाले पुलबाट हाम फालेर पौडी खेल्ने आइडिया बतायो र हाम फाल्यो । उसको सिको गर्दै अर्को हाम फाल्यो, गर्दा गर्दै १७ युवाहरु पालैपालो नदीमा हाम फाले । तर, साथीभाईको लहैलहैमा हाम फाल्नेहरुमध्ये सबै पौडेर उत्रिन सकेनन् । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकपछि अर्को गर्दै हामफालेकामध्ये एक नदीमा बेपत्ता भए । प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका ३० वर्षीय शाही थरका एक युवा बेपत्ता भए । शाही बेपत्ता भएपछि सोमबार बेलुकीसम्म खोजी कार्य भयो । तर कति गर्दा पनि प्रहरीले उनलाई भेट्न सकेन । प्रहरीले गोताखोर प्रयोग गरेर खोजी गर्दा पनि सोमबार अवेरसम्म उनको अत्तोपत्तो लागेन ।
मानौँ, सेयर बजारलाई एउटा नदी हो र, सम्झनुहोस् र सेयर लगानीकर्ता अझ त्यसमा पनि ट्रेडरहरुलाई ती युवा । जसरी नदी सबैका लागि मनोरञ्जन ठाउँ सावित भएन, त्यसरी नै सेयर बजार पनि सबैका लागि हुँदै होइन । जसरी पौडी त खेल्न जानेको छँदै छु नि भनेर शाहीले नदीमा हाम फाले, वा सबै त हाम फालिरहेका छन्, म पनि हाम फाल्छु भनेर उनले हाम फाले, त्यसरी नै सेयर बजारमा पनि अरुको लहैलहैमा नाफा पाउने आशामा थुप्रै सेयर लगानीकर्ताहरु बजाररुपी नदीमा हाम फालिरहेका छन् । फरक यति हो, कर्णाली नदीमा हाम फालेका १७ मध्ये १६ उत्रिए, एक हराए, सेयर बजारमाचाहिँ १ उत्रिन्छन्, १६ हराउँछन् ।
शाहीले पौडी खेल्न जानेर पनि नदीको बवाफ र समय गलत बन्दा उनी हराएजस्तै सेयर बजारमा पनि बजारको लय र अरुको लहैलहैमा हराउने थुप्रै हुन्छन् । जसरी होलीको रंगमा झुमेर रमाइलो गर्ने नाममा होस् वा साथीभन्दा म केमा कम भन्ने शैलीमा हाम फालेकामध्ये एक हराए, सेयर बजारमा पनि यसरी थुप्रै हराउँछन् । अझ सेयर बजारमा त राम्रोसँग पौडन जान्नेले नजान्नेलाई लात्तले हान्ने, पानी खुवाईदिने पनि गर्छन् । र त, सेयर बजारमा पौडी खेल्न अर्थात ट्रेड गर्न नजान्ने युवा अर्थात लगानीकर्ताले हाम नाफालेकै बेस हुन्छ ।
जसरी, होलीको हाम फलाई कसैका लागि बेतोड रमाइलो र कसैका लागि कालझैँ बन्छ र बन्यो, त्यसरी नै सेयर बजार पनि धेरै लगानीकर्ताहरुका लागि काल बन्न सक्छ । त्यसैले नदीको बहाफ हेरेर, आफ्नो ज्यान हेरेर, पौडेर बाहिर निस्किन पक्का सक्छु भन्ने यकिन गरेर मात्र नदीमा हाम फाल्दा राम्रो भनेजस्तै सेयर बजारमा पनि म निस्कन सक्छु, नाफा कमाएरै निस्कन्छु भन्ने आत्मविश्वास नभएसम्म बजारमा ट्रेडर बन्नु घातक हुन सक्छ ।
सेयर बजार सबैका लागि होइन । अझ पूराना लगानीकर्ताको अनुभवले त भन्छ– ‘बजारमा ९५ प्रतिशत ट्रेडरले खाने घाटा नै हो । ५ प्रतिशतमा पर्न सानोतिनो मेहेनत र अनुभवले पुग्दै पुग्दैन । साइकल सिक्दा त कति ठाउँमा लडिन्छ, कतिपटक चोट लाग्छ, कति पटक खुट्टा मर्किन्छ, उस्तै परे हात खुट्टा नै भाँचिन्छ भने सेयर बजारमा एउटा बाठोले अर्को बाठोलाई बेवकुफ बनाएर ट्रेड गर्न पक्कै सहज छैन ।’ यति बुझे सेयर बजार सुन्दर मात्र होइन अत्यन्तै सुन्दर छ । तर, बढी बाठो बन्न खोजे सेयर बजार सम्पत्तिलाई धोती बनाउने र कारोबारलाई टोपी बनाउने ठाउँ बनिदिन सक्छ । सबै सेयर लगानीकर्तालाई चेतना भया ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्