काठमाडौँ । गोल्यान ग्रुप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले यही असार २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले आईपीओ किनेकाले सर्वसाधारणले त्यसको १० प्रतिशत कम अर्थात ८२० रुपैयाँ ८० पैसामा आइपिओ भर्न पाउनेछन् । प्राथमिक सेयर निष्कासन (आइपीओ)को इतिहासमै सबैभन्दा महँगो मूल्य तिरेर लगानीकर्ताले लगानी गर्नुपर्ने यो कम्पनीको सेयरमा न्यूनतम ५० कित्ता भर्नुपर्नेछ । अर्थात यो कम्पनीको आइपिओमा न्यूनतम लगानी गर्न पनि ४१ हजार ४० रुपैयाँ आवश्यक पर्छ ।
अव यति महँगो रकम हालेर रिलायन्स स्पिनिङ मिल्सको आइपिओ भर्ने कि नभर्ने ? यो प्रश्नमाथि निर्णय गर्नुअघि कम्पनीका केही तथ्यबारे बुझ्न आवश्यक छ।




