×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिण एशियाकै सबैभन्दा बढी बिग्रिने मोबाइल वालेट बन्यो इसेवा, आजमात्रै लाख बढी अनस्टल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दक्षिण एशियाकै सबैभन्दा बढी बिग्रिने मोबाइल वालेट बन्यो इसेवा, आजमात्रै लाख बढी अनस्टल !

Artha Sarokar

५ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालको डिजिटल वालेट इसेवा दक्षिण एशियाकै सबैभन्दा बढी बिग्रिने मोबाइल वालेट बनेको छ । एक बर्षमा एक दर्जन पटक बिग्रिएर इसेवाले यस्तो रेकर्ड राखेको हो । इसेवाले यस्तो रेकर्ड राखेसँगै नेपालको अन्तराष्ट्रिय स्तरमै बेइज्जत भएको छ । आज दिउँसोदेखि इसेवामा समस्या देखिएको छ । केहि समय ह्याकरको नियन्त्रणमा पुगेर इसेवा कम्पनीकै एक्सेसमा आईसकेको भए पनि वालेट लगइन नै नहुने र कारोबार नहुने समस्या देखिएको छ । यस अघि पनि इसेवा ११ पटक बिग्रिसकेको छ ।
लाखौँ प्रयोगकर्ताको संवेदनशील तथ्यांक र पैसा भए पनि नियामक नेपाल राष्ट्र बैंकले यस विषयमा खासै चासो देखाएको देखिंदैन । यद्यपी आज भने इसेवालाई राष्ट्र बैंकले वालेट किन नचलेको भन्दै मौखिक स्पष्टिकरण सोधेको छ । जवाफमा इसेवाले वालेटमा समस्या देखिएको र समाधानका लागि टिमले काम गरिरहेको जवाफ दिएको छ । राष्ट्र बैंकले यस विषयमा लिखित विवरणसमेत माग्ने तयारी गरेको छ ।
यता सिष्टममा समस्या आएकै कारण दिनानुदिन ठुलो संख्यामा अनस्टल भईरहेको इसेवालाई आज दिउँसो देखि नै एक लाख बढीले अनस्टल गरेको इसेवाका एक उच्च तहका प्राविधिकले अर्थ सरोकारलाई जानकारी दिए । यद्यपी इसेवा ह्याक भएको विषयमा जानकारी लिन खोज्दा कम्पनीका सीइओ जगदीश खड्का सम्पर्कमा आएका छैनन् ।
यसअघि इसेवाको माउ कम्पनी एफवानसफ्टकै बैंक खातासमेत ह्याक भएको थियो । ह्याकरले ह्याक गरी करोड बढी रकम एफवान सफ्टको खाताबाट चोरेर लागेको थियो । आज इसेवामा ह्याकर प्रवेश गर्दा प्रयोगकर्ताको रकम गायब भएको छ कि छैन भन्ने विषयमा इसेवाले अनुसन्धान सुरु गरिसकेको छ । इसेवा बिग्रनु नियमित जस्तै भएपछि कम्पनीले यस विषयमा जानकारीसमेत दिन छोडेको छ । यसअघि इसेवाले वालेटमा समस्या आएको जानकारी दिने गरेको थियो । तर बिग्रिरहन थालेपछि कम्पनीले सो जानकारीसमेत दिन छोडेको छ ।
इसेवामा समस्या आउँदा खल्ती, आईएमई पे लगायतका वालेटमा प्रयोगकर्ताको चाप बढेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी